Himgyap to direct Rekha Thapa’s ‘Kali’

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 01-02-2013-05-2008

0

In a press meet held in New York, USA, Rekha Thapa had announced that her upcoming movie ‘Kali’ will be directed by Himgyap Lama, Tasi. Actress Gauri Malla was also present in the press meet.

Rekha’s initial plan was to direct the movie herself but, after meeting Himgyap and being impressed by his talent she rekha meet the press usadecided to take him as the director. The movie ‘Kali’ will be produced by Rekha Films with investment of some NRN living in the USA. The movie is scheduled to start shooting in May. The story of the movie is written by singer and actor Yash Kumar and the script is written by Ashwini Koirala. The script writing of the movie based on a male prostitute is still going on.

Himgyap is known for directing and producing short films and documentaries. In addition to Rekha’s film Himgyap is also doing Nawal Khadka’s ‘Bhimdutt’ and ‘Simal Ko Phool’.

Rekha is currently in USA to participate in 16 different cultural programs under ‘Namaste America 2′.

Source :  http://xnepali.net/movies/himgyap-to-direct-rekha-thapas-kali/

सुन्दरीहरूको मेला

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 02-11-2012-05-2008

0

पोखरा – लेकसाइडस्थित् टेम्पल ट्री  रिसोर्ट पोखराका सुन्दरीहरूले झकिझकाउ भयो । असोजको अन्तिम साता त्यो सुन्दर वातावरणको सर्न्दर्भ अलि फरक थियो । पोखरामा उत्पादन हुने औद्योगिक खाद्यवस्तुहरूमा स्थानीय मोडलहरूले नै अवसर पाउनुपर्छ  भन्ने एउटै आवाज थियो उनीहरूको । उक्त बाक्लो भीडमा सन् २०१० देखी २०१२ सम्मका मिस क्षेत्री, मिस मगर, मिस नेवा, मिस तमु स्यो, मिस पोखरा, मिस फेरी, मिसेस नेवा, मिसेज तिज र ह्यान्डसम पोखराका विजेताहरूको उपस्थित थियो ।
जक्सन डट्कम्, रिबर्थ इभेन्ट म्यानेजमेन्ट तथा आशिष श्रेष्ठले जुटाएको त्यो अवसरमा मोडलहरूले पोखराका व्यापारीहरूसग विविध विषयमा अन्तर्क्रिया गरे । ‘व्यवसायीहरूले अत्यन्तै सकारात्मक रूपमा लिनुभयो,’ सन् २०१२ कि मिसेज तीज रोजी श्रेष्ठले सुनाइन्, ‘राम्रो अवसरको सिर्जना भयो ।’ ब्लु कार्पेट शिर्षकमा गरिएको उक्त कार्यक्रम कोरियोग्राफी अरुण गिरी तथा प्रदीप रञ्जितले गरेका थिए ।

जम्काभेट- सिद्धार्थ भट्टराई (निर्देशक सिनेमाटोग्राफर)

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 14-10-2012-05-2008

0

काठमाडौंका सिद्धार्थ भट्टराईले उपहारका रूपमा धेरै पटक पुस्तक पाए। पहिलो पटक द गुड अर्थ उपन्यास पढेको सम्झने सिद्धार्थ जासुसी र  अपराधसम्बन्धी उपन्यासमा बढी रुचि राख्छन्। ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका सिद्धार्थ मनमनै  सोच्थे, मैले पढेका यी कुरालाई चलचित्रको पर्दामा उतार्न पाए गजब हुन्थ्यो। त्यही चाहनाले पछि उनी अमेरिका पुगे। मिनिसोटा स्टेट युनिभसिर् टी मुरहेडमा फिल्म स्टडिजसम्बन्धी अध्ययन गरेका सिद्धार्थको चाहना कालान्तरमा पूरा भयो। उनले अमेरिकामै निर्मित लास्ट समर फर  व्वाइज मा सिनेमाटोग्राफर तथा चिफ असिस्टेन्टको अनुभव बटुले। सात वर्ष लामो अमेरिका बसाइपछि उनी स्वदेश फर्किए। प्रदर्शनका क्रममा  रहेको चलचित्र मसानमा उनले स्टिल फोटोग्राफर एवं असिस्टेन्ट निर्देशकको भूमिका निर्वाह गरेका छन्। अन्य नाम नजुरेका केही चलचित्रको  काम पनि अघि बढाइरहेका सिद्धार्थसँग नरेन्द्र रौलेको जम्काभेटः

के सम्भाबना देखेर अमेरिकाबाट र्फकनुभयो ?

काम नै गर्ने हो भने नेपालमा जति सम्भावना अन्त कतै छैन। मानिसहरूले सजिलै पैसा कमाउन चाहेर मात्र हो, नत्र कडा मेहनत गर्ने हो  भने यहाँ प्रशस्तै सम्भावना छ। डकुमेन्टी्र र फिल्म बनाउन कसैले नछोएका धेरै विषय छन्। जस्तो- सामाजिक, सांस्कृतिक क्षेत्रमा बृहत्  विषयहरू छन्।

अमेरिकाले तपाईंलाई के सिकायो ?

वर्क हार्ड, वर्क स्मार्ट। काम सानो-ठूलो हुँदैन। काम जस्तोसुकै भए पनि सम्मानका साथ गर्नुपर्छ। कामप्रतिको मेरो दृष्टिकोण बदल्न सिकायो।

किन अमेरिकाले तपाईंलाई आकषिर्त गर्न सकेन ?

