Nepali Highway

रातमाटेदेखि बेलायतसम्म
नरेन्द्र रौले

बेलायत सरकारबाट ‘मिलेनियम छात्रवृत्ति’ पाएर विद्यावारिधि हासिल गर्दा पदम सिम्खडाको मन कम्ती खुसी भएन। नहोस् पनि किन, धादिङ,  गुम्दीस्थित रातमाटेमा जन्मिएका सिम्खडाले कुनै दिन बेलायत पुगौंला भन्ने सोचेका पनि थिएनन्। तामाङखर्क माविबाट ०४३ मा एसएलसी  उत्तीर्ण गरेका सिम्खडाले १४ वर्षको उमेरमा बल्ल गाडी देख्ने अवसर पाएका थिए। राजधानी नजिकैको जिल्ला भएर पनि उनले कैयौं  विकटताको सामना गरे र संघर्षका मोडहरू पार गरे।

सन् १९९८ मा अध्ययनका लागि बेलायत पुगेका सिम्खडाले ब्रुनेल युनिभर्सिटीमा पब्लिक हेल्थ एन्ड प्रमोशन विषय अध्ययन गरे। आफूले  पढेको विषयमा सिंगो विश्वविद्यालय नै टप गरेपछि थप अध्ययनका लागि उनलाई ‘मिलेनियम छात्रवृत्ति’ मिल्यो। साउथ ह्याम्पटन  विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा विद्यावारिधि हासिल गरेपछि पदम सिम्खडाको नामको अगाडि डाक्टर थपियो। लगत्तै युनिभर्सिटी अफ  एबरडिनको पब्लिक हेल्थ डिपार्टमेन्टमा रिसर्च फेलोका रूपमा उनले काम पाए। चार वर्षको अनुभव बटुलेपछि सिम्खडा इन्टरनेसनल हेल्थ  विषयको लेक्चररका रूपमा नियुक्ति भए। यसरी सन् २००७ देखि २०१० सम्ममा उनको जीवनले नयाँ मोड लियो।

सिम्खडा बेलायतकै द सेफिल्ड युनिभर्सिटीमा सिनियर लेक्चररका रूपमा नियुक्त भए। हाल उक्त युनिभर्सिटीको अन्तर्राष्ट्रिय कमिटीको निदेर् शकका रूपमा कार्यरत छन् उनी। सेफिल्ड विश्वविद्यालयले विश्वका विभिन्न देशका विश्वविद्यालयसँग साझेदारीमा विभिन्न कार्यक्रम  सञ्चालन गर्छ, जसमा विश्वव्ािद्यालयहरूबीच अध्ययन, अनुसन्धान र अनुभव साटासाट गर्ने चलन छ। बर्सेनि विभिन्न मुलुकबाट सेफिल्ड  विश्वविद्यालयमा प्रोफेसरहरू पुग्छन् र त्यहाँका प्रोफेसरहरू अन्य मुलुकहरूमा जान्छन्। आफ्नो विश्वविद्यालयसँग साझेदारी गर्ने विश्वका ५०  भन्दा बढी मुलुक पुग्ने सौभाग्य पाएका सिम्खडाले दक्षिण एसियाकै नेतृत्व गरेका छन्। नेपालले पनि आफ्नो विश्वविद्यालयबाट पर्याप्त फाइदा  लिन सकोस् भन्ने चाहन्छन् उनी। त्यसका लागि उनले प्रयत्न पनि गरिरहेका छन्। सिम्खडाकै सहयोगमा पोखरा विश्वविद्यालय र काठमाडौं  विश्वविद्यालयबाट प्रोफेसरहरू बर्सेनि सेफिल्ड पुग्छन् अनि शिक्षणका नयाँ विधि र अनुभव बटुलेर र्फकन्छन्। ‘यस्तो भ्रमणले धेरै कुरा सिकाउ ँदो रहेछ।’ पोखरा विश्वविद्यालयका भिसी खगेन्द्र भट्टराईले भने।

धादिङका सामान्य किसान दुर्गाप्रसाद एवं गृहिणी देवीमायाका छोरा हुन् पदम। बेलायतजस्तो समृद्ध देशको विश्वविद्यालयको सिनियर लेक्चरर  बन्नुका पछाडि आफ्नै बुबा-आमाको प्रेरणालाई कारक मान्छन् उनी। ‘बुबाले सधैं पढाइमा जोड दिनुहुन्थ्यो।’  उनले भने,

‘दाजु डा. भरत र  काका गोपाल सिम्खडाले पनि निकै हौसला दिनुभयो।’ सिम्खडाले आफ्नो मुलुकका लागि योगदान दिन प्रयत्न गरेका छन्। यस वर्ष मात्र उनी  सात पटक नेपाल आइपुगे। नेपालको उच्च शिक्षा पठनपाठनमा शिक्षा र शिक्षकको गुणस्तर वृद्धिका लागि तालिम प्रदान गर्ने, रिसोर्स खोजेर  ल्याउने जस्ता आवश्यक सहयोग प्रदान गर्ने काम गर्दै आएका सिंखडाले नेपालबाट अध्ययनका लागि बाहिर जान चाहने र त्यहाँ पुगेका  विद्यार्थीहरूलाई कुन विषय पढ्ने, कसरी पढ्ने भन्ने विषयमा काउन्सिलङसमेत दिँदै आएका छन्। ‘संसारको जुनसुकै कुनामा बसे पनि देशका  लागि केही गर्न सकिन्छ।’ उनले सुनाए, ‘तनमन मात्र हुनुपर्‍यो।’ अहिलेसम्म पाँच जनाले उनकै सुपरभिजनमा पिएचडी गरिसकेका छन् भने  १० जनाले पिएचडी गर्दैछन्।

पहिलो पटक बेलायत पुगेपछि अलपत्र परेकोे क्षण पदम कहिल्यै बिर्सन सक्दैनन्। एयरपोर्टमा लिन आउँछु भनेको साथी नआएपछि उनी  संकटमा परे। त्यस्तै पाकिस्तानी रेस्टुराँमा काम गर्दाको क्षण उनले झेलेको अर्को दुःखद घटना थियो। मालिकले गरेको नराम्रो व्यवहारका कारण  उनी राति रेस्टुराँ छाडेर हिंडेका थिए। ‘त्यस्तो नराम्रो व्यवहार जिन्दगीमा कसैले गरेको थिएन।’ उनले भने। सबै प्रकारका अभाव र कष्टसँग  जुझेपछि उनलाई सफलता मिलेको छ। छोरा प्रणव, छोरी पल्लवी तथा श्रीमती डा. विभा सिम्खडासँग बेलायतमा बसोबास गर्दै आएका  पदमको मन भने नेपालमै हुन्छ। ‘म सफल हुनुमा श्रीमतीको ठूलो हात छ । उनले भने ‘मेरो जागिर नहुँदा श्रीमतीकै कमाइले जिवन धानियो ।’

डा. सिम्खडाले बेलायतमै बसेर नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याएका छन्। आफ्नै पहलमा सन् २००७ मा गि्रनतारा नेपाल  नामक संस्था खोलेर काठमाडौंको छैमले, दक्षिणकाली तथा नवलपरासी आदि क्षेत्रमा महिला एवं बालबालिकाहरूको स्वास्थ्य प्रवर्द्धनमा टेवा  पुर्‍याएका छन्। ती क्षेत्रमा गि्रनतारामार्फत औषधि र परामर्शका लागि स्वास्थ्यकर्मीको व्यवस्था गरेका छन्। उक्त क्षेत्रमा महिला समूह, आमा  समूह, सासू समूह तथा श्रीमान् समूह गठन गरेर जनचेतना जगाउने थुपै्र अभियान चालिएका छन्। यसबाहेक नेपालको शिक्षाको गुणस्तर  सुधारका लागि उनले थुपै्र कदम चालेका छन्। ‘जहाँ बसेर भए पनि नेपालकै लागि योगदान दिनेछु,’ मुस्कुराउँदै सिम्खडाले भने।

प्रेरणा : बुबा-आमा तथा दाजु, काका

अविस्मरणीय क्षण : लण्डन पुगेको क्षण।

पुस्तक : आमा, जीवन काँडाकी फूल

लेखक : सुजन जर्ज, मेक्सिम गोर्की, नोम चोम्सिक

ग्याजेट : आइफोन तथा आइप्याड

पहिरन : सुट

मन पर्ने परिकार : नेपाली

फिल्म : टाइटानिक, दोस्ती र सन्तान

घुम्न मन लागेको स्थान : माल्दिभ्स तथा क्यूवा

गीत : नेपाली आधुनिक, सेन्टिमेन्टल तथा दोहोरी

फुर्सदमा : घुम्ने, पढ्ने, साथीभाइहरूसँग गफिने

भावी योजना  : नेपालमा रिसर्च सेन्टर खोल्ने

लेखनतिर पाइलट – बेद उप्रेति
नरेन्द्र रौले

कतै पार्टीमा जादा, साथीभाईसंग भेट्दा वा जमघटमा होस्, बेद उप्रेतिलाई एउटै प्रश्न सोधिन्थ्यो, ‘आर्मी कसरी बन्ने ?’ जतापुगे पनि धेरैले यहि प्रश्न गर्न थालेपछि उप्रेतिको मनमा नया सोच उब्जियो – पुस्तक लेख्ने । नभन्दै तिनै जिज्ञासुबर्गका लागी लक्षित गरेर उनले पुस्तक लेखे, हाउ टु ज्वाइन रोयल नेप्लिज आर्मी एज् एन अफिसर ।

तर उप्रेतिसंग किताब छाप्ने पैसा नै थिएन । १२० पेज लामो त्यो पुस्तक तत्कालिन मेजर महेश विष्ट (पछि कर्साब) ले छापिदिनु भयो । ०४६ तिर यो पुस्तकको यति धेरै माग भयो कि, लगातार आठ संस्करण सम्म छापियो । त्यो बेला शाही नेपाली सेनामा जागिरे उप्रेतिले यसै पुस्तक मार्फत लेखनको दुनियामा प्रबेश गरे । आर्मीको जागिर खाएर किताब लेख्न, लेखेपछि छाप्न सजिलो थिएन । आर्मी हेडक्वाटरसंग अनुमति लिनुपथ्र्यो । तत्कालिन प्रधानसेनापति गडुल शमशेर जबरासंग अनुमति लिएर उनले पुस्तक छापेका थिए ।

सेनाको जागिरमा रहेर लेखनको दुनियामा प्रबेश गर्दै थिए, उप्रेति । उनमा लेखनको नशा चढिसकेको थियो । उनलाई अर्को कुनै पुस्तक लेख्न पाए लागिरहेको थियो । पहिलो पुस्तकमा थप नया विषय जोडेर अर्को पुस्तक लेखे हाउ टु ज्वाइन रोयल नेप्लिज आर्मी एज् एन अफिसर एण्ड नेपाल पुलिस एज एन अफिसर । सुरक्षामा प्रबेश गर्न चाहने सबैका लागी यि पुस्तक उपयोगी ठहरिए । धेरैले पुस्तक मन पराए । उनमा सुरक्षा बाहेक अन्य विषयमा पनि कलम चलाउन कौतुहलता जाग्यो । त्यो त्रिभुबन विश्वविद्यालयले भर्खर भर्खर समाजशास्त्र पढाउन थालेको थियो । समाजशास्त्र पढ्नेको जमात विस्तारै बढ्दै थियो । त्यही लहरप्रति लक्षित गर्दै उनले अर्को पुस्तक लेखे, सोसियोलोजि इन्टा्रन्स एक्जामिनेशन फर एमए स्टुडेन्ट्स । छापिएको एक हप्तामै १५ सय प्रति सबै सकियो । त्यसको सिको गर्दै पछि अरु प्रोफेसरहरुले पनि उप्रेतिको सिको गर्दै किताब निकाले ।

