‘सन्तुष्टि मिल्ने काममा डुबिरहन मन लाग्छ’- अरुणसिंह बस्नेत (अध्यक्ष – हेल्प नेपाल नेटवर्क)
Posted by Narendra Raule | Posted in Blogging | Posted on 23-06-2012-05-2008
11
नरेन्द्र रौले
अरुण सिंह बस्नेतलाई लण्डनबाट एउटा फोन आयो, ‘अरुण, मैले नेपालका लागी केही गरौं भनेर बृहत रुपमा सोचिराछु । तपाईले नेपालमा नेतृत्व गर्नुभयो भने हामी पक्कै मुलुकका लागी केही योगदान गर्न सक्छौं ।’ फोन गरेर यसरी सम्झाउने ब्यक्ति थिए, रबीन्द्र मिश्र । हाल बीबीसि नेपाली सेवाका प्रमुख मिश्र र बस्नेत कुनै बेला आरआर क्याम्पस पढ्दा क्लास मेट थिए ।
अरुणलाई अझै सम्झना छ, तेह्र वर्ष अघि पहिलो पटक फोनमा गरिएको त्यो कुराकानी । सामाजिक कार्य गर्ने गहिरो इच्छा भएपनि लण्डनबाट फोन गर्दा रबीन्द्रकोे मनमा स्पष्ट योजना बनिसकेको थिएन । यता अरुणले पनि के गर्ने भनेर ठ्याक्कै सोचिसकेका थिएनन् । दोस्रो पटक फेरी लण्डनबाट रबीन्द्रले फोन गरे । यसपाली विस्तृत कुराकानि भयो । रबीन्द्रले बेलिबिस्तार सुनाए – विदेशमा रहेका दाजुभाईहरु आफ्नो मुलुकप्रति चिन्तित छन् । तर जमघटहरुमा प्राय जसो नकारात्मक कुरा नै बढी हुने गर्छन् । हामी त्यो भन्दा माथी उठ्न चाहन्छौं । केही रकम जोगाएर शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने मनसाय छ । अनि यत्तिकैमा नारा पनि तय भयो । ‘महिनामा एक क्यान बियर, २ क्यान जुस कम खाउँ – नेपालका लागी एक पाउण्ड सहयोग गरौं ।’ लण्डनमा धमाधम अभियान तिब्र भयो ।
‘रबीन्द्रको त्यो सोचले मलाई प्रभाबित बनायो ।’ अरुणले त्यो टेलिफोन वार्ता सम्भिmदै भने, ‘मनभित्र उत्साहको सञ्चार भयो ।’ त्यसपछि चाबहिलस्थित् आफ्नो घरमा साथीहरु भेला गरे । मुलुकका बिकट जिल्लाहरुमा आफुले के सहयोग गर्न सक्छौं भनेर छलफल भयो । सबै जना कामकाजिहरु थिए । अरुण स्वयं नेपाल खानेपानी संस्थानमा एकाउन्टेन्ट थिए । बचेको समय समाजसेवामा खर्चिने मन सबैलाई थियो । सहयोगी हातहरु अघि बढे । नारा तय भयो, ‘महिनामा २ प्लेट मम कम खाउँ – नेपालीका लागी केही गरौं ।’ अरुण थुप्रै आफन्त, आफन्तका पनि आफन्त, साथी, साथीका पनि साथीका घर पुगे । यस अभियानबारे कुरा राखे । सबैले सक्दो सहयोग गरे । थोरै सहयोग पाए पनि हौसला बढ्दै गयो । अरुणका साथीहरु रवीकुमार मानन्धर, राजेन्द्रनाथ श्रेष्ठ, प्रमोद ढुंगाना, अरुण श्रेष्ठ, दिनेश श्रेष्ठले पनि राम्रै साथ दिए । आफ्नो क्षमता अनुसार पैसा उठाए । यसै मौकामा हेल्प नेपाल नेटवर्क जन्मियो ।
सुरुमा हेल्प नेपालको ध्यान कणर्ालीतिर पुग्यो । डोल्पाको दुनैस्थित् सरस्वति उमाबिले एसएलसि परीक्षामा जिल्लामा सबैभन्दा राम्रो नतिजा ल्याएको थाह भयो । ‘केही सहयोग चाहिन्छ कि ?’ प्रधानाध्यापकलाई सोधियो । ‘पुस्तकालय र विज्ञानको प्रयोगशाला बनाइदिन’ प्रअले सहयोग मागे । विदेशबाट उठेको र यहा जम्मा गरेको रकमबाट दुनैमा राम्रो पुस्तकालय र विज्ञानको प्रयोगशाला भबन बन्यो । ‘हामीले दिएको थोरै रकमले धेरै काम हुने रहेछ ।’ अरुणको अनुहारमा खुसिको चमक देखियो । उनमा यो सफलताले थप अरु काम गर्ने जोश थप्यो । फलत मुलुकका धेरैवटा जिल्लाहरुमा स्कुल भवन बनाउन अघि सरे । अहिले सम्म २५ वटा इ-लाइब्रेरीको स्थापना भईसकेको छ । बिकट गाउका विद्यालयहरुमा पाठ्यपुस्तकको अभाबमा विद्यार्थीहरु कम्प्युटरकै माध्यमबाट पढ्ने सुबिधा पुगेको छ । सूचना तथा प्रबिधिको ज्ञान बाँड्न इ-लाइब्रेरीले धेरै ठूलो भुमिका खेलेको छ ।