अमेरिकाको जीवनशैली यहाँ बसेर सोचेभन्दा फरक छ। त्यहाँको बसाइ एकदमै महँगो छ। जहिले पनि बाँच्नकै लागि संघर्ष गर्नुपर्छ। आधारभुत  आबश्यकताहरू पूरा गर्दौगर्दै सिर्जनात्मक काम गर्न समय नै मिल्दैन। अर्कातिर ठूलो पर्दाको सिनेमामा छिर्न कठिन छ। त्यो नेपालमा मात्र  सम्भब छ। फेरी म एकै ठाउँमा स्थिर भएर बस्न सक्दिन। जहाँ विषयबस्तु भेटिन्छ, म त्यही जान्छु।

कुन बेला जीवनले नयाँपन खोज्दो रहेछ ?

जब जीवन नीरस बन्न थाल्छ तब नयाँपन खोजिँदो रहेछ। अमेरिकामा मेरो दिनचर्या सधैं एउटै धारमा बग्यो। दुई-चार जना साथीभाइसँग  रमाइलो अनि सधैं काम, काम, काम। त्यहाँ बाँच्नका लागि संघर्ष नगरी सुखै छैन। सारा शक्ति त्यसमै खर्च हुने। त्यस्तो हुँदा फरक काम गर्न  मन लाग्दो रहेछ।

नेपालमा कस्तो चलचित्र बनाउन मन छ ?

प्रायः नेपाली चलचित्रमा मनोरञ्जन बढी हुन्छ। विषयवस्तुमा स्पष्टता भेटिँदैन, तर मलाई मान्छेको जीवनशैलीमा आधारित चलचित्र बनाउन  मन छ, जुन सत्य होस् र त्यसबाट केही सिक्न सकियोस्।

सम्भावनाको देशबाट नेपाल र्फकंदा पछुतो त छैन ?

अँ, काठमाडौं एयरपोर्टमा ओर्लिएपछि भने त्यस्तो महसुस भयो। सात वर्षअघि म अमेरिका जाँदा जस्तो थियो फर्कने बेला एयरपोर्टको अवस्था  त्योभन्दा खराब थियो। किन फर्के हुँला जस्तो भयो। रिटर्न टिकट पनि ल्याउनुपर्ने रहेछ जस्तो लाग्यो। बिस्तारै बानी पर्दै गयो। चित्त बुझाउने  ठाउँहरू प्रशस्तै देखें। अहिले भने त्यस्तो लाग्दैन।

‘श्रीमान् भन्दा चलचित्र नजिक’ – प्रियंका कार्की (नायिका)

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 29-09-2012-05-2008

0

उमेरले पच्चीसौं वर्षमा उक्लँदै छिन्, प्रियंका कार्की। स्थापित नायिकाहरूका अगाडि उनको अनुभव र उमेर कमै होला, तर छोटो अवधिबीच  उनले ठूलो फड्को मारिसकेकी छिन्। झट्ट हेर्दा काली लाग्ने यी सुन्दरीले सन् २००५ मा मिस टिनको मुकुट पहिरिएपछि चर्चा बटुलिन्।  त्यही वर्ष मिस ट्यालेन्टको सेलुल्योइड कार्यक्रम चलाउँथिन्। अमेरिकाको नर्थ अलाबा युनिभर्सिर्टीमा अध्ययन गरेकी कार्कीले  कान्तिपुर टेलिभिजनकै घरबेटी बा सिरियलमा ६२ भागसम्म अभिनयसमेत गरिन्। यसबीच उनलाई थुप्रै म्युजिक भिडियोमा काम गर्ने अवसर  मिल्यो। अमेरिकामा बनेको, भुटानी शरणार्थीको कथा समेटिएको भुल्ने पो हो कि चलचित्रको निर्देशनसमेत भ्याइसकेकी प्रियंका नाच्न माहिर  छिन् नै, कोरियोग्राफीमा पनि सिपालु छिन्। यतिबेला चलचित्र कलिउडको सुटिङमा व्यस्त प्रियंकालाई चाँडै मेरो बेस्ट फ्रेन्ड, थ्री लभर्स  र  भिजिलान्तेमा प्रमुख नायिकाका रूपमा देख्न पाइनेछ। कलिउडको सुटिङपछि उनी चलचित्र धूवाँमा व्यस्त हुनेछिन्। नीलो रंगको गाउनमा  सजिएर चलचित्रको सुटिङका लागि नगरकोटतिर हुइँकिनुअघि प्रियंकासँग नरेन्द्र रौलेको जम्काभेटः

कत्तिको खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु। मन परेको काम गर्न पाइरहेकी छु। खुसी नहुने त कुरै छैन नि। फेरि म चलचित्र खेल्नकै लागि जन्मिएकी हुँ।

सबैभन्दा नजिक कसलाई मान्नुहुन्छ ?

चलचित्रलाई। किनभने यो मेरो नशा-नशामा बग्छ। सानैदेखि म नाच्न, नाटक खेल्न खुब मन पराउँथें। जीवनमा चलचित्र खेल्छु भन्ने गहिरो  चाहना पलाउँदै गयो, जुन रहर बिस्तारै एकपछि अर्को गर्दै पूरा हुँदैछ।

चलचित्रको अगाडि श्रीमान्लाई पनि त्यति नजिक महसुस गर्नुहुन्न ?