आर्मी अफिसर भएर उप्रेतीले १२ वर्ष बिताए । दुइ वर्ष इन्सट्रक्टर अफिसर (सैनिक अधिकृतलाई तालिम दिने) भएर बिताए । पछि पाइलट बन्न पुगे उनी तैपनि उनको लेखन यात्रा रोकिएन । यसपछि झन् उनको परिचय थपियो, फोटोग्राफर । उडिरहेका प्लेनबाट उनले राम्रा राम्रा तस्विरहरु खिच्न थाले । कहिलेकाही भाडामा हेलिकप्टर लिएर फोटो खिच्न थाले । तिनै सुन्दर तस्विरहरु समेटेर उनले दर्जनौ पुस्तकहरु प्रकाशन गरे । उनले हरेक पुस्तक प्रकाशन गर्नुका पछाडी कुनै न कुनै रहस्य छ । जब उनी आकाशमा जहाज उडाइरहेका हुन्थे, ‘पर्यटकहरुले सोध्न थाले यो हिमाल कुन हो ?’ ‘ उ त्यो हिमाल कुन हो ?’ नेपाली हिमालहरु प्रति उत्सुक तिनै पर्यटकहरु लक्षित गर्दै उनले अर्को पुस्तक ल्याए –द ब्युटिफूल माउन्टेन्स अफ नेपाल । यसपछि त सुन्दर तस्विरहरु राखिएका उनका पुस्तकहरु लगातार बजारमा आए । अन्नपूर्ण सर्किट फ्रम द इयर, नेपाल फ्रम द स्काइ, ३६० डिग्री एभरेस्ट फ्रम अ पाइलट्स भ्यु केही प्रमुख पुस्तकहरु हुन् । आफ्नो बुबाको संस्मरण मृत्युसंग लड्दै गर्दा, टु भिजिट अर नट् टु भिजिट युएसए, आउ टु स्कोर मोर मार्कस्, सिमानाको सीपाही आदि उनले प्रकाशन गरेका थप अन्य केही पुस्तकहरु हुन् । थप चार पाँच वटा पुस्तकहरु अझै पनि प्रकाशनको तयारीमा छन् । उनको सबैभन्दा बढी चर्चा पाएको र बिक्रि भएको उप्रेतिको पुस्तक हो – एभरेस्ट फ्रम द एयर । यो पुस्तक जापनीज, अंग्रेजी र फ्रेञ्च भाषामा समेत प्रकाशित छ । ‘२० हजार भन्दा धेरै बिकेको यो पुस्तक आठौं संस्करण सम्म छापियो ।’ हाटगाउ, डँडेलधुरामा जन्मेका उनले सुनाए ।

अहिले सम्म १० हजार घण्टा आकाशमा उडेका उप्रेतिलाई लामो उडान भर्न मन पर्छ । भारतको चेन्नइ देखी फ्रान्स सम्म बिमान उडाएको उनको सबैभन्दा लामो उडान हो ।  ‘लामो उडानमा टेक अफ र ल्याण्डिङ गर्न सजिलो हुन्छ । छोटो उडानमा कठिन हुन्छ ।’ उनले भने । बैंगलोरमा ८ वर्ष ,इण्डोनेशियाको जर्कातामा ८ महिना, बिमान उडाएका उप्रेती बेलाबेला बिभिन्न देशमा पाइलटको तालिम दिन पुगिरहन्छन् । हरेक देशहरुमा पुग्दा राम्रा राम्रा पुस्तकहरु किन्ने बानी छ उनको । ति पुस्तक हेरेपछि उनलाई आफ्नो पुस्तक अरु भन्दा फरक र राम्रो बनाउन मद्दत पुग्छ । हरेक देशमा आयोजना हुने पुस्तक प्रदर्शनिमा पुगेर थुप्रै लेखक र पाठकहरुसंग पनि उनले अन्र्तक्रिया गर्नछन् । लण्डन र कोरियाका पुस्तक प्रदर्शनीहरुमा पुग्दा कैयौं पाठकहरुले उनले पुस्तक किनेको, पढेको बताएपछि उनमा उत्साह थपियो ।

अचेल जहा पुगेपनि उनको मन नेपालमै हुन्छ । हरेक महिना नेपाल आइपुग्छन् । आफु जन्मेको देशका लागी केही दौडिन्छन् । फोटोग्राफि र कल्चरल म्युजियम स्थापना गर्न उनी कस्सिएका छन् । सबैले आफुले सकेको थोरै योगदान समाज र देशलाई दिन सके अबश्य परिबर्तन हुन्छ भन्नेमा उनलाई विश्वास छ । ‘समाजलाइ केही त दिनै पर्छ ।’ उनले मुस्कुराउदै भने ।

प्रेरणाको स्रोत : बुबा, आमा

अबिस्मरणिय क्षण : सन् १९८६ मा पहिलो उडान भर्दा

घुमेका देशहरु : ७० भन्दा बढी देश

घुमेका मध्ये मन परेको देश : थाइल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स

घुम्न मन लागेको देश : भियतनाम, बर्मा, कम्बोडिया

पहिरन : पाइन्ट, टि सर्ट

ग्याजेट : आइफोन, आइप्याड

मन पर्ने परिकार : माछाका परिकार

फिल्म : सोले, एभिएटर

गीत : भूल हो तेरो

पुस्तक : वार एज आइ निउ इट्

भाबि योजना : फोटोग्राफि र संस्कृति सम्बन्धि संग्राहालय खोल्ने

कोल्बुङ देखी काठमाडौं सम्म – एकराज अधिकारी (रेस्टुरा/ट्रेकिङ ब्यबसायि)
नरेन्द्र रौले

‘सिक्किम र दार्जिलिङमा घुम्ने ठाउ धेरै रहेछ’, ठमेलको केटु बियर एण्ड स्टेक हाउसमा बियरको चुस्किमा केही ग्राहकहरु आपसमा गफिए ‘तर इलाममा भनेजति घुम्न लायक खासै केही भेटिएन ।’ त्यो संबाद सुनेर बसेका एकराज अधिकारीको मनमा चिसो पस्यो । कोल्बुङ, इलामका एकराजले आफ्नै जिल्लाको बारेमा यस्तो सुनेपछि जिल्लाको पर्यटनका लागी केही गर्ने मनमनै अठोट कसे ।

नभन्दै एकराज अधिकारीले इलामको पर्यटन प्रबद्र्धन गर्न कम्मर कसे । पर्यटनसंग सम्बन्धित प्रशस्त पुस्तकहरुको अध्ययन गरे । त्यसले उनलाई अझै हौसला मिल्यो । लगत्तै सहकर्मी प्रेम आचार्य संग मिलेर ठमेलमा उनले वेस्टर्न भ्यु टा«भल एजेन्सी खोले । इलामका घुम्न लायक स्थलहरुलाई समेटेर प्रशस्त ब्रोसर र पर्चाहरु छापे । र उडे, विदेशी मुलुकहरुतिर । नेपाली कार्यक्रमहरु आयोजना भईरहने स्थल, रेस्टुरा, बिभिन्न कम्पनिहरुमा पुगेर ति पर्चा र ब्रोसरहरु उनले बा“डे । ‘निकै गा¥हो भयो ।’ एकराजले ति दिनहरु सम्झिदै भने ‘म आफ्नै खर्चमा पुगेको थिए“ ।’ लण्डन, जर्मनी, नेदरल्याण्ड, इटाली देशहरु पुगेर उनले विदेशीहरु माझ इलामको खुब प्रचार, प्रसार गरे । कुनै दिन बिहान कफि मात्र पिएर दिनभरी काममा खटेको उनी सम्झिन्छन् । ‘अबेर भएपछि स्यान्डबिचको भरमा रात काटेको छु ।’ ह“सिलो मुद्रामा देखिएका उनले सुनाए ।

परदेशका कुनाकानी पुगेर एकराजले गरेको यो अभियानले विस्तारै गति लिदै गयो । नेपाल घुम्न ओर्लिएका पर्यटकहरु अब इलामबारे चासो दिन थाले । चल्तिका अन्य पर्यटकिय स्थलतिर जान सोझिएका पर्यटकहरुको गन्तब्य अब इलाम हुन थाल्यो । यसको पछाडी विदेश पुगेर उनले गरेको मिहिनेत नै प्रमुख कारण थियो ।   एकराजले सुरु गरेको वेस्टर्न भ्यु टा«भल एजेन्सीले पर्यटकहरुलाई इलाम घुम्ने प्रबन्ध मिलायो । अहिले दैनिक झण्डै दुइ सय भन्दा धेरै पर्यटकहरु इलाम घुम्छन् । गलैचा बिच्छ्याए झैं लाग्ने त्यहाको चियाबारीमा रमाउछन् । सूर्योदय हेर्न श्रीअन्तु पुग्छन् । र सिंगो इलामको सुन्दरतामा हराउछन् ।

इलामको कोल्बुङ, ५ मार्सेबाट अंग्रेजी शिक्षक बन्ने रहरले काठमाडौं पसेका एकराज भिन्नै बाटोमा हिंड्नुप¥यो । मार्सेमा गाईबस्तु चराउने, घा“स काट्ने, गाइभैंसि दुहुने दैनिकी बितिरहेको थियो उनको । काठमाडौं फर्केपछि भने उनको दिनचर्या फेरियो । जुन उनले सोचेका पनि थिएनन् । त्यो बेला ठमेल ज्याठामा बसेका उनी सरस्वति क्याम्पसमा भर्ना भए । पढ्दा पढदै ठमेलकै किल्रोइज रेस्टुरामा उनले क्यासियरका रुपमा काम पाए । तीन महिना काम गर्दा आफ्नो क्षमता उनले राम्रै संग देखाए । रेस्टुराको आम्दानी पहिले भन्दा धेरै प्रतिशतले बढ्यो । ‘मैले सहि हिसाबकिताब राखें ।’ उनले भने ‘यसले म प्रतिको विश्वास झनै बढाइदियो ।’ सुरुमा १५ सय तलब पाउने उनको पछि २ हजार हुदै २७ सय सम्म पुग्यो । १३ वर्ष अघिको एउटा घटना एकराजले बिर्सिएका छैनन् । किल्रोइज नजिकै फोटोकपि सेन्टरबाट फर्किदै गर्दा बाटामा उनले डा«इभिङ लाइसेन्स फेला पारे । त्यो लाइसेन्स एक विदेशी नागरिक रोवर्ट डिजाडेन्सको रहेछ । पछि थाह भयो रोबर्ट त उनले काम गर्ने किल्रोइज रेस्टुराकै मालिक पो रहेछन् । उनले त्यो लाइसेन्स फर्काए । ‘यु आर द ग्रेट म्यान’ रोबर्टले उनको तारिफ गर्दै भने  ‘यो २ सय डलरले तिमी पढाइमा लगाउ ।’ ३ चोटी एकराजले अस्विकार गरे । तैपनि रोबर्टले आग्रह गरिरहदा नाइ भन्न सकेनन् । स्वीकारे ।