यहि बिच अरुणको सक्रियतामा अर्को महत्वपूर्ण काम पनि सफल बन्यो । मुगुको रारा गाबिस स्थित मुर्मामा एउटा स्वास्थ्य चौकीको स्थापनामा उनी जोडतोडले लागे । ‘सुरुमा मलाई भेट्न आएका तिं मुगालीहरु सम्भिmदा कस्तो कस्तो लाग्यो’ , अलिकति रोकिदै अरुणले भने, ‘उनीहरु अर्कै देशबाट आएका मान्छे जस्तो लाग्यो ।’ मुगालिहरुको लवाइ, खवाइ, बोलाई सबै फरक थियो । ‘सुत्क्यारी आईमाई बाँच्निन्, नबाँचिकन हामी कहरी पढौं ? हाम्मा ठाउँ स्वास्थ्य चौकि बनाइदेउ ।’ -सुत्केरी आइमाइ ज्यान गुमाईरहेकि छिन् । नबाँचेर हामीले कसरी पढ्ने ? हाम्रो ठाउमा स्वास्थ्य चौकी बनाइदिनुहोस् ।) स्थानिय बिर्खबहादुर यसो भन्दा सुरुमा अरुणले उनको कुरा बुझेनन् । जब बुझे उनको मन चसक्क भयो । धेरै झन्झटिला चरणहरु प्ाार गर्दै मुगुमा स्वास्थ्य चौकि बनाएरै छाडे । उनी आफै पनि कतिपय ठाउहरु पुगेर दुखसुख नियालेका छन् । पीरमर्का बुझेका छन् ।
साँच्चिकै मनै देखी अरुको भलो चाहने अरुणको मन धेरै चोटी अमिलो भएको छ । जब उनी सहयोग माग्न कसै कहाँ पुग्थे, ब्यबहार सोचे बिपरित भईदिन्थ्यो । ‘पत्याउदै नपत्याउने ।’ नमिठो अनुभब उनले सुनाए, ‘मागेर खाने मान्छेलाई जस्तै ब्यबहार गर्थे ।’ तैपनि जसरी पनि मुलुकका लागी केही गर्ने अठोट उनले त्यागेनन् । अरुणको रुचि स्कुल र कलेज पढ्ने बेला देखी सामाजिक सेवाका क्षेत्रमा थियो । बुबा पूर्णमानले उनलाई झनै हौसला थपिदिए पछि त झन जाँगर पलायो । सधैँजसो उनलाई भलाइका काम गर्न मन लाग्छ । जसबाट सन्तुष्टि मिलोस् । र, त्यसैमा डुबिरहन पाईयोस् ।
बक्स
सबैभन्दा नजिकको मान्छे : जीवनसाथी रश्मी
प्रेरणा दिने ब्यक्ति : बुवा पूर्णमान
अत्यन्तै माया लाग्ने मान्छे : एउटै मात्र भन्न गाह्रो छ
घुम्न मन पर्ने स्थान : पहाडि ठाउ
गर्न बाकी काम : ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने घर बनाउने


Rabindra g ko ek ramro pahalko suruwat padna pauda khusi lagyo.
Arun ji sanga maile dherai patak phone ma kura garisakeko chhu ….bises gari siraha ma rahat batulne kram ma maile Bnaepa ra aaspaas kaa thauma latta-kapada batulne kram ma. Maile vetne mauka chai mileko thiyena ra ramailo kuro maile photo pani dekheko thiyena . Aja wahako ramailo report padhda nikkai pravabit vayen.
Sacchai hamra yuwa haruma pani estai vaab palaye yo desh bikas huna katti ber lagla ????
Dhanyabaad
Shree Krishna Dhital.
Phoolbari-9 , Kavre
astai social work Dailekh ko dalit samaj ma garda ekdam help hunthyo.
यो लेख साच्चिकै मन छुने छ । मेरो मन छोयो, समाज सेवामा लाग्ने प्रेरणा प्राप्त भएको छ ।
Rabindara jee,
sachai nai euta desh vakta bidwan patrakar hunuhunchha , tapai ko kitab “khana pugos ,dina pugos “padhera ma pani samajik karya ma samarpit huna chahanchhu.
Very good work. This sort of work should be in larger scale. We are really with you guys. But please no politics.
Arun ji
Congratulation,
Your are doing nice job. Go ahead, we are always with you. Our country needed leadership like of you .
Mr Arun Singh basnet is the man of compassionate who see the life as a precious gift . His dedication and commitment to wards needy people through Help Nepal Networking is outstanding. He is always around with desperate people and never got tired. In the present scenario where negative thoughts have been prevailed, he is spreading positive message around us.
That’s a good work we all inside that types work. and proud of them who start helping people. plz continue …………..
Great beat ! I would like to apprentice whilst you amend your web
site, how could i subscribe for a weblog website? The
account helped me a appropriate deal. I were a little bit acquainted of this your broadcast offered vibrant transparent idea
I have read so many articles concerning the blogger lovers however this post is really a nice
paragraph, keep it up.