हो, गर्दिनँ। किनभने श्रीमान् भन्दा अगाडी चलचित्र मेरो जीवनमा आइसकेको थियो। ऊ त मेरो जीवनमा आएको जम्मा दुई वर्ष भयो। मैले  भने नि, म चलचित्रकै लागि जन्मिएकी हुँ।

श्रीमान् अमेरिकामै हुनुहुन्छ। तपाईं यता चलचित्रमा व्यस्त हुँदा कतिपयले तपाईंहरूको सम्बन्ध त्यति राम्रो छैन भनेर हल्ला चलाइरहेका छन्  नि ?

बजारमा चलेका सबै हल्ला पत्याउने हो भने त मान्छे पागल हुन्छ। त्यस्तो केही भैहाल्यो भने भन्नैपर्नेहरूलाई म भनुँला। फेरि आफूले जति  राम्रो काम गरे पनि नराम्रो भन्नेहरू त प्रशस्तै भेटिन्छन् नि। अरूले जेसुकै भनून्, म अहिले करियरमै जोड दिइरहेकी छु। हामीबीच त्यस्तो  नराम्रो छैन।

अनि महिला समलिंगीहरूसँग तपाईंको घनिष्ठ सम्बन्ध छ भन्ने सुनिन्छ। साँचो हो कि हल्ला मात्र ?

म जोकोहीसँग मिल्छु। महिला, पुरुष, समलिंगी भनेर छुट्याउदिनँ। मेरा साथीहरूको सर्कल ठूलो छ। जसले भेट्न चाहे पनि मसँग समय छैन  भनेर पन्छिने स्वभाव छैन। हाँसेर सबैसँग बोल्दैमा के जान्छ र ? फेरि जिन्दगी छोटो छ। किन कसैसँग शत्रुता गर्ने ? सबैसँग घुलमिल हुने  मेरो यही स्वाभावले यस्तो हल्ला चलेको हुनुपर्छ।

तपाईं अभिनीत चलचित्रहरू सार्बजनिक नहुँदै चर्चामा आइसक्नुभयो। कस्तो लाग्दैछ ?

चर्चामा आउनु त राम्रै कुरा हो, तर डर पनि उत्तिकै लागिरहेको छ। कतै दर्शकको माग पूरा गर्न सक्दिनँ कि जस्तो लागिरहन्छ।

‘भगवानले व्रत नबस पो भनेको हो कि ?’ – शर्मिला मल्ल (नायिका)

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 14-09-2012-05-2008

0

तीजले झपक्कै छोपिसकेको छ। महिनौंदेखी टेलिभिजन र एफएम रेडियोमा तीजका गीतहरू घन्किन थालिसकेका छन्। टोलटोलका तीज कायर् क्रमहरूमा झिलिमिली देखिन्छ। रातो पहिरन, हरिया चुरा र गरगहनामा सजिएका थुप्रै नारी दिल खोलेर नाचगानमा डुबेका छन्। नेपाली नारीहरूको महान् चाड तीज बडादसैंभन्दा ठूलो चाड मानिन्छ। विवाहित नारीहरू आफ्ना श्रीमान्को दीर्घायुका लागि र अविवाहितहरू राम्रो श्रीमान् पाऊँ भनेर व्रत लिन्छन्, तर यो भीडमा केही यस्ता नारी पनि छन् जो व्रत लिँदैनन्। मनमनै श्रीमान्को दीर्घायु, प्रगति एवं सुख-समृद्धिको कामना गर्छन्। झन्डै ६० वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका शर्मिला मल्ल व्रत नबस्ने महिलामध्ये एक हुन्। उनी भोकभोकै व्रत लिनु त्यति उचित नहुने धारणा राख्छिन्। कुनै काम गर्दा मन र आत्मैदेखि गर्नुपर्छ भन्ने सोच छ मल्लको। तीजको सेरोफेरोमा शर्मिला मल्लसँग साप्ताहिकका नरेन्द्र रौलेको जम्काभेटः

तीजले कत्तिको छोएको छ ?

सबैलाई तीज लागिसक्यो, मलाई भने यसको छोएकै छैन। नातेदार तथा साथीभाइहरूले बोलाउन थालिसके, तर खै किन हो, तीज आएको महसुस नै भएको छैन। हुन त यो मेरो व्यक्तिगत कुरा हो।

भनेपछि तीज मनाउने त्यति जाँगर छैन ?

मनाउन त मनाउने। फुपू, मामाका छोरी एवं आफन्तहरूलाई घरमै बोलाउने, असोज १ गते दर खाँदै रमाइलो गर्ने सोच छ। तीजका केही कार्यक्रममा पनि जान्छु होला।

तीजमा व्रत लिनुहुन्न, किन होला ?

जब म व्रत बस्छु, एकदमै भोक लाग्छ। केही खाऊँखाऊँ लाग्छ। भगवानले व्रत नबस पो भनेको हो कि जस्तो लाग्छ। सुरुसुरुमा त तीजमा व्रत नबस्दा श्रीमान् रिसाउनु पो हुन्छ कि भन्ने लाग्थ्यो। मैले उहाँसँग सोधें, सकिएन भने नबस न त भन्नुभयो। त्यसपछि ढुक्क भएँ। मैले व्रत बस्न छाडेको दुई वर्ष भयो। फेरि ईश्वर मान्ने कि नमान्ने भन्ने कुरा आफ्नो आस्था र विश्वासको कुरा न हो। जुन कुरा आफ्नो आत्माबाटै महसुस हुँदैन, त्यो कुरा किन गर्ने ?

जीवनमा पहिले कसैका लागि व्रत बस्नुभयो ?