संयोग पनि कस्तो । पछि तिनै रोबर्टसंग मिलेर उनले नया रेस्टुरा सुरु गरे । ठमेलको के टु बियर एण्ड स्टेक हाउसमा बसेर उनले सुरुवातका दिनहरु सम्झिए । आफु मालिक भएपनि कुचो लगाउनु पर्ने, भा“डा माझ्नुपर्ने, मार्केटिङमा हिंड्नुपर्ने, क्यासिएरको काम आफै गर्नुपर्ने बाध्यता थियो । ‘बिहान सा“ढे ६ बजे देखी राती १२ बजे सम्म ब्यस्त भईन्थ्यो ।’ कफिको चुस्कि लिदै उनले सुनाए, ‘कति रात नसुतेर काम गरियो ।’ ग्राहकहरु ल्याउन सुरुमा निकै गाह्रो थियो । उनले गाईडहरुलाई हातमा लिए । बलियोसंग मार्केटिङ गरे । मार्केटिङका पनि नया नया उपाय झिके । रिक्साबाट माइकिङ गर्ने, पेन्टिङ गर्ने, ब्यानर राख्ने र विदेशी कलाकारलाई ल्याएर सांगितिक कार्यक्रम गर्न थाले । यसले गर्दा विस्तारै सहज बन्दै गयो । र, रेस्टुराले ब्यापार गर्न थाल्यो । सन् २००९ बाट एकराजका खुसीका दिनहरु सुरु भए । उनी ऋणबाट मुक्त भए । बैंक ब्यालेन्स हुन थाल्यो । पहिले जस्तो दिनरात कष्ट गर्नु परेन । ‘खुसीका वर्षहरु सुरु भए ।’ ह“सिलो चेहरामा उनले सुनाए, ‘२८ वर्षमा घरजम भयो । तर लभ गर्न भने पाइएन ।’ यो सफलताका लागी उनले कैयौ चिज त्यागेका छन् । डान्स बार, दोहोरी, पप र सिनेमातिर उनको ध्यान नै गएन । बेलाबेला केही चिज गुमेकोमा उनलाई दुख लाग्छ ।

एकराजले मनै देखी अठोट गरेका थिए, म एकदिन अबश्य सफल बन्छु भनेर । निरन्तरको संघर्षले उनलाई आज त्यो सफलता मिलेको छ । ‘म इमानदार, सहयोगी र ह“सिलो छु ।’ विश्वका १४ देश घुमेका उनले भने, ‘संघर्षले नै सफलता मिल्दो रहेछ ।’

प्रेरणाको स्रोत : बुबा, आमा

अबिस्मरणिय क्षण : जर्मन दुताबासमा नेदरल्याण्ड भिसा पाउदा

पहिरन : सामान्य

घुम्न मन लागेको स्थान :  क्यानडा, अमेरिका, लुक्ला

मन पर्ने परिकार : मकै र चामलको मिसाएको भात , फर्सी , दही

फिल्म : दपर्ण छाया, लाहुरे,

गीत :  भेटिएर छुट्नु भन्दा

भाबि योजना :  टाभल एजेन्सीलाई राम्रो स्थापित गर्ने, इलाममा रिसोर्ट खोल्ने

पुस्तक ः सोच, अलौटा र ठेट्ना रामलाल अधिकारी

ग्याजेट ः आइफोन, डेलको ल्यापटप

घुमेको मध्य मन परेको देश : नेदरल्याण्ड, सिंगापुर

फुर्सदमा : इन्टरनेटमा बिजेनस सम्बन्धि अध्ययन गर्ने, लेख पढ्ने

स्वदेशको सेवा
नरेन्द्र रौले

परदेशको जीवन निकै ब्यस्ततामा बित्ने गर्छ । आफ्नो काम, पढाइ र दैनिकी भन्दा पर सोच्ने फुर्सद कमैलाई मात्र हुन्छ । तर हङकङको जोर्डन बस्ने सञ्जय लिम्बुको मन भने आफ्नो गाउघर र देशतिरै डुलिरहन्छ । जोर्डनस्थित मायाज हेयर एण्ड ब्युटि सैलुनमा हेयर स्पेशलिष्टका रुपमा काम गर्ने सञ्जय आफ्नो कमाईको केही अंश सामाजिक कार्यमा खर्चिरहेका छन् ।

सञ्जय अविवाहित छन् । २४ वर्षिय उनका अगाडी थुप्रै रहरहरुको चाङ छ । तैपनि उनी आफ्ना रहरहरु पन्छ्याउदै सेवाको काममा लम्किएका छन् । सञ्जयले उर्लाबारी, मोरङकि खुश्बु लिम्बु र धरानकि लक्ष्मी मगरलाई धर्म पुत्रीका रुपमा ग्रहण गरेर शिक्षादिक्षामा सहयोग पु¥याईरहेका छन् । ‘आफ्नै छोरी जसरी हुर्काउन चाहन्छु’ सञ्जयले भने’ , ‘आफ्नै सन्तान नभएपनि उनीहरुसंग मेरो भाबनात्मक सम्बन्ध छ ।’ आफु विदेशमा रहेपनि धरानमा रहनु भएकि आमाबाट जानकारी पाएपछि उनले धर्मपुत्रीका रुपमा अंगालेका हुन् । कमजोर आर्थिक अबस्था भएका खुश्बु र लक्ष्मीले धरानको रामैै्र बोर्डिङ स्कुलमा अध्ययन गर्ने अबसर पाएका छन् । आबश्यकता अनुसार इच्छाहरु पूरा गर्न पाएका छन् ।

सञ्जयले हङकङमा हेयर स्पेशलिष्टका रुपमा राम्रै चर्चा बटुलेका छन् । उनी संग एक पटक सेवा लिएको हरेक ब्यक्ति फेरी फर्केर आउछ । उनले काम गर्ने मायाज हेयर एण्ड ब्युटि सैलुनमा हङकङका मोडेल, ब्यापारी, कलाकार देखी बैंक म्यानेजर सम्म नियमित रुपमा आईपुग्छन् । स्थानिय मिङपाउ डेली, मिङपाउ विक्लीले उनका बारेमा समाचार तथा लेख प्रकाशन गरेका छन् । विहान सबेरै सुरु हुने उनको दैनिक अबेर राती ११ बजे विश्राम पाउछ । यसै रफ्तारबिच उनले आफ्नो देशको लागी केही गर्ने योजना बुन्छन् । गत महिना मात्रै रविभबनस्थित आमाको घरलाई झण्डै साढे २ लाख बराबर रुपैंयाका कपडा बा“डे । सञ्जयले विगतमा पशुपति बृद्धाश्रम र माइति नेपाललाई पनि लुगा कपडा, खाद्यान्न सहयोग गरेका थिए ।

सञ्जयको जस्तै फराकिलो सोच छ, ‘ड्यासवन’ उपनामले चिनिने कमल लामिछानेको । धावा, ८ गोर्खा स्थायी घर भएका कमल यतिबेला फ्रान्समा बस्छन् । उनको मुल पेशा कम्प्युटर सफ्टवेयर इन्जिनियर हो । सन् २००२ देखी नियमित रुपमा फ्रान्स बसिरहेका कमल नेपालको सेवाका लागी एकदमै सक्रिय छन् ।

कमल फ्रान्सको बेथुनीमा आरामदायि जीवन बिताइरहेका छन् । कुनै चिजको कमी छैन उनलाई । तैपनि वर्षेनि बन्द हड्ताल, लोडसेडिङ, महंगी भईरहने आफ्नै देश नेपाल आइपुग्छन उनी । एक्लै होईन, आफ्ना विदेशी र केही नेपाली साथीहरु लिएर । देशका विकट गाउगाउ डुल्छन् । अधिकांस ठाउ पुग्दा राम्रो विद्यालय भबन छैन, भएपनि जिर्ण अबस्थामा छन्, पुस्तकालय छैन, गरिबीले गर्दा वालवालिकाहरु विद्यालय जान नपाएको प्रशस्तै घटनाहरु भेटिन्छन् । त्यो अबस्था देखेपछि उनको मन कु“डिन्छ । अहिले तिनै विद्यार्थीहरु र विकट ठाउका लागी उनले सहयोग पु¥याईरहेका छन् ।

कमलको सहयोगमा अहिले सम्म वटा धादिङ, रसुवा, चितवन, सिन्धुली, बर्दिया, गोर्खा जिल्लामा १५ वटा लाइब्रेरी निमार्ण भइसकेको छ । त्यति नै संख्यामा विद्यालय भवन, शौचालय निमार्ण भईसकेका छन् । निम्न आयस्रोत भएका १७ जना विद्यार्थीहरुले उनकै सहयोगमा एसएलसि सम्मको अध्ययन पूरा गरे । कमललाई उनका साथीहरु केबी गुरुङ (बेल्जियम), रुपा महर्जन (अष्टे«लिया), राज भण्डारी (हङकङ) पनि सहयोग गरेका थिए । ‘एक थुकि सुकी, सय थुकि नदी भनेझैं हामी सबैले रकम उठायौं ।’ उनले फ्रान्सबाट स्काइपमा कुरा गर्दै भने, ‘शिक्षा सबैका लागी चाहिने कुरा हो ।’ उनलाई सबैभन्दा मन छोएको घटना धादिङको बसेरीको रहेछ । ९ वर्षअघि विदामा पुग्दा त्यो लेकमा स्याउलाले छाएको स्कुल देखे । झण्डै त्यो गाइको गोठ जस्तो थियो । स्कुलको साइन बोर्ड र बेञ्च त टाढाको कुरा त्यो सानो कटेरो हावा हुरीले उडाउने खालको थियो । त्यसभित्र स–साना विद्यार्थीहरु पढिरहेका रहेछन् । ‘एकदम माया लाग्यो’ उनले त्यो घटनाको स्मरण गर्दै भने, ‘हामीले चकलेट दियौं ।’

यसपछि कमल थुप्रै गाउ पुगे । आफ्ना साथीहरुसंग घुम्दा उनले देखे, पहाडतिरका स्कुलमा समस्यै समस्या छ । राम्रो स्कुल भबन छैन, पुस्तकालय छैन । ‘त्यहाका विद्यार्थीहरु पनि शहरका विद्यार्थीहरु भन्दा पढाइमा कम नहुन् भन्ने लाग्थ्यो ।’ उनले उत्साहित हुदै थपे , ‘गाउ घुमिरहदा एकदमै समस्या भएका विद्यालयको नोट गरेर फर्कियौं ।’ विदेश पुग्दा कमलले नेपाललाई झनै मिस गर्न थाले । जहा पुगेपनि दुखेसो पोख्ने स्थानिय बासिन्दाहरु सम्झिदा उनलाई केही गरौं जस्तो लाग्न थाल्यो । र आफ्ना साथीभाई, रिटायर्ड भएका नेपालीहरु, फ्रान्स, युके, जापान, अमेरिका लगायतका स्थानिय बासिन्दाहरुसंग आफ्नो देशको यस्तो अबस्थामा सुधार ल्याउन सहयोग माग्न थाले । मनैले चाहेपछि सहयोगी हातहरु आफै उठ्ने रहेछन् । सोचे भन्दा राम्रो सहयोग उठ्यो । अहिले पनि विकट ठाउको स्कुल निमार्ण र पुस्तकालय निमार्णका लागी उनले आफ्नो समय खर्चिरहेका छन् ।

