‘अनि आइएमई सुरु भयो’ – हेमराज ढकाल (रामु) कार्यकारी निर्देशक, इन्टरनेश्नल मनी एक्सप्रेस प्राली (आइएमई )

Posted by Narendra Raule | Posted in literature | Posted on 18-05-2012-05-2008

0

नरेन्द्र रौले
काठमाडौंको त्यो झिसमिसे साँझ उनी अलि हतारमा जस्तो देखिन्थे । सोधिएका प्रश्नहरुमा अलिकति सोचे झैं गर्थे । र, उनको मुखबाट छोटोछोटो जवाफ फुत्किन्थ्यो । उनको मुख चल्यो, ‘भोली म थाइल्याण्ड उड्दैछु ।’ त्यो भेटपछि लाग्यो, कति योजना र सपनाहरु जीवनमा अचानक बुनिदा रहेछन् । समय, परिस्थीति र चाहनाले जीवनमा नया गोरेटो कोरिदो रहेछ । उनी अर्थात् हेमराज ढकाल (रामु) त्यहि नया बाटोमा अघि बढ्दैछन् ।
अमलाचौर ४, बाग्लुङबाट एसएलसि दिएर २३ वर्ष अघि राजधानी पाइलो टेक्दा हेमराजले सोचेका थिएनन्, कुनै दिन उद्यम सुरु गरिएला भनेर । तर निरन्तरको संघर्षले उनी यतिबेला इन्टरनेश्नल मनी एक्सप्रेस प्राली (आइएमइ) का कार्यकारी निर्देशकको हैसियतमा पुगेका छन् । सन् २००१ मा उनी र उनका दाजु चन्द्र प्रसाद ढकालबाट सुरु भएको आइएमइ ब्यापार सेवा हाल विश्वका ५० भन्दा बढी मुलुकमा फैलिएको छ । आइएमइले देशमा ५ सय जनालाई प्रत्यक्ष रोजगार समेत दिलाएको छ । हेमराजले अलिकति मुस्काउदै भने, ‘अब हामीले अनलाई सर्भिस र मोवाइल रेमिट्यान्स सेवा पनि सुरु गरिसक्यौं ।’ यिनै दुईवटा कारणले उनको ब्यापार अरु भन्दा भिन्नै छ । सात समुद्र पारीको कुनै देशमा बसिरहेको नेपालीलाई घरमा पैसा पठाउन अहिले सहज छ । र, त्यहि सहज वातावरण दिलाइ दिएकोले मुलुक भित्र र बाहिर आईएमइलाई धेरैले सम्भिmन्छन् । उपभोक्ताहरुको विश्वास जितेको छ । ब्यापार उकालो लागेको छ । र दिनानुदिन यसको लोकपि्रयता चुलिदैछ ।
यस लोकपि्रयता भित्र हेमराज र उनका दाजु चन्द्रको संघर्ष लुकेको छ । सन् १९९५ तिर जतिबेला हेमराज कामका सिलसिलामा जापान हानिए र पैसा कमाउन थाले, उनलाई घरमा पैैसा पठाउन गाह्रो भयो । उनलाई लाग्थ्यो, घरमा पैसा पठाउने कुनै सजिलो र सुलभ माध्यम भइदिए हुन्थ्यो । दुई वर्षको बसाईपछि नेपाल फर्केर आएपछि दाजुसंग सल्लाह भयो । । १२ वर्ष अघिको त्यो क्षण फर्केर हेर्दा काठमाडौंमा बैंकहरुको संख्या कम थियो । रेमिट्यान्स सेवा सुरु भईसकेको थिएन । त्यहि बेला रेमिट्यान्स सेवा दिने मनसायले यि दाजुभाईले आईएमइको अबधारणा ल्याए । ‘नया काम भएकाले हामीलाई पत्याउदैनथे ।’ हेमराजले ति दिनहरु सम्भिmदै भने, ‘हामीले चिनेजानेका आफन्तहरुबाट सेवाको थालनि गर्‍यौं ।’ पहिलो पटक मुलुक बाहिर मलेसियाबाट आईएमइले आफ्नो सेवा सुरु गरेको थियो । अहिले विश्वका धेरै मुलुकहरुमा आफ्नो सेवा बिस्तार गर्न पाउदा हेमराज अत्यन्तै गर्ब गर्छन् । ब्यापारमा मात्र हैन, आईएमइले सामाजिक सेवामा पनि हात अघि बढाएको छ । २० लाख रुपैंयाको अक्षयकोष सहित खडा गरिएको ‘आईएमइ फाउण्डेसन’ मार्फत् अनाथ, असहाय वालवालिकाहरुलाई पढाउने, शिक्षा क्ष्ाेत्रमा सहयोग पुर्‍याउदै आएको छ । त्यस्तै वैदेसिक रोजगारीका क्रममा कसैलाई अंगभग भएमा तिनका परिवारलाई थोरै भएपनि राहत दिने सकारात्मक कामको थालनि भएको छ । आईएमई फाइनान्सियल इन्सिट्च्युटको अध्यक्ष रहेका ढकाल ग्लोबल बैंक, सीएम टे्रकिङ, माउन्ट पुमोरी एयर कार्गो, एक्रस टुर्स एण्ड टा्रभल्स, हिमालयन पावर पार्टनर र स्विफ्ट टेक्नोलोजिमा पनि उनको आबद्धता छ । सबै ठाउमा उनले कुशलतापुर्बक भुमिका निभाएका छन् । कसरी उनी सबैतिर समय दिन भ्याउछन् ? ‘त्यो मेरो काम प्रतिको प्रतिबद्धता हो ।’ आफ्नो सफलता पाउनुको कारणबारे उनले बताए, ‘मिहिनेत र निरन्तरताले ।’
हातमा टिमिक्क रोलेक्स घडी बाँधेर ल्याण्डओभर गाडी चढ्ने हेमराजले प्राय युरोप र एसियाका अधिकांस मुलुकहरु चहारि सकेका छन् । तल्लो तहका कर्मचारीहरुसंग पनि मुसुक्क मुस्कुराउदै कुरा गर्ने बानी उनका धेरै कर्मचारीहरुले मन पराउछन् । अहिले पनि आइएमइकै नेटवर्किङ र मार्केटिङका लागि उनको अधिकांस समय विदेशमै बित्छ । यता नेपालमा रहदा विहान ९ देखी रातको झण्डै ११ बजे सम्म उनी अफिसमै हुन्छन् । कहिलेकाहि मुड चल्दा उनी ल्यापटप र आइप्याडमा लोकगित सुन्दै मजा लुट्छन् । फुर्सदमा टेनिस खेल्न रुचाउछन् । सुट र बुटमा उनको त्यति चाख छैन । भौतिक सुख, सुबिधामा रमाउन उनलाई त्यति रहर छैन । ब्ल्याकबेरी र एप्पलको आइफोन उनको साथबाट कहिल्यै छुट्दैन । मार्कस् र स्पेन्सर उनको फेबरेट ब्राण्ड हो । लुगामा च्यानल ब्राण्डको अत्तर छर्किदा उनको मनमा मीठ

Comments are closed.