स्कुल, कलेजमा पढ्दा बसें, भाउजूको लहलहैमा लागेर। त्यो जानेर बुझेर गरिएको काम थिएन। अरू राम्रो पति पाऊँ भनेर व्रत लिन्थे, मचाहिँ देखासिकीमा बसेकी थिएँ। म १५ वर्षकै उमेरमा विवाह-बन्धनमा बाँधिएँ। राम्रो पति पाऊँ भन्ने कुरा मैले सोच्नै परेन।

महिलाहरू व्रत बस्दा पुरुषलाई फाइदा पुग्छ होला ?

विश्वासको कुरा न हो। भगवान छन् कि छैनन्, कसलाई थाहा ? सबैको आ-आफ्नो विचार होला। व्रत बस्ने कुरा फाइदा, बेफाइदाभन्दा पनि भावनाको कुरा हो। यसले पुरुषलाई भन्दा महिलालाई नै फाइदा पुग्छ जस्तो लाग्छ।

भड्किलो तीज मनाउनेहरूलाई के भन्नुहुन्छ ?

यो नकारात्मक प्रवृत्ति हो। चाड मन र आत्माले मनाउनुपर्ने हो तर यहाँ त भौतिक प्रतिस्पर्धा भैरहेको छ। अरूको लहलहैमा लाग्नु हुँदैन। महँगा गहना, पहिरन लगाउने यस्तो प्रतिस्पर्धा उचित होइन। कतिले अरूको मागेर फेसन गर्छन्। यो त केवल ढोंग हो, पाप हो। कसैको कुभलो नचिताउनु नै सच्चा व्रत हो।

जम्काभेट – झरना थापा (नायिका)

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 31-08-2012-05-2008

0

प्युठानमा जन्मिएकी, दाङमा हुर्किएकी अनि राजधानीमा अध्ययन गरेकी झरना राजभण्डारी कुनै बेला मनमनै सपना बुन्थिन्, ‘भविष्यमा बैंकमा जागिर खान्छु। चिटिक्क परेको ड्रेसमा सजिन्छु। समयमै अफिस जान्छु र समयमै घर फर्कन्छु।’ बैंसालु उमेरको खुड्किला चढ्ने क्रममा  झरनाले एउटा सामान्य जीवन जिउने कल्पना गरेकी थिइन्। बागबजारको पद्मकन्या क्याम्पसमा जब कलेजका दिनहरू सुरु भए, उनले  डान्सलाई आफ्नो अध्ययनको विषय बनाइन्। झरना कलेजमा डान्स र म्युजिकसम्बन्धी सबैजसो कार्यक्रममा अघि सर्थिन्। प्रथम स्थान हात  पारेपछि उनलाई तत्कालीन राजा वीरेन्द्रबाट सम्मान प्राप्त भयो। एकचोटी होइन, तीनचोटि। राजधानीको रिड्स क्याफेमा कुराकानी भैरहँदा  राजा वीरेन्द्रले ‘स्याबास’ भनेको उनले बारम्बार स्मरण गरिन्। ‘जब कानमा त्यो शब्द गुन्जिन्छ, कुनै ठूलै काम गरें कि जस्तो लाग्छ,’ झरनाले  बताइन्। पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा एवं स्वर्गीय गिरिजाप्रसाद कोइरालाको हातबाट सम्मानित हुँदा उनमा आत्मविश्वास थपियो। सबै तिरबाट उनको नृत्यको प्रशंसा हुन थाल्यो। साथीभाइहरूले चलचित्रमा अभिनय गर्न सल्लाह दिन थाले। नभन्दै उनलाई चलचित्र दाइजोमा काम  गर्ने अफर आयो। १७ वर्षे उमेरमा पाइदा टेक्दा सुनिलकुमार थापासँग विवाह-बन्धनमा बाँधिएपछि झरना राजभण्डारीको पहिचान फेरियो।  आफ्नै प्रोडक्सन हाउस, झरना मोसन पिक्चरको ब्यानरमा चलचित्र धर्मसंकटबाट उनको चलचित्र यात्रा अघि बढ्यो। झरनाको आफ्नै प्रो डक्सन हाउसबाट निर्मित चलचित्र फेसबुक आगामी भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ। नायिका झरनासँग साप्ताहिकका नरेन्द्र रौलेको  जम्काभेटः

चलचित्रको नाम फेसबुक कसरी जुर्‍यो ?

फेसबुक अहिले एकदमै लोकप्रिय छ। यही लोकप्रियताले गर्दा चलचित्रको नाम पनि फेसबुक राख्यौं। फेसबुक सन्देशमूलक चलचित्र हो।

तपाईं आफैं कत्तिको फेसबुक चलाउनुहुन्छ ?

अधिकतम, दैनिक कम्तीमा ३ घण्टा त फेसबुकमै बिताउँछु। आफ्ना साथीसंगी, परिवार र बाहिरी दुनियासँग नजिक हुने माध्यम भनेकै  फेसबुक रहेछ। मेरा चारवटा फेसबुक एकाउन्ट छन्, ती सबै सक्कली हुन्। एउटा फ्यान पेज पनि छ। नियमित अपडेट गर्छु। प्रायःजसो प्रो फाइल तस्बिर फेरिरहन्छु। यदाकदा अनलाइनमा आउनेहरूसँग च्याट पनि गर्छु।

फेसबुक चलाउँदाको सम्झन लायक कुनै घटना ?