यस क्रममा उनले तीतो अनुभुति भोगेका छन्, ‘धनीहरुले सहयोग नगर्ने रहेछन् । ठिक्क हुनेले मात्र गर्ने रहेछन ।’ तर जस्तो सुकै परिस्थितीमा पनि कमल अघि बढिरहेका छन् । झण्डै उनी संसार १ सय भन्दा बढी मुलुक घुमेका छन् । जहा पुग्छन्, आफ्नो देशको सेवाका लागी लागिपर्छन् । आगामि दिनमा गरिब विद्यार्थीहरुलाई नुन, तेल, कपडा र स्टेशनरी सहयोग गर्ने उनको सोच छ । आफुले सहयोग गरेका ठाउबाट पत्र आइपुग्दा उनलाई बिछट्टै खुसि लाग्छ । बिकट ठाउबाट हिंडेर कतिपय इमेल लेख्न सदरमुकाम आएको खबर सुन्दा उनलाई थप काम गर्न जा“गर चल्छ । ‘आफ्नो देशका लागी गर्ने भनेको हामी युवाहरुले हो ।’ उनले सुनाए ।

आफ्ना अत्यन्तै मिलनसार साथी लीलासिंह पुनलाई गुमाएपछि बेलायतमा रहेका विक्रम लिम्बु, हेमन्त गुरुङ, प्रयास गुरुङ र रस्सा गुरुङले उनैकोसम्झनामा   लीला स्मृति कोष खडा गरेका छन् । हरेक महिना १० पाउण्ड बचत गर्ने र त्यसबापत उठेको रकम गरिब तथा मेधावी छात्रछात्राको उच्च शिक्षामा खर्चिने सोचले उनीहरु संगठित भएका छन् । हालै मात्र काठमाडौंमा रहेका साथी प्रमोद न्यौपानेलाई उनीहरुले २६, हजार ४१७ रुपैंया प्रदान गरिसकेका छन् । ‘यो काम मार्फत प्रिय साथीको सम्झना भईरहनेछ ।’ स्काइप कुराकानीमा उनीहरुले सुनाए ।

न्युजिल्याण्डमा रहेका राज महर्जन पेशाले अर्बान पोलिसि प्लानरका रुपमा कार्यरत छन् । सन् २००८ देखी ओक्लान काउन्सिलमा उनी संलग्न छन् । यति ब्यस्त दैनिकी बिच उनले स्वदेशका लागी समय छुट्याउछन् । हेल्प नेपाल नेटवर्ककालागी न्युजिल्याण्ड संयोजक रहेका राजले सन् २०११ मा म्याराथुन दौडेर ९० हजार रुपैंया संकलन गरेर पठाएका थिए ।

यसबिच उनले समता स्कुलका लागी सहयोग जुटाउन पनि मेहनत गरेका थिए । स्वदेशकै सेवाका लागी बिभिन्न च्यारिटी सो गरेर बटुलेको रकम उनले नेपाल पठाउने गरेका छन् । उक्त कामका लागी न्युजिल्याण्डकै अस्पतालमा सिनियर फार्मेसिस्ट राजकि श्रीमति रानु ताम्राकारले पनि साथ दिइरहेकी छिन् । केही साता अघि मात्रै राजले साथीहरु अशोक श्रेष्ठ, तथा श्रीधर बस्नेतको सहयोगमा ५० हजार उठाएर हेल्प नेपाल नेटवर्कलाई प्रदान गरेका छन् । ‘मेरो कामले कोही खुसी हुन्छ भने म स्वदेशको सेवा गर्छु ।’ न्युजिल्याण्डबाट फोनमा कुराकानी गर्दै उनले सुनाए, ‘इच्छा भए समय निकाल्न सकिदो रहेछ । मलाइ यो कामबाट सन्तुष्टि मिलिरहेको छ’ ।

प्रविधिमा भविष्य-कुमार व्यञ्जनकार
नरेन्द्र रौले

आइटी’ भन्यो कि उनलाई पटक्कै मन पर्दैनथ्यो। त्यो बेला आइटीको न स्कोप थियो, न यसमा कुनै चार्म नै। फेरि यो विषय कलेजमा भर्खर -भर्खर पढाइ हुँदै थियो। प्लस टुमा म्यानेजमेन्टका विद्यार्थी कुमार व्यञ्जनकारलाई त्यो बेला यतातिर रुचि नै थिएन। अझ त्यसअघि त  उनलाई कम्प्युटर छुनै मन लाग्दैनथ्यो।

सोचेजस्तो कहाँ हुन्छ र ? फरक विषय अध्ययन गरे पनि कुपन्डोल स्थायी घर भएका तिनै कुमारले पछि आइटीलाई नै आफू बाँच्ने मेलो  बनाए। अहिले इन्टरनेट व्यवसायीका रूपमा उनले राम्रै परिचय बनाइसकेका छन्। नेपालमा रहेका ४२ वटा इन्टरनेटप्रदायक कम्पनीहरूमध्ये  नयाँ बानेश्वरस्थित चेरी वल्र्ड कम्युनिकेसनले आफ्नो बेग्लै स्थान बनाइसकेको छ। झन्डै ५ सय जनाभन्दा बढीेले यो कम्पनीमार्फत इन्टरनेट  सेवा लिइरहेका छन् जसका निर्देशक छन्, कुमार। इन्टरनेट सेवासँगै चेरीले वेब होस्टिङ तथा डिजाइनिङको सेवा प्रदान गर्छ भने वेबसाइट  खोल्न चाहने नेपाली विद्यार्थीहरूका लागि निःशुल्क रूपमा वेब होस्टिङको सेवासमेत प्रदान गर्दै आएको छ।

‘आइटी मानिसको जीवनमा अपरिहार्य रहेछ।’ गत साता नयाँ बानेश्वरमा भेटिएका कुमारले सुनाए, ‘यो महत्त्वपूर्ण कुरा हो।’ खासमा उनी  सूचना तथा प्रविधि क्षेत्रमा लागेका साथीहरूको संगतले यतातिर तानिएका हुन्। ललितपुर कलेजमा अध्ययन कै क्रममा उनका केही साथी  साइबर चलाउँथे। कसैले कम्प्युटर हार्डवेयर मेन्टिनेन्स खोलेका थिए, कोही भने वेभ डेभलपर थिए। तिनै साथीहरूसँग कुमारको दिनहुँ उठबस  हुन थाल्यो। उनी बिस्तारै चना प्रविधिसँग भिज्न थाले, यसको महत्त्व बुझ्न थाले। उनको मनमा सोच उब्जियो- अब कुनै नयाँ काम सुरु  गर्नुपर्छ।

नभन्दै कुमारले आफ्नै वेबसाइट सुरु गरे। उनले सञ्चालन गरेको द्दडेक्सटपडटकम वेबसाइट मोबाइल र ल्यापटपमा राख्न पाइने वालपेपरका  लागि  चर्चित थियो। चार वर्षसम्म चलेको यो वेबसाइटबाट उनले राम्रै पैसा आर्जन गरे। सुरु गरेको चार महिनापछि गुगल एड सेन्सबाटै ३०  हजार रुपैयाँ हात पर्दा सुरुमा त उनी छक्क परे। त्यसपछिका हरेक महिनामा ३ सय डलर आम्दानी हुन थाल्यो। त्यसपछि कुमारले साथीहरूसँग मिलेर थप दुईवटा वेवसाइट चलाए। विलभनेपाल डटकम र स्पेसनेपाल डटकम। नेपालसम्बन्धी विभिन्न जानकारी समेटिएको, विलभनेपाल  र मनोरञ्जनात्मक साइट स्पेसनेपालले राम्रै नाम, दाम र पहिचान दिलाए। जापानी, स्पेनिस, फ्रेन्च र अंग्रेजी भाषामा पढ्न पाइने विलभनेपाल   धेरै विदेशीले हेर्ने साइटमध्ये पर्छ। विदेशीहरू कसरी नेपाल आउने, कसरी भिसा अप्लाई गर्ने, नेपाल आउँदा कुन-कुन कुरामा ध्यान दिने, यता  आएर के-के गर्ने जस्ता कुरा उक्त वेबसाइटमा समेटिएका छन्। ती वेबसाइटमा गुगलले दिने विज्ञापनबाटै मासिक ७-८ सय डलर कमाइ हुन  थाल्यो।

यिनै वेबसाइटहरूबाट कमाएको पैसाले तीन वर्षअघि नयाँ बानेश्वरमा चेरी वल्र्ड कम्युनिकेसन (सीडब्लुसी) खोल्न मद्दत पुग्यो। दिनेश रजकसँग मिलेर खोलेको उक्त इन्टरनेटप्रदायक कम्पनीमा कुमारले थप १४ जनालाई रोजगार दिएका छन्। आइएसपी खरिद गर्न ७० लाख खर्चिएका  कुमारले यो व्यवसायका लागि डेढ करोड लगानी गरिसकेका छन्। ‘विदेश जाने अफर धेरै पटक आयो।’ कुमारले सुनाए, ‘मलाई नेपालमै केही  गरौं जस्तो लाग्यो।’ अमेरिका र हङकङका केही आइटी कम्पनीले राम्रै पैसा दिने सर्तमा उनलाई बोलाए। तैपनि उनमा विदेश जाने मोह जागेन।  उनी नेपालमै सन्तुष्ट छन्। अब उनी आफ्नो कम्पनीलाई उपत्यकाबाहिर लान कस्सिएका छन्। यसले गर्दा उनको व्यापार थप उक्सिनेछ।  यसबीच उनले इन्टरनेट मार्केटिङमा पनि राम्रै ज्ञान हासिल गरिसकेका छन्। कुनै पनि साइटलाई गुगलमा खोज्दा कसरी अगाडि ल्याउने भन्ने  विषयमा उनलाई राम्रो ज्ञान हासिल भैसकेको छ।

कामप्रतिको रुचि र समर्पण हुने हो भने हरेक युवाले घरमै बसी-बसी पैसा आर्जन गर्न सक्छन्। कुमार सुझाउँछन्, ‘त्यसका लागि मेहनत त  गर्नैपर्छ।’ उनले सुनाए, ‘सूचना तथा प्रविधिको क्षेत्रमा गर्न सकिने थुप्रै ठाउँ छ।’ ग्राफिक डिजाइन, वेब डिजाइन, इन्टरनेट मार्केटिङ, सफ्टवेयर  डेभलपमेन्ट र कन्टेन्ट राइटिङ पेसामा आ-आफ्नो क्षमताअनुसार घरमै बसी-बसी कम्प्युटर चलाएर काम गर्न सकिन्छ।  कुमार भन्छन्- ‘जहाँ  आफ्नो रुचि हुन्छ त्यहाँ कठिनाइ हुँदैन।’ नयाँ व्यवसायमा लाग्दा उनले थुपै्र कठिनाइको सामना गर्नुपर्‍यो। सुरुमा त ग्राहकलाई कन्भिन्स गर्नै  गार्‍हो पर्‍यो पछि बिस्तारै सहज बन्दै गयो। जति कष्ट भए पनि उनी यही पेसामा रमाउन थाले।

कुमार नेपालमै बस्नुका कारण अरू पनि छन्। यहाँ गर्न सकिने थुप्रै सम्भावना छन्। आफ्नो मुख्य व्यवसायसँगै उनले आयमूलक थप अरू  व्यवसाय पनि अघि बढाइरहेका छन्। उनले बाख्रापालन र माछापालनमा हात हालेका छन्। त्यही कामका लागि धादिङ, चितवन र जनकपुर  धाइरहेका कुमार चाँडै टीकाभैरवमा पनि बाख्रापालन गर्ने योजनामा छन्। स्वदेशमै गर्न सकिने प्रशस्त ठाउँ छ भन्ने राम्रो उदाहरण बनेका  छन् उनी। छुट्टिँदा उनले आत्मविश्वासका साथ भने, ‘आफ्नै देशमा प्रशस्त सम्भावना छ, विदेश किन जाने ?’

