कसको ब्लग कति पटक हेरियो ?

Posted by Narendra Raule | Posted in Blogging | Posted on 14-06-2012-05-2008

0

एसएलसी रिजल्ट प्रकाशित भएपछि हिजो ब्लग र अनलाइनका पाठकहरु ह्वात्तै बढे । ब्लग सुरु गरेको समयाबधिबिच सबैभन्दा बढी पाठकहरुले हेरेको दिन हिजै (३१ जेठ ) थियो ।

पानीफोटो डट्कमका गणेश कार्कीको ब्लग २८ हजार जनाले हेरेपछि उनी दंग परे । एक वर्ष ४ महिना भयो उनले सुरु गरेको पानीफोटो डट्कम् । यस बिच हिजो वर्षभरी उच्च संख्यामा पाठकले उनको ब्लग भिजिट गरे । एकै पटकमा उनको ब्लग ५२० जनाले हेरेका थिए । अझ त्यो भन्दा दंग छन् अनिल घिमिरे, आकार । उनको ब्लगलाई त एकैपटक ३ हजार जनाले हेरेका थिए । ‘यो पहिलो पटक हो’, उनले भने, ‘यति धेरै भिजिटर्सहरुले एकैदिन यत्रो संख्यामा आएको रेकर्ड छैन ।’ ५ वर्ष अघि सुरु गरेको आकारपोष्ट डट्कम् मा हिजो झण्डै २ लाख भिजिटर्स आएका थिए । आकारपोष्ट डट्कम् हिजो सबैभन्दा धेरै हेरिने ब्लग थियो ।

त्यस्तै हिजो माइसंसार हेर्नेहरुको संख्या ३१ हजार ९ सय ९६ थियो । एसएलसी रिजल्ट कसरी हेर्ने भन्ने बारे केही वेवसाइटहरु लिंक राखेका हुनाले ब्लगमा यति धेरैको संख्यामा भिजिटर्स बढेका हुन् । रिजल्टबारे गुगलमा सर्च गर्ने क्रममा ब्लगमा लिंक फेला परेपछि पाठकहरु तानिएका हुन् ।

Write a comment