दर्शकहरूबाट प्रेम प्रस्ताव आउनु, आई लभ यु भन्नु त सामान्य नै भयो। यस्तो जमात निकै ठूलो छ। एकपटक थाहै नपाई म कसैको गहिरो  प्रेममा परिसकेछु। गफ त धेरै जनासँग हुन्थ्यो। खासै अनुभूति हुँदैनथ्यो तर लन्डनमा बस्ने एक जनासँग माया बसेको अनुभूति भयो। प्रत्यक्ष  कहिल्यै भेटिएन तर अनलाइनमा प्रायःजसो कुरा भैरहन्थ्यो। जब श्रीमान्ले यो कुरा थाहा पाउनुभयो। हाँसेरै भन्नुभयो, ‘तिमी आफैं विचार गर।’  अनि म सोच्न बाध्य भएँ। त्यसभन्दा अघि बढ्नु उचित हुँदैन जस्तो लाग्यो।

१७ वर्षमै लगनगाँठो कस्नुभयो। कहिलेकाहीं चाँडै विवाह गरेछु जस्तो लाग्दैन ?

(लामो हाँसो) यदाकदा लाग्छ। मैले चिनेको तीन महिनामै उहाँसँग विवाह भयो। राम्रोसँग चिन्ने मौका पनि जुरेन। मैले घरमा पनि थाहा दिइनँ।  कति चाँडो विवाह भयो जस्तो लाग्छ तर म कत्ति दुखी छैन। मलाई बुझ्ने श्रीमान् पाएको छु। उहाँकै कारण अहिले म यो स्थानसम्म आइपुगें,  आफ्नै नाम छ, पहिचान छ।

नायिकाहरूको दौडमा आफू कहाँ छु जस्तो लाग्छ ?

मेरो आफ्नो बेग्लै स्थान छ। म रातारात चर्चामा आउने अनि एक्कासि हराउनेहरूभन्दा फरक छु। फेरि चर्चामा आउन जस्तो पायो त्यस्तो  चलचित्रमा काम पनि गर्दिनँ। अहिलेसम्म अभिनय गरेका चलचित्रमा मेरो विविधतापूर्ण भूमिका छ।

आफ्नो सौन्दर्यलाई कसरी जोगाइराख्नुभएको छ ?

म जहिले पनि मुस्कुराइरहन्छु, खुसि हुन्छु अनि अरूलाई पनि खुसी बाँड्छु। सकारात्मक सोच राख्छु। कसैले मेरा बारेमा नराम्रो कुरा गरे भने  पनि हाँसेरै टारिदिन्छु। यो नै मेरो सौन्दर्यको रहस्य हो।  त्यसबाहेक खानपान, डाइट एवं शारीरिक अभ्यासमा पनि सचेत छु।

जम्काभेट : दयाहाङ राई, कलाकार

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 10-08-2012-05-2008

0

दयाहाङ राई भोजपुरको खावाबाट अध्ययनका लागि ०५८ मा राजधानी भित्रिए। आमसञ्चार तथा पत्रकारिता पढ्न रत्नराज्यलक्ष्मी क्याम्पस  पुगेका राईको इच्छा अधुरै रह्यो। किनभने त्यसबेला उनले भोजपुर बहुमुखी क्याम्पसबाट आईए उत्तीर्ण गरिसकेका थिएनन्। विस्तारै उनी  नाटकतिर मोडिए। राष्ट्रिय नाँचघरमा नाटकसम्बन्धी एक वर्कसपमा भाग लिएपछि उनले वृद्धको चरित्रमा अभिनय गरे। धेरैले नाटकमा उनको  भूमिका रुचाए। त्यसपछि उनलाई टेलिसिरियल दलनमा अभिनय गर्ने प्रस्ताव आयो। उनी एक्टर्स स्टुडियोमा आबद्ध हुँदै नाटकमा पनि सक्रिय  रहे। त्यही बेला उनलाई चलचित्रबाट अभिनय गर्ने प्रस्ताव आयो। अनागरिकमा पहिलो पटक अभिनय गर्ने अवसर पाएका राई दासढुंगाबाट  चर्चामा आए। हाईवे, मेरो लभ स्टोरी, आचार्य उनले अभिनय गरेका केही चलचित्र हुन् । लुटको चर्चापछि  हाल बधशालाको सुटिङमा ब्यस्त  राईसँग साप्ताहिकका नरेन्द्र रौले को जम्काभेटः

के मा व्यस्त हुनुहुन्छ ?

नयाँ चलचित्र बधशालाको सुटिङ मा व्यस्त छु भने ड्रम पनि सिक्दैछु। बाँकी समय भेटघाटमै व्यस्त हुन्छु।

एकपछि अर्को चलचित्रमा सफलता पाउनुभयो। प्रेम प्रस्ताव त धेरै आउँछन् होला होइन ?

म विवाहित हुँ। म कसैसँग कुरा लुकाउँदिन। यो यथार्थ बताएपछि प्रस्तावहरू खासै आउँदैनन्। मलाई धेरै जसो युवतीले दाइका रूपमा चिन्छन्।  फेरि झुटो बोल्नु, नकारात्मक सोच्नु एक प्रकारको रोग हो।

लामो समय नाटकमा अभिनय गरेपछि फिल्ममा प्रवेश पाउनुभयो। कुनमा अभिनय गर्न सजिलो ?