प्रेरणाको स्रोतः बुबा, आमा

अविस्मरणीय क्षणः गुगल एड सेन्सबाट चेक पाउँदा

पहिरनः सामान्य

ग्याजेटः आइप्याड, डेलको ल्यापटप

घुम्न मन लागेको स्थानः ताप्लेजुङ, कर्णाली

मन पर्ने परिकारः नेपाली खाना गुन्दु्रक, मकै, भटमास

चलचित्रः कन्यादान, लाहुरे

गीतः बतासले उडाई ल्यायो

भावी योजनाः इन्टरनेटकै व्यवसायलाइ बढाउँदै लाने।

इन्दिराको आकाश
नरेन्द्र रौले

कुनै बेला इन्दिरा रानामगरलाई आफ्नो नामै ‘आमा’ हो कि जस्तो लाग्छ। उनको आफ्नै कोखबाट जन्मिएकी एक्ली सन्तान छिन्, १५ वर्षीया  सुवानी। त्यसबाहेक ३ सय ६५ जना बालबालिकाले इन्दिरालाई आमा भनेर सम्बोधन गर्छन्। विभिन्न कारणले जेल परेका अभिभावकका  सन्तानको शिक्षादीक्षा एवं लालनपालन गरिरहेकी इन्दिरा सबैकी ‘प्यारी आमा’ बनेकी छिन्।

२४ वर्षअघि इन्दिरा जेल पुगेकी थिइन्। झापा, शनिश्चरेमा जन्मिएकी इन्दिरालाई एउटा संयोगले जेलको ढोकासम्म पुर्‍याएको थियो।  अध्ययनका लागि राजधानी छिरेकी रानामगर म्हेपीस्थित अमृत बोर्डिङ स्कुलमा गणित एवं सामाजिक शिक्षा पढाउँथिन्। अत्यन्त सरल र मृदुभाषी इन्दिरालाई एक जना महिलाले सोधिन्, ‘तिमी भविष्यमा के बन्न चाहन्छौ ?’ ‘मजस्तै विपन्न र असहाय दिदी-बहिनीहरूलाई पढाउन  चाहन्छु,’ इन्दिराले भनिन्। ‘ल त्यसो भए आज मसँग हिंड। जेल पुगेर बन्दी महिलाहरूको अवस्था बुझौं।’ ती महिलाले सुनाइन्। इन्दिरा उनलाई  पछ्याउँदै जेलभित्र पसिन्। यसरी जेलसम्म पुर्‍याउने ती महिला अरू कोही नभएर साहित्यकार पारिजात थिइन्।

ह्युरन’ अर्थात् नेपाल मानवअधिकार संगठनमा आबद्ध थिइन्, पारिजात। उनको मान्यता थियो, जेलमा अपराधी मात्र हुँदैनन्। त्यहाँ निर्दोषहरू  पनि हुन्छन् र तिनका सन्तान शिक्षादीक्षा एवं पालनपोषणबाट कुनै पनि हालतमा वञ्चित हुनुहुँदैन। पारिजातले बन्दीहरूका पक्षमा वकालत  गरिन्। आफूसँगसँगै इन्दिरालाई पनि हिंडाइन्। जीवनको यही बाटोमा लम्किँदा-लम्किँदै पारिजात संसारबाट अस्ताइन्, तर उनको  उत्तराधिकारीका रूपमा इन्दिरा सशक्त रूपमा अघि बढिन्। इन्दिराले जेलभित्रका महिला बन्दीहरूलाई पढाइन्, सँगै खाना खाइन्। उठबस  बाक्लिँदै गयो। त्यसबीच उनमा नयाँ सोच जन्मियो- अब बन्दीका सन्तानहरूलाई पनि शिक्षादीक्षा दिनुपर्छ। उनीहरूको रेखदेख गर्नुपर्छ। नभन्दै  काम सुरु गरिहालिन्। सुरुमा दुई जना केटा र एक जना केटीलाई ल्याएर उनले काम सुरु गरिन्। काम थालेको २२ वर्षपछि आज त्यो संख्या ३  सय ६५ पुगिसकेको छ। पारिजातसँगको त्यही भेटपछि इन्दिराको जीवनले नयाँ मोड लियो। ‘पारिजात नै मेरो जीवनको सुरुवात हो, प्रेरणा हो  र अन्तिम गन्तव्य पनि,’ इन्दिराले भनिन्।

दुई दशकभन्दा लामो समयदेखि यो कर्ममा होमिएकी इन्दिरा उत्तिकै जोसिली र जाँगरिली छिन्। उनले स्थापना गरेको पीए नेपाल नामक  संस्थाका चारवटा शाखा छन्। झापा, विराटनगर, पाल्पा र साँखुका शाखाहरूमा उनी बरोबर पुग्छिन्। उनले कुनै विदेशी दातृ निकायको  सहयोगमा होइन, आफ्नै बलबुतामा संस्था चलाइरहेकी छिन्। सन् २००५ मा अशोका फेलोसिपबाट सम्मानित भएपछि इन्दिराको कामलाई  अमेरिकालगायत जर्मनी, हल्यान्ड, अस्ट्रेलिया, ब्राजिल आदिका मिडियाले पनि राम्रै कभरेज गरेका छन्। विश्वका ३० वटाभन्दा बढी मुलुक  पुगेर उनले आफ्नो ‘स्पिच’ दिइसकेकी छिन्। अपराध किन र कसरी हुन्छ ? यसको नियन्त्रण कसरी गर्ने, जेल परेका अभिभावकका  सन्तानलाई कसरी हुर्काउने, पारिवारिक वातावरणमा माया, ममता र स्नेह कसरी दिनेजस्ता विषयमा उनको अनुभव सुन्न थुप्रै मुलुकबाट  उनलाई ‘गेस्ट लेक्चर’ का लागि बोलाइन्छ।

इन्दिराले अशोका फेलोसिपबापत पाएको सम्पूर्ण रकम संस्थाको घर बनाउन, शाखा विस्तार गर्न एवं बालबालिकाहरूको हितमा खर्चिइन्।  हरेक महिना ३ सय डलरका दरले तीन वर्षसम्म निरन्तर पाएको सहयोग उनलाई ठूलै राहत सावित भयो। त्यति मात्र होइन, सन् २०१० मा  एक अमेरिकन संस्थाद्वारा ‘एसियन २१ योङ लिडर पब्लिक सर्भिस एवार्ड’ बापत प्राप्त १० हजार डलर पनि संस्थाकै हितमा खर्च गरिन्।  इन्दिराले झापामा एउटा प्राथमिक स्कुलको स्थापना र पाल्पामा आमा प्याराडाइज होम स्थापना गरिन्, जुन विभिन्न जिल्लामा रहेका बन्दीह रूका सन्तानहरूका लागि पढ्ने र बस्ने छानो बनेको छ। पाल्पा, झापा र काठमाडौंको साँखुमा सुरु गरेको पशुपालन, तरकारी खेती र  फलफूल खेतीले इन्दिरालाई आत्मनिर्भर बन्न ठूलो सहयोग गरेको छ। किशोरवयमा पाइला टेकिरहेेका उनका केही सन्तानले बुटवल र  पाल्पाको सिमानामा पर्ने कालिमाटीमा होटल सञ्चालन गरेका छन्। उनीहरू त्यहाँ चिया-कफी तथा पकौडा बेचेर आम्दानी गर्छन्। आत्मनिर्भर  बन्न अपनाइएका यी विधिहरू बलिया र भरपर्दा लाग्छन् उनलाई। ‘मेरा सन्तानले आफ्नो क्षमताको विकास गरून् र यतै अवसर खोजून्,’  उनले भनिन्। इन्दिरा विदेशी सहयोग लिन उनी अस्वीकार गर्छिन्। आफू सक्षम हुँदाहुँदै अर्काको भर पर्नु उनलाई त्यति उचित लाग्दैन।  इन्दिराको कामलाई नजिकबाट नियालेका काठमाडौं प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा भन्छन्, ‘इन्दिराले पुरस्कार र सम्मानका लागि  काम गरेकी होइनन्।’ शर्मा ०५४ तिर केन्द्रीय कारागारमा सहायक जेलर थिए। त्यो बेला इन्दिरा फाटेको चप्पलमा हिँड्थिन्। जेलभित्रका  बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउँथिन् र बन्दीहरूलाई परामर्श दिन्थिन्। ‘उनी अत्यन्तै लगनशील, मेहनती र निःस्वार्थ समाजसेवी हुन्।  पारिवारिक तनावले विक्षिप्त बनेका बेला पनि उनले आफ्नो बाटो मोडिनन्।’ शर्माले सुनाए।

केही अघि सीएनएन हिरो बनाउने माहोल तातिरहेका बेला इन्दिराको चर्चा कतै सुनिएन। तैपनि दुखेसो छैन। बरु समर्पित भएर इन्दिरा  आफ्नो कर्मलाई निरन्तरता दिइरहेकी छिन्। सीएनएन हिरोमा मनोनय नहुँदा उनका थुपै्र शुभचिन्तकले चासो र चिन्ता प्रकट गरे। कैयौं स्वदे शी तथा विदेशीले उनको फेसबुक वालमा तीतो पोखेका थिए। ‘मलाई मान-सम्मान खोज्नु छैन।’ नयाँ बानेश्वरको एक क्याफेमा इन्दिराले  भनिन्, ‘मेरा बच्चाहरूलाई खुसी बनाउनु र असल मान्छे बनाउनु नै मेरो लक्ष्य हो।’

इन्दिरा अहिले मुलुकभरका जेलहरू धाइरहेकी छिन्। कतै जेलभित्र बालबालिकाहरू छन् कि ? तिनको खोजी गर्दै उद्धारमा खटिरहेकी छिन्।  इन्दिरासँग जेलभित्रबाट ‘मेरो बच्चा पनि लगिदिनू’ भन्दै रोएर अँगालो हाल्ने अभिभावक धेरै छन्। छुट्टनिे बेला उनीप्रति अगाध प्रेम दर्साउदै ‘ फेरि पनि आउनु है’ भनेर भक्कानिन्छन्। ‘हो, यही नै मेरो सम्मान हो।’

Himgyap to direct Rekha Thapa’s ‘Kali’
In a press meet held in New York, USA, Rekha Thapa had announced that her upcoming movie ‘Kali’ will be directed by Himgyap Lama, Tasi. Actress Gauri Malla was also present in the press meet.