नाटकमा सजिलो। फिल्ममा अभिनय गर्नु चुनौतिपूर्ण र अफ्ठ्यारो हुन्छ। कुनै नयाँ पात्रको अभिनय गर्ने जिम्मेवारी आयो भने पर्याप्त तयारी  गर्नुपर्छ। जुन पात्रको अभिनय गर्नुपर्ने हो, त्यसको शारीरिक बनावट, बोलीचाली, व्यवहार ठ्याक्कै त्यस्तै उतार्नुपर्छ। त्यसका लागी समय  चाहिन्छ। परिश्रम पनि प्रशस्त गर्नुपर्छ।

अहिलेसम्म अभिनय गरेका चलचित्रमध्ये कुन भूमिकाले सन्तुष्टि दियो ?

दासढुंगामा अभिनय गरेको अमर लामाको भूमिकाले निकै सन्तुष्टि दियो। मेरा लागि त्यो चुनौतीपूर्ण र ऐतिहासिक काम थियो। त्यसका लागि  मैले प्रसस्त परिश्रम गर्नुपर्‍यो। सम्भवतः त्यो भूमिका नपाइदिएको भए म यो स्थानमा हुन्नथे कि जस्तो पनि लाग्छ।

चलचित्र र नाटकमा लागेर जीविकोपार्जन गर्न कत्तिको सहज छ ?

यसमा भयंकर सम्भावना छ। पारिश्रमिक राम्रो छ। बाँच्न गाह्रो छैन तर घर, गाडी तथा जग्गा किन्न र मस्ति गर्न भने सकिँदैन।

कुन कुरामा लाज लाग्छ ?

फोटो खिचाउन एकदमै लाज लाग्छ। म क्यामेरा फेस गर्न सक्दिनँ। चर्चित हुन  त सबै रुचाउँछन् तर मलाई चर्चित व्यक्तिका रूपमा  नचिनिदिए हुन्थ्यो जस्तो लाग्छ। त्यो मेरा लागि फेस गर्न अफ्ठ्यारो कुरा हो।

जम्काभेट – निर्मल शर्मा ‘गैडा’ (हास्यकलाकार)

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 04-08-2012-05-2008

0

नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको हास्यश्रृंखला तीतो सत्यका निर्मल शर्मा ‘गैंडा’ लाई नचिन्ने कमै होलान्। १० वर्षअघि तीतो सत्यमा  हाकिमको भूमिका पाएपछि उनी दर्शकमाझ परिचित हुन थालेका हुन्। उनले हालसम्म ५० वटाभन्दा बढी ठूला चलचित्र, ३० वटा विज्ञापन र  त्यति नै श्रृंखलामा अभिनय गरिसकेका छन्। सन् १९८४ तिर पुना, भारतमा पढ्दाताका चलचित्रको संसारलाई नजिकबाट नियाल्ने अवसर  पाएका शर्माले रहरैरहरले कलाकारितामा लागेको बताए। कुराकानीका क्रममा उनले आफूलाई ‘पाँचवटा चलचित्रको फ्लप निर्माता’ भन्न पनि  हिचकिचाएनन्। तीतो सत्यबाहेक शर्माले आमाको माया, पूजा, कथा सुखदुखको आदि एक दर्जन टेलिश्रृंखलामा अभिनय गरेका छन्। गाइजात्राको सन्दर्भमा शर्मासँग नरेन्द्र रौले को जम्काभेट :

गाईजात्राको प्रस्तुति कहाँ-कहाँ प्रदर्शन हुँदैछ ?

यसपालि प्रज्ञाभवन, राष्ट्रिय नाचघर र सभागृहमा देखाउँदैछौं। गाईजात्रा १७ दिनसम्म चल्नेछ।

देश पीडाबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा दर्शकहरूलाई के हँसाउन सक्नुहोला र ?

सान्दर्भिक विषयहरू समेट्न सकियो भने जति नै तनाव भए पनि दर्शकहरूले रुचाइहाल्नु हुन्छ। हामी समय सापेक्ष, वर्तमान परिवेशसँग  सुहाउँदा प्रस्तुति दिने योजनामा छौं। आशा छ दर्शकहरूले अवश्य रुचाउनु हुनेछ।

तपाईंले कहिलेदेखि चर्चा कमाउनुभयो ?

१० वर्षअघि तीतो सत्यमा अभिनय गरेपछि। त्यसका लागि म दीपक र दीपालाई हृदयदेखि नै धन्यवाद दिन्छु। उहाँहरूले खुब मेहनत गरेर  मलाई बनाउनुभयो। मलाई हाकिमको भूमिका दिनुभयो। अनि म गैंडाका रूपमा परिचित भएँ।

तपाईं कस्तो अभिनय गर्न मन पराउनुहुन्छ ?

खासमा म कुशल कलाकार होइन। मलाई यसो भन्न कत्ति लाज लाग्दैन। म कसरी हिट भए, आफैंलाई थाहा छैन। आफूलाई देखेर कहिलेकाहीँ  म आफैं छक्क पर्छु।

यसपालिको गाईजात्रामा कस्ता-कस्ता विषय समेटिएका छन् ?

तिनै त हुन्, चलचित्र, राजनीति, विकृति तथा विसंगतिका कुरा।

राजनीतिमा कत्तिको रुचि छ ? मन पर्ने कुनै नेता छन् ?

कुनै पनि चेतनशील नागरिकले राजनीतिबाट पन्छिन मिल्दैन, बुझ्नैपर्छ। कुनै दिन म पनि राजनीति गरुँला भन्ने लाग्छ तर भ्रष्टाचारको  अभियोग लागेर जेल जानलाई होइन केही राम्रो काम गर्नका लागि। मलाई युवा नेताहरू मन पर्छन्। विशेषतः गोकर्ण विष्ट, गगन थापा र लेखनाथ न्यौपाने।

‘शहिद बन्न सजिलो, बाच्न भने गाह्रो’ – चट्याङ मास्टर (कृष्णमुरारि गौतम) हास्यब्यंग्यकार

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 03-08-2012-05-2008

0

नरेन्द्र रौले

नेपालको राजनीति बुझिनसक्नुको छ । विश्वका ५ वटा देशका ७ वटा विश्वविद्यालयमा अध्ययन गरेका हास्यब्यंग्यकार चट्याङ मास्टरले त्यस तर्फ इंगित गर्दै भने,  ’सबै देशको राजनीति बुझियो । तर नेपालको बुझिएन ।’ उनले ब्यंग्य गरे, ‘कि त म स्वाँठ हुनुपर्‍यो । कि त त्यहा केही छदै छैन त के बुझ्नु ?’ मुलुकमा बेथिति, अराजकता र दण्डहिनता बढ्दो छ । कानुन भन्दा माथी छन्, सिमित ब्यक्ति । उनीहरुकै बोलवाला छ । सिंगो देश गाईजात्रामय छ ।

‘हो, त्यसैले मैले हास्यब्यंग्य छाडेर अर्कै बाटोतिर लागें ।’ एक मध्य
हान्ह चट्याङ मास्टर सुनाए । दुई ठाउबाट हारेका ब्यक्ति प्रधानमन्त्रि बन्दा, मुलुकको हित र उन्न
तिका लागी युद्धमा होमिएका नेता पजेरो र महलमा रमाउदा, जिवन नै राष्ट्रका लागी समर्पित गरेकाहरु सानोतिनो स्वार्थमा अल्भिmदा, आफ्नो निर्णयमा अडिग रहनुभन्दा विदेसीहरुको इसारामा चल्दा चट्याङ मास्टरलाई गाईजात्रा भन्दा कम्ति लागेन । एक मध्यान्ह उनले भने, ‘बुद्धिमानले नया काम गर्छ । सामान्य मान्छेले मात्र अरु हिंडेको बाटोमा हिंड्छन् ।’ हाल बृद्धबृद्धाहरुबारे अध्ययन, अनुसन्धान गर्ने, किताब लेख्ने काममा उनी सक्रिय छन् ।
चट्याङ मास्टरका रुपमा परिचित बन्नु अघि उनी बज्रपाणिका नामले लेख्थे । ठूला ब्यक्तिका लेखहरु मात्र छापिन्छन् होला भन्ने लागिरहेका बेला उनका लेखहरु जब छापिन थाले । उनमा खुसि बढ्दै गयो । देशान्तर साप्ताहिकमा जब पञ्चायतबिरोधी, तत्कालिन राजकुमार दिपेन्द्रबारे उनका लेख छापिए तत्कालिन सरकारले गिरफ्तार गर्न खोज्यो । पञ्चायतकाल बिरुद्ध ब्यंग्य लेखेको अभियोगमा उनलाई प्रहरीले कुट्ने, पक्राउ गर्ने प्रयास गर्‍यो । त्यसपछि एक जना साथीले उनलाई नया नाम जुर्‍याउन सल्लाह दिए । अनि बज्रपाणिबाट उनी चट्याङ मास्टर बने । त्यसपछि चट्याङ मास्टरको बलियो पहिचान बन्यो । लेखाईको शैली पनि फेरियो । पहिले गद्यमा लेख्ने मानिस अब पद्यमा लेख्न थाले । उनका ब्यंग्यात्मक लेखहरु समकालिन, पुर्नजागरण, गोरखापत्र, द राइजिङ नेपाल, द काठमाडौं पोस्टहरुमा पढ्न आम पाठकहरु खुब रुचाउँथे । पञ्चायत ढलेर प्रजातन्त्र आयो । अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता पाएपछि धमाधम मिडियाहरु खुले । चट्याङ मास्टरलाई एकैसाथ छापा, रेडियो र टेलिभिजनमा काम गर्ने मौका मिल्यो । तीनवटै माध्यममा उनका लेख र प्रस्तुती सुन्न, हेर्न र पढ्न आम मानिसहरु पर्खेर बस्थे । ‘समयले मानिसलाई बनाउदो रहेछ ।’ उनले भने , ‘त्यो संगै मिहिनेत, र लगाब पनि चाहिन्छ ।’ चट्याङ मास्टरलाई मुलुकका थुप्रै ठाउमा स्टेज कार्यक्रममा लागी बोलाईयो । उनका लेखले पारिश्रमिक पनि राम्रो पाउन थाले । काममा एकलब्य भएर लागेपछि एक न एक दिन सफल भईने उनले अनुभब साँटे । ‘धैर्य राख्नुपर्छ । जीवनमा एकचोटी अबश्य छाल आउछ ।’ उनले भने ।
रहरले हास्यब्यंग्यतिर तानिएका चट्याङ मास्टर आइएस्सी पछि अध्ययनका लागी विदेश हानिए । अर्थशास्त्र, वैकल्पिक उर्जा, सिंचाई ब्यबस्थापन जस्ता विषयहरुमा उनले उच्च शिक्षा हासिल गरे । कहिल्यै पनि सरकारी जागिरको अनुभब नलिएका उनले उर्जा, सिंचाई तथा कृषि क्षेत्रको सल्लाहकार, विशेषज्ञ भएर ग्रैह सरकारी र दातृ संस्थाहरुमा काम गरे । आफ्नो प्रमुख पेशा र हास्यब्यंग्य बिच खासै फरक नभएको उनी बताउछन् । ‘प्रस्तुति फरक भएपनि आखिर दुबै क्षेत्रमा समाजकै विश्लेषण गर्ने हो । समाजकै ब्यबस्थापन गर्ने हो ।’ विश्वका ५० वटा मुलुकहरु घुम्दा सबै देशहरुका नेतासंग देश बनाउने योजना, सपना, लक्ष्य र सिद्धान्त भएको तर नेपालमा ठीक बिपरित भएकोमा उनले गुनासो पोखे । यहा त राजनीति चलिरहेको पनि भन्न नमिल्ने उनले तर्क सादै भने, ‘यहा त ब्यक्ति-ब्यक्ति र परिवार-परिवार बिच सामान्य स्वार्थका लागी लडाई भईरहेको छ । जो अगाडी आउछ उही नेता हुन्छ ।’
पहिले पहिलेका गाइजात्राहरुमा चट्याङ मास्टर स्टेजमा कविता सुनाउथे । पत्रिकाहरुमा ब्यंग्यात्मक कविता र लेखहरु लेख्थे । त्यो बेला प्रशस्त अभिब्यक्ति स्वतन्त्रता थियो । आमपाठक र दर्शकहरु निर्भयका साथ हाँस्न, बोल्न पाउँथे । तर यतिबेला बोल्न भन्दा पनि कसैबारे सोच्न पनि अफ्ठ्यारो अबस्था आएको उनी बताउछन् । ‘जनताहरु निसास्एिका छन्, सहाराबिहिन र अन्योलग्रस्त छन् ।’ उनले भने , ‘आफ्ना कुरा राख्न पनि अहिले त हुल चाहिन्छ, बिध्वंस मच्चाउनुपर्छ ।’ बर्तमान देशको अबस्था जति नै अन्योल र निरासा लाग्दो भएपनि आशा लाग्ने ठाउ रहेकोमा उनी विश्वस्त छन् । युवाहरुलाई ‘म पनि जिम्मेवार नागरिक हुँ’ भन्ने ठानेर जुर्मुराउन उनी प्रेरित गर्छन् । सबैले शहिद बन्ने कुरा गर्छन् । शहिद त अरुले बनाईदिने हो । बाचेर केही गर्न पो कठिन छ । मर्न र मार्न होईन समाज र देशका लागी फाईदा हुने काम गर्न सल्लाह दिन्छन् । हरेक नागरिकले आफ्नो जिम्मेवारी प्रति सचेत हुने हो देश बन्न धेरै नलाग्ने तर्क अघि सार्छन् । ‘संबिधान बनेर, देश बनेर हामी बन्ने होईनौ । हामी बनेपछि मात्र देश बनाउन सक्छौं । ‘