Rekha’s initial plan was to direct the movie herself but, after meeting Himgyap and being impressed by his talent she decided to take him as the director. The movie ‘Kali’ will be produced by Rekha Films with investment of some NRN living in the USA. The movie is scheduled to start shooting in May. The story of the movie is written by singer and actor Yash Kumar and the script is written by Ashwini Koirala. The script writing of the movie based on a male prostitute is still going on.

Himgyap is known for directing and producing short films and documentaries. In addition to Rekha’s film Himgyap is also doing Nawal Khadka’s ‘Bhimdutt’ and ‘Simal Ko Phool’.

Rekha is currently in USA to participate in 16 different cultural programs under ‘Namaste America 2′.

Source :  http://xnepali.net/movies/himgyap-to-direct-rekha-thapas-kali/

भरियादेखि आरोहीसम्म
नरेन्द्र रौले

मिङ्मा शेर्पाले संसारका चौधवटा हिमशिखर चुमौला भनेर कहिल्यै सोचेका थिएनन्। सोचून् पनि कसरी ? संखुवासभाको चौंरीगोठमा जन्मिएका, चौंरी, भेडा, बाख्रा चराउँदै किशोरवय बिताएका मिङ्माको मनमा त्यस्तो विचार आउने कुरै भएन। यद्यपि  समय, रुचि र लगावले गर्दा उनी संसारका ८ हजार मिटरभन्दा माथिका १४ वटा चुचुरा चुम्न सफल भए।

मिङ्मा मकालु हिमालको काखमा हुर्किए। उनको १५ वर्षको स्वणिर्म समय मकालुमा बित्यो। कक्षा ५ सम्मको पढाई सिन्केश्वर  प्राविबाट पूरा गरे उनले। घरबाट आउन जान २ घण्टा लाग्थ्यो। बीचैमा राजधानी प्रवेश गरेपछि मिङ्माको थप अध्ययन भने  अघि बढेन। बरु उनको जीवनले नयाँ मोड लियो। जे काम भने पनि हुरुक्क हुन्थे, उनी। मिङ्मा त्यो बेला महाराजगन्जमा  सानिमासँग डेरामा बस्थे। सानै कामलाई पनि सम्मान गर्ने स्वभावका मिङ्माले ज्यामी काम गरे। केही पछि उनको दिनचर्या  फेरियो। ज्यामीबाट उनी भरिया बने।

पर्यटकहरूसँगै मिङ्मा उपल्लो मुस्ताङ आउजाउ गर्न थाले। ट्रेकिङ एजेन्सीले २५ दिनको प्याकेज बनाउँथे। मिङ्मा भरियाका  रूपमा उक्त यात्रामा हुन्थे। काठमाडौंदेखि बाग्लुङसम्म गाडीमा र त्यसपछि मुस्ताङ पुग्न ९ दिन हिंड्नुपथ्र्यो। गहु्रंगो भारी बो केर बाटो लाग्दा जाडोले थुरथुर मुटु कमाउँथ्यो। पर्यटकहरूले भनेकै समयमा पुग्नुपर्ने अर्को चुनौती हुन्थ्यो। तैपनि मिङ्माले  तीन वर्षसम्म यही कामलाई निरन्तरता दिए। उनी भारी बोकेबापत दिनको ९० रुपैयाँ कमाउँथे। खाने, बस्ने खर्च कटाएर ५-६  सय रुपैयाँ बच्थ्यो। पर्यटकहरूको भारी बोक्दै मुस्ताङपछि मनाङ, रसुवा, लाङटाङ, सोलुखुम्बु आदि थुप्रै ठाउँ पुगे, मिङमा।  त्यसबाट पेट पाल्ने काम मात्र हुन्थ्यो, खासै पैसा बच्दैनथ्यो।

मिङ्मालाई जीवनमा नयाँपन ल्याउन मन लाग्यो। उनी बिस्तारै हिमाल आरोहण गर्नतिर लागे। पहिलो पटक उनले अन्नपूर्ण श्रृंखलामा पर्ने टेन पिक (५ हजार ५ सय मिटर) को आरोहण गरे। ‘एकदमै खुसी लाग्यो।’ उनले १६ वर्षअघिको त्यो क्षण  सम्झिए, ‘विदेशीहरूले पनि उत्साह थपे।’ सुरुवातमा मिङ्मालाई काका क्रिकेन शेर्पाले सघाए। त्यसपछि उनमा आँट थपियो।  सन् २००० मा मनास्लु चढन् सफल भएपछि त ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने कुतकुती लाग्न थाल्यो। नभन्दै  उनले संसारका १४ वटा हिमाल आरोहण गरेरै छाडे। ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने दक्षिण एसिया र ने पालकै पहिलो व्यक्ति हुन्, मिङमा। ‘देशलाई चिनाउने काम गर्न पाउँदा गर्वको महसुस हुन्छ,’ मिङ्माले बताए। उनले आरोहण  गरेकामध्ये आठवटा नेपालमा, पाँचवटा पाकिस्तानमा र एउटा हिमाल तिब्बतमा छ।

हिमाल आरोहण गर्नु त्यति सजिलो काम भने होइन। बाटो बनाउने, डोरी टाँग्ने र सरसामानको बन्दोबस्त गर्दै चुुचुरातिर  लम्कनु कम चुनौतिपूर्ण हुँदैन। ‘प्रत्येक पाइलामा पाइलामा मृत्युसँग जुझ्नुपर्छ।’ मिङ्माले सुनाए, ‘चुचुरोमा पुग्दा भने बेग्लै  संसारमा पुगेजस्तो महसुस हुन्छ।’ कुनै-कुनै सजिलो मानिने हिमाल आरोहण गर्दा मानिसले ज्यान गुमाउँछन्। कुनै गाह्रो  मानिनेमा सजिलै आरोहण गर्न सकिने अनुभव मिङ्माको छ, ‘हिमाल चढ्न कत्तिको गाह्रो हुन्छ भन्ने कुरा कुहिरो, हुरी, बतास  र हिउँ पहिरोले कत्तिको अवरोध गर्छ भन्ने कुरामा भर पर्छ।’ उनलाई सबैभन्दा गाह्रो चाहिँ पाकिस्तानको केटु चढ्न भएछ।  केटुमा छिनछिनमा मौसम फेरिइरहने, र अप्ठ्यारो बाटो रहेछ। ‘केटु एकदम घमन्डी छ।’ उनले भने, ‘सुन्दर पनि उत्तिकै।’  सगरमाथामा भने प्रशस्त म्यानपावर भएकाले तुलनात्मक रूपमा कम दुर्घटना हुन्छन्। आपत पर्दा सहयोगीहरूको कमी हुदैन।

मिङमा इखले हिमाल चढ्न कस्सिए। नेपालमा हिमाल आरोहण गर्ने विदेशी पर्यटकहरूको इतिहास ६०-७० वर्ष पुरानो छ।  यद्यपि अधिकांश विदेशीले नेपालीहरू भरिया मात्र हुन् भनेको उनलाई पटक्कै मन परेन। ‘हामी आरोही पनि हौ भन्ने देखाउन  चाहन्थें।’ उनले सुनाए, ‘देशको इज्जत र ईख दुवैले गर्दा आरोहणमा लागें।’ भरिया हुँदै मिङ्मा यतिबेला माउन्टेन गेयर ट्रेकिङ  एजेन्सीको मालिक बनेका छन्। विगत दुई वर्षअघि सुरु गरेको एजेन्सीमा उनले थुप्रैलाई रोजगारी दिएका छन्। आफूले सिकेका  सीप, ज्ञानलाई उनी आफ्नै देशमा खर्चिन चाहन्छन्। मिङ्मा नेपालका हिमाल एवं पर्वतारोहीहरूका बारेमा कोर्सको किताबमा  पढ्न पाउनुपर्ने कुरामा जोड दिन्छन्- ‘जसले गर्दा आफ्नो देश चिन्न धेरै सहयोग पुग्नेछ।’

प्रेरणाको स्रोतः आमा, बुबा

अविस्मरणीय क्षणः कञ्चनजंघा आरोहण

ग्याजेटः आइफोन, आइम्याक

पहिरनः द याक एन्ड माउन्टेन ब्रान्ड

मनपर्ने परिकारः दालभात तरकारी

मन परेको देशः नेपाल

घुम्न मन लागेको देशः जापान

लक्ष्यः पर्यटन क्षेत्रमा अझ राम्रो काम गर्ने

क्यारनको कथा
नरेन्द्र रौले

क्यारन लिम्बू फिरन्ते युवतीझैं लाग्छिन् । उनको मन एउटै ठाउँमा मात्र अडिँदैन। फरक अनुभव र सीप बटुल्न नयाँ-नयाँ ठाउँ चहारिरहन्छिन्  उनी। अनुभवका पत्रहरू सँगाल्न उनका पाइलाहरू निरन्तर चलिरहन्छन्। फरक देश र फरक परिवेशमा चाँडै घुलमिल हुन सक्ने खुबीले  उनलाई स्थापित हुन धेरै बेर लाग्दैन।

‘भाषामाथिको पकडले धेरै सजिलो बनाइदिन्छ।’ केही दिनअघि राजधानीको एक कफी सपमा भेटिएकी क्यारनले मुख खोलिन्, ‘कामप्रतिको  समर्पण महत्वपूर्ण कुरा हो।’ झन्डै १५ वर्षभन्दा लामो समय हङकङमा बिताएकी क्यारनले त्यहीं आफ्नो करियर बनाइन्। नाम, दाम र  पहिचानका लागि हङकङ उनलाई निकै फाप्यो। एउटा भारतीय रेस्टुराँमा सामान्य वेटरका रूपमा सुरु भएको उनको यात्रा हङकङ फुटबल  क्लबको बार म्यानेजरसम्म पुग्यो। यस क्लबले खेलाडीहरुलाई खानाका परिकार तथा ड्रिंक्स सर्भ गर्छ, जहाँ ३ सय ५० भन्दा बढी कर्मचारी  कार्यरत छन्। ती विदेशीहरूमध्ये क्यारन एक्ली नेपाली थिइन्। दर्जनौं रेस्टुराँको अनुभव बटुलिसकेकी क्यारनलाई सबैभन्दा सन्तुष्टि दिलाउने  काम पनि यही हो। ‘उक्त क्लबको आम्दानीले मेरो रोजीरोटी र आमाको सपना पूरा भयो।’

क्यारनको करियर हङकङमा मात्र सीमित भएन। हङकङ, अस्टे्रलिया हुँदै बेलायत पुगेर उनले करियर चम्काइन्। सन् २००७ देखि निरन्तर ३  वर्ष बेलायत बस्दा ब्राडफोर्ड विश्वविद्यालयमा फुड एन्ड हस्पिटालिटीको अध्ययन गरिन्। त्यससँगै उनले १० वर्षका लागि वेभरेजको लाइसेन्स  पनि पाइन्। ‘म काम गर्न लजाउँदिनँ।’ कालो गगल्स मिलाउँदै क्यारनले मुख खोलिन्, ‘वेटे्रसदेखि म्यानेजमेन्टसम्मको जिम्मेवारी सम्हालें।’  क्यारनले अस्टे्रलियाको पर्थमा १६ महिना बिताइन्। वाइनमा छोटो कोर्स गरेकी उनले त्यहाँ पनि रेस्टुराँको अनुभव बटुलिन्। विदेशमा रहँदा  क्यारन दैनिक १५ घण्टासम्म काममै व्यस्त हुन्थिन्। विदेशीहरूसँगको संगतले उनलाई थुप्रै कुरा सिकायो। काम गर्न नलजाउने, सानै काम भए  पनि त्यसको सम्मान गर्ने तथा समयको ख्याल गर्ने कुरालाई उनले आत्मसात् गरेकी छिन्। त्यसो त फुड एन्ड बेभरेज स्पेशलिस्ट क्यारनको  नामका अगाडि थप अरू चिनारी पनि जोडिएर आउँछन्- मिडिया पर्सन, मोडल, मिस ट्यालेन्ट हङकङ १९९८, डकुमेन्ट्री मेकर, इभेन्ट  म्यानेजर आदि।

हङकङमा पहिलो पटक (सन् १९९८) मा आयोजित मिस हङकङ, नेपालमा सहभागी भएकी क्यारनले तीनवटा एवार्ड हात पारिन्। बेस्ट फिगर,  मिस ट्यालेन्ट तथा क्वालिफाइड डान्सरको एवार्ड हात पारेपछि उनमा हौसला र आत्मविश्वास बढ्यो। नियमित गर्दै आएको कर्मबाहेक उनी  मोडलिङको क्षेत्रमा प्रवेश गरिन्। इभेन्टहरूको आयोजना गर्न थालिन् र हङकङकै एउटा अनलाइनमा पनि आबद्ध भएर काम गरिन्। क्यारनले  म्युजिक भिडियोहरूमा अभिनय गरिन्। हङकङको नेपाली समुदायमाझ सामाजिक सेवाका प्रशस्त काम गरिन्। मदिरा सेवन गर्ने श्रीमान् वा  ड्रग खाएर बिग्रिएका सन्तानबाट आजित थिए, हङकङका नेपाली महिलाहरू। तिनलाई उनले लामो समय काउन्सिलिङ गरिन्। ‘क्राउन लगाउनु  र समाजमा गएर काम गर्नु फरक कुरा हो।’ क्यारनले आफ्नो कामप्रति समर्पण देखाइन्, ‘समाजमा गएर काम गर्नुको मजा बेग्लै छ।’ सुन्दरी  प्रतियोगितामा भाग लिने अरू थुप्रैले समाजसेवामा केही न केही योगदान दिन सके प्रतियोगिताको सार्थकता हुने उनले इंगित गरिन्।

क्यारन खानामा निकै सौखिन छिन्। ‘पानीपुरी र भेलपुरी खानकै लागि म काठमाडौंबाट मुम्बई पुगें।’ धेरै अघिदेखि त्यसका बारेमा सुनेकी  क्यारनलाई स्वाद चाख्ने कौतूहलता बढेको थियो। ‘निकै मीठो हुँदो रहेछ।’ उनले अनुभूति साटिन्। उनी खानामा यति सारो सौखिन हुनुको  कारण पनि रहेछ। उनकी बर्मेली हजुरआमा परिकारहरू बनाउन सिपालु थिइन्। आफूसँगै किचेनमा काम गर्न लगाउँदा-लगाउँदै क्यारनले पनि  धेरै कुरा सिकिन्। पछि बाँच्ने मेलो पनि यही पेसालाई बनाइन्।

क्यारनलाई यो सफलता त्यसै हात लागेको होइन। संघर्षका अनगिन्ती मोडहरू छिचोलेकी छिन् उनले। आफ्नो देशभन्दा कैयौं टाढाको भूमिमा  अनेकौं कठिनाइसँग जुझिन्। कतिको गाली सहिन्। कतिपय समस्याको नडराई सामना गरिन्। ‘कैयौं पटक म निराश भएँ।’ उनले केही सम्झे जस्तो गरेर भनिन्, ‘निकै धैर्य गरें, जसले गर्दा सफल पनि भएँ।”दुःखमा आत्तिनु र सुखमा मात्तिनु हुँदैन।’ भन्दा क्यारनको मुहारमा उज्यालो दे खियो। क्यारनले नेपालमा फुड एन्ड बेभरेज पेसामा प्रशस्त सम्भावना भएको बताइन्। प्रायःजसो आयोजना भैरहने पार्टी र भोज कसरी  सफलतापूर्वक सम्पन्न गर्ने, वाइन र परिकारहरू कसरी सर्भ गर्ने, उपभोक्ताको चित्त कसरी बुझाउने भन्ने कुरा यो विषयले समेट्छ।  आमयुवाले यो विषयको अध्ययन गरेर आफ्नो भविष्य सुरक्षित बनाउन सक्ने उनको तर्क छ। ‘आफ्नो रुचिको विषयमा दत्तचित्त भएर लाग्ने  हो भने गन्तव्य टाढा हुँदैन।’

नजिकबाट क्यारन

प्रेरणाको स्रोत : आमा मीना सुब्बा

अविस्मरणीय क्षण : पहिलो कमाइ आमालाई दिँदा

खुसीको क्षण : मिस हङकङमा भाग लिँदा

दुखको क्षण : बुबा गुमाउँदा

ग्याजेट : आइफोन, आइप्याड

मनपर्ने खाना : नेपाली परिकार तथा इटालियन

मनपर्ने पहिरन : जामा, फ्रक

अबको लक्ष्य : अझ दक्ष बन्ने

मन पर्ने चलचित्र : आर्ट र कोरियन

मन पर्ने कलाकार : नाना पाटेकर, नन्दिता दास, स्मीता पाटिल

मन परेको देश : हङकङ

घुम्न मन लागेको देश : अमेरिका

विदेश घुमघाम
नरेन्द्र रौले

लामो बिदा वा जाडो नजिकिँदै जाँदा अनिल अग्रवालको मन एकदमै उत्साहित हुन्छ। महिनौंअघि भित्तामा झुन्डिएको क्यालेन्डर पल्टाउँदै उनी  लामो छुट्टीको दिन गन्न थाल्छन् र योजना बुन्छन्, यसपाली कुन देश घुम्ने होला ? मन लागेका देशहरूको छनोट गरेपछि उनी यात्रामा  निस्कन्छन्।

अनिलले यसरी थुप्रै मुलुक चहारे। उनले पाइला टेकेका मुलुकहरू ताइवान, मकाउ, संयुक्त अरब इमिरेट्स, हङकङ, थाइल्यान्ड, सिंगापुर,  कम्बोडिया, भुटान गरी आधा दर्जन नाघिसकेका छन्। ‘अझै घुमेरै जीवन बिताउने रहर छ।’ न्युरोडस्थित सोनु मोबाइल सेन्टरका अनिलले  मुस्कुराउँदै भने, ‘सालमा एकपटकको घुमघामले वर्षभरि काम गर्ने शक्ति मिल्छ।’ व्यापारिक उद्देश्यबाहेक प्रायः उनले घुम्ने भनेको लामो  बिदामै हो। किनभने यति बेला प्रशस्त समय हुने भएकाले निस्फिक्री घुम्न पाइन्छ। वर्षमा एकपटक गरिने यस्ता घुमघामले मानसिक  तनावबाट मुक्ति दिनुका साथै डिप्रेसनबाट जोगाउने उनको विश्वास छ। ‘वर्षमा एकपटक त घुम्न निस्कनैपर्छ।’ हातको आइफोन खेलाउँदै  अनिलले सुनाए, ‘तर भड्किलो तरिकाले होइन सादा तरिकाले।’

दर्जन भन्दा बढी मुलुकमा पाइला टेकेका अनिलसँग यात्राका थुप्रै अनुभूति छन्। हरेक यात्रामा रमाइला-नरमाइला, तीता-मीठा घटनाहरू जो डिएका छन्। एकपटक ताइवान पुग्दा बिजनेस एक्सपो चलिरहेको थियो। त्यो रुचिकर नलागेपछि लोकल बस समातेर उनी एउटा सुदूर गाउँ  पुगे। ताइवानको राजधानी ताइपेईबाट १ सय २० किलोमिटर टाढाको उक्त गाउँको न भाषा बुझिन्थ्यो न खानेकुरा नै मिल्थ्यो। तैपनि उनी त्यो  परिवेशमा रमाए। ‘साना होटलमा बसेर जे पायो त्यही खाएँ।’ त्यस्तै चीनको स्यान्जेन सहर घुम्दाको अर्को स्मरणीय घटना छ। स्यान्जेन पुगेकै  दिन एक जना चाइनिज उनको नजिक आएर ‘ल्यापटप’, ‘ल्यापटप’ भनेर कराए। अनिलले उक्त ल्यापटप खोलेर हेरे। हेर्दा राम्रै रहेछ, तर उनले  ल्यापटप खरिद गर्ने इच्छा देखाएनन्। चाइनिज ल्यापटप लिएर आफ्नो बाटो लाग्यो। एकछिनपछि ऊ फेरि टुप्लुक्क आइपुग्यो र किन्न आग्रह  गर्‍यो। मूल्य सोध्दा ३० हजार रुपैंयाँ बतायो। अनिलले सोचे, त्यति सस्तो पाएपछि किन नकिन्ने ? खुसी भएर ३० हजार रुपैंयाँ दिए। पछि हो टलमा पुगेर अघि भर्खर किनेको ल्यापटप खोल्दा उनी छक्क परे। सस्तो भनेर किनेको उक्त ल्यापटप त खेलौना पो परेछ। यस्तै दुबई पुग्दा  पनि दुःख भोगेको घटना सम्झन्छन् उनी। नेपाल एयरलाइन्सको फलाइट राति पुग्दो रैछ। आफू बस्ने होटलका सम्बन्धमा जानकारी लिँदा त्यहाँ  पुग्न त बीचमा अर्को होटलमा बस्नुपर्ने भनेर केहीले लगे। अन्ततः ६ हजार रुपैंयाँ थुतेरै छाडे। आक्कलझुक्कल हुने यस्ता नमीठा घटनाबाहेक  घुमघामका फाइदा प्रशस्तै छन्। कसैसँग प्रतिस्पर्धा गर्नुपर्दैन, जस्तो लवाइखवाइ भए पनि कसैले के भन्ला भनेर चिन्ता लिनु पनि छैन। निर्धक्क  घुम्न सकिन्छ।

अनिलजस्तै नेपाल पर्यटन बोर्डका दीपक जोशी पनि घुमक्कडमा पर्छन्। यद्यपि अनिलजस्तै जोशीले लामो बिदा कुरिरहनु पर्दैन। मन लाग्दा उनी  अफिस बिदा लिएर घुम्न निस्किहाल्छन्। भर्खरै मात्र अमेरिकाका तीन वटा सहर लस एन्जल्स, लस भेगास र सनफ्रान्सिस्को घुमेर फर्किएका  जोशी घुम्नुलाई आफ्नो ‘प्यासन’ मान्छन्। ‘पुस्तक मात्र पढेर यति धेरै कुरा कहाँ सिकिन्छ र ?’ नेपालका ६२ जिल्ला घुमेका जोशी भन्छन्, ‘ घुमघामले मस्तिष्क रिफ्रेस बनाउँछ।’ मान्छेसँगको अन्तक्रिर्या, नयाँ ठाउँको अवलोकन, नयाँ संस्कृति एवं रहनसहनले धेरै कुराको ज्ञान दिने  उनको तर्क छ। विदेशका विभिन्न कुना पुग्दा उनले जुवा खेल्ने, क्यासिनो जाने काम मात्र गरेनन्, नेपालका बारेमा अरूलाई जानकारी दिने  प्रयास पनि गरे।

जर्मनी पाइला टेक्दा मन्डिखाटारकी छिमी शेर्पाले आफ्नै घर पुगेजस्तो अनुभूति गरिन्। यसैपाली (सन् २०१२) मिस शेर्पाको मुकुट पहिरेकी  छिमी केही अघि एक महिने लामो यात्रामा निस्किएकी थिइन्। जर्मनी, स्वीट्रल्यान्ड, फ्रान्स र अस्टि्रया चहारेकी छिमीले फरक ठाउँमा फरक  अनुभूति संगालिन्।

जर्मनीको प्रमुख सहर ह्याम्बर्ग र बर्लिनको सम्झना उनको मस्तिष्कमा अझै ताजै छ। विश्वयुद्धताका बर्लिनमा ध्वस्त भएका भवनहरू अझ  निमार्णकै क्रममा छन्। पुरानो सभ्यता झल्काउने खालका भवन एवं लहरै मिलेका सबै देशका राजदूतावास देखेपछि छिमीको मन लोभियो। ने पालका सडकहरूमा बाक्लै ट्राफिक जामको समस्या भोगेकी छिमी जर्मनीका चिल्ला, सफा सडकहरू देखेर छक्क परिन्। छिमीले भनिन्- त्यहाँ  धेरैले टे्रनको यात्रा गर्छन्। त्यसैले पनि टा्रफिक जामको समस्या कम भएको होला। फ्रान्स र स्वीट्जरल्यान्ड घुम्दा छिमी सहर भन्दा अलि टाढा  पुगिन्। ग्रामीण बस्ती भए पनि ती विकट नेपाली बस्तीहरू भन्दा नितान्त फरक र नौला लागे। सबै पूर्वाधारहरू पुगेका, सफा, चिटिक्क अनि  शान्त। ‘त्यहाँका कलेजहरूमा सैद्धान्तिक भन्दा प्रयोगात्मक पढाइमा जोड दिइँदो रहेछ।’ लाजिम्पाटस्थित जेभिएर एकेडेमीबाट प्लस टु उत्तीर्ण  छिमीका अनुसार ‘त्यहाँ अवसर पनि धेरै रहेछ।’

विदेशमा कहाँ घुम्ने ?

जर्मनी

एस ट्राभलले आफ्नो प्याकेजमा केही नयाँ गन्तव्य पनि थपेको छ। युरोपियन मुलुकअन्तर्गत फ्रान्स, स्वीट्रजरल्यान्ड, जर्मनी, नेदरल्यान्ड आदि  मुलुकको आकर्षक प्याकेज सुरु गरिएको छ। त्यस्तै कम्बो प्याकेजअन्तर्गत मलेसिया, सिंगापुर, थाइल्यान्डलाई समेटिएको छ। यस्तै प्रेसिडेन्ट  ट्राभलले विदेश घुमघामका लागि नयाँ गन्तव्यहरू मोरिसस, टर्की, ब्राजिल, अस्ट्रिया, उज्वेकिस्तानजस्ता मुलुकहरू थपेको छ। प्रायः व्यापारी, बैंकिङ क्षेत्र, उच्च मध्यम वर्गर्ीय एवं उच्च वर्गलाई लक्षित गरेर यो प्याकेज ल्याइएको हो।

टर्की

एसिया महादेश र युरोप जोड्ने देश हो-टर्की। इस्तानबुल र बुर्सा त्यहाँका मुख्य आकर्षक सहर हुन्। यी सहरहरूको रात्रि जीवन निकै लोभ  लाग्दो हुन्छ। विशेषतः यहाँको बेली नाचले धेरैको मन लोभ्याउँछ। त्यस्तै यहाँको परम्परागत टर्किस परिकार धेरैले रुचाउँछन्। टर्कीको यात्रा गर्न  ९० देखि १ लाख १० हजार रुपैंयाँ छुट्याउनु राम्रो हुन्छ। यति पैसाले ४ रात, ५ दिन बस्न, खान र हवाई टिकट किन्न पुग्छ।

दुबई

दुबई काम गर्न मात्र होइन घुम्नका लागि पनि राम्रो गन्तव्य हो। सेभेन स्टार होटल बुर्ज अल अरब दुबईको प्रमुख आकर्षण हो, जुन होटलमा  हेलिकप्टर अवतरण गर्न सक्छ। यहाँ लन्च, डिनर गर्न पनि पहिले नै बुकिङ गर्नुपर्छ। त्यस्तै संसारको सबैभन्दा अग्लो बुर्ज खलिफा महल अर्को  आकर्षण हो। टाढाबाट हेर्दा हातजस्तो देखिने यहाँका पाम टापु, समुद्री किनार एवं सपिङ मलले जोकोहीलाई लोभ्याउँछन्। यहाँ डेजर्ट सफारी  जानुको मज्जै बेग्लै छ।

ठूलो गाडी मरुभूमिमा तीव्र गतिमा कुद्दा लड्ला जस्तो हुन्छ तर केही हुँदैन। यहाँ ५ दिनको समय मिलाएर जानु राम्रो हुन्छ। क्रुज मिलमा  गएर राति डिनर गर्दै डान्स एवं जादु हेर्दा ४ घन्टा बितेको पत्तै हुँदैन। पटक-पटक दुबई पुगिरहने सुविद श्रेष्ठ त्यहाँ पाइने सस्ता अनि राम्रा  पहिरन किन्न मन पराउँछन्।

फ्रान्स

फ्रान्सको पेरिसस्थित संसारकै अग्लो इफेल टावर, मोनालिसाको पेन्टिङ भएको लुभ्र म्युजियम, पुराना घरहरू, अनगिन्ती म्युजियम, पुराना  लाइब्रेरीहरू, चिडियाखाना हेर्न लायक छन्। यहाँका  पुराना र आधुनिक दुवै खालका अन्डरग्राउन्ड मेट्रो, रेल्वे स्टेसन दोस्रो विश्वयुद्धअघिकै हो।  त्यस्तै लिओं अर्को रमणीय सहर हो। यहाँ पुराना चर्चहरू, गोल्डेन गेट भएको गार्डेन, रोन र सोन ठूला नदी, व्यवस्थित रेल्वे स्टेसन तथा  आधुनिक घरहरू हेर्न सकिन्छ। मक्सेल सहरका ठूला पानी जहाजहरू, समुद्री प्राणीहरू राखिएको चिडियाखाना हेर्नु र समुद्री टापुमा होलिडे  मनाउनुको मज्जा बेग्लै छ।

स्वीट्जरल्यान्ड

विश्वका ३५ देश घुमेका ट्रेकिङ व्यवसायी पिनुरी शेर्पालाई स्वीट्जरल्यान्डले मोहनी लगायो। उनले १६ पटक स्वीट्जरल्यान्डको भ्रमण  गरिसकेका छन्। झन्डै नेपालजस्तै भौगोलिक बनावट भएको स्वीट्जरल्यान्डमा त्यहाँको विकास हेर्ने हो भने जोकोही चकित हुन्छन्। माउन्ट  आइगडजस्ता अग्ला-अग्ला पहाडमा चल्ने टे्रन, पहाडका टुप्पामा चल्ने केवलकार, पहाडभित्र सुरुङ खनेर बनाइएका रेल , गाडी  कुद्ने  बाटाहरू, एउटा पहाडको खोलालाई अर्को ठाउँमा खसाएर निकालिएको बिजुली हेर्न लायक छन्। पिनुरीको अनुभवमा यहाँ सहर भन्दा गाउँ  बढी विकसित छन्। पुराना सहर भाजिल, जुरिचका साथै अन्तर्राष्टिय सहर जेनेभा पनि घुम्नैपर्ने ठाउँ हुन्। जेनेभामा जेनेभा लेक, रोलेक्स  घडीको फ्याक्ट्री, ठूला- ठूला बैंक एवं अन्तर्राष्ट्रिय कार्यालयका साथै प्रशस्त म्युजियम हेर्न सकिन्छ। यहाँका स्वीस घडी, नाइफ तथा चकलेट  संसारप्रसिद्ध छन्। संघीय राज्य व्यवस्था भएकाले शासनको अधिकार जनतामै निहित छ। परिश्रमी, इमानदार एवं अनुशासित जनता भएकै  कारण यस्तो विकास सम्भव भएको पिनुरी बताउँछन्।

जर्मनी

जर्मनीका प्रमुख सहरहरू म्युनिख, फ्यांकर्फट आदि घुम्न लायक छन्। कोलोनस्थित संसारको सबैभन्दा पुरानो चर्च, ह्याम्बर्गस्थित संसारकै  पुरानो बियर कम्पनी, बोनस्थित संसारको सबैभन्दा अग्लो हाइवे ब्रिज तथा त्यहाँका आधुनिक ठूल्ठूला फ्याक्टी्रहरू हेर्न लायक छन्। पुरानो  सहर ह्याम्बर्गका म्युजियम, गार्डेन, नाटक घरहरू, युनिभर्सिटी, स्कुल तथा कलेजहरूमा पुग्दा प्रभावित नहुने कमै होलान्। पुरानो र ठूलो सहर  बर्लिनमा आफ्नै प्रकारका ऐतिहासिक स्थलहरू छन्। युद्धको झझल्को दिने बर्लिन वाल हेर्न लायक छ। यो सहर एकै पटकमा घुमेर सकिँदैन।

यसपालिको दसैंतिहारलाई लक्षित गरेर एस ट्राभलले नयाँ योजना ल्याएको छ। विदेश घुमघामको प्याकेज खरिद गर्दा स्वदेश पनि घुम्न पाइने  यो प्याकेजले धेरैलाई आकषिर्त गर्ने अपेक्षा एस ट्राभलको छ। ट्राभलको क्षेत्रमा यो नौलो खालको प्रयोग हो। एउटै प्याकेजमा स्वदेश तथा  विदेशको भ्रमण गर्न पाउँदा घुमघामप्रति चासो राख्नेहरूलाई फाइदा पुग्ने नै भयो। स्वदेशको पर्यटनको प्रबर्द्धन गर्न यस्तो खालको प्याकेज  ल्याइएको एस ट्राभलकी सञ्चार अधिकृत सदीक्षा श्रेष्ठले बताइन्।