जम्काभेट – बद्रि अधिकारी

Posted by Narendra Raule | Posted in Entertainment | Posted on 27-07-2012-05-2008

0

रंगमञ्च, टेलिभिजन हुदै चलचित्रको दुनियामा प्रबेश गर्नुभएका बद्रि अधिकारीको आफ्नै पहिचान छ । उहाले हाल सम्म २५ वटा नाटकको लेखन, ५० वटामा निर्देशन र ६० वटामा अभिनय गर्नुभएको छ । नेपाली रंगमञ्चको स्वणिर्म काल (०३८ – ०४१ ) मा उहाले मुख्य भुमिका गरेका इडिपस, असारको एक दिन, कालिदास र न्यायप्रेमी जस्ता नाटकहरु हेर्न दर्शकहरु ओईरिन्थे । ति नाटकमा अभिनय गर्दा स्वयं  बद्रि आफैलाई बिर्सिदिनुहुन्थ्यो । उहालाई बेग्लै प्रकारको आनन्द मिल्थ्यो । नेपाल टेलिभिजनको स्थापना पछि शान्ति क्षेत्रको बालक, मौन आकाश र सिर्जनाका आँखाहरु जस्ता सिरियल तथा टेलिफिल्मको लेखन तथा निर्देशन गर्नुभयो । ०४६ तिर पञ्चायतको बिरोधमा उहाकै लेखन तथा निर्देशन प्रशारण भएको टेलिफिल्म कोरस ले चर्चा संगै केही अबरोधको सामना गर्नुपरेको थियो । पारिजातको साल्गीको बलात्कृत आँशु, रमेश विकलको अबिरल बग्छ इन्द्रावति र प्रदिप ज्ञवालीको सहयात्री कृतिमाथी उहाले बनाएका सिरियलहरुले प्रशंसा र चर्चा दुबै बटुले । उनै  बद्रि निर्माता रहनु भएको चलचित्र ज्यान हाजिर छ साउन ५ मा रिलिज भएको छ । उहासंग साप्ताहिकका नरेन्द्र रौलेको जम्काभेट :

रंगकर्म, टेलिभिजन र चलचित्र तीनवटै क्षेत्रमा भिज्नुभयो । कुनमा बढी आनन्द लाग्यो ?

रंगकर्ममा । आफुलाई चिनाउदा पनि रंगकर्मी भनेरै चिनाउन चाहन्छु ।
पारिजात, रमेश विकल र प्रदिप ज्ञवालीका कृतीहरु माथी सिरियल बनाउनु भयो । यसका लागी किन पुस्तक नै छान्नुभयो ?

कृतिहरुले मलाई अति नै घच्घचाए । मलाई छोएपछि अरुलाई पनि छुन सक्छ भनेर सोचें । फेरी मैले खोजेको विषयबस्तु पहिले नै लेखिसकेको छ भने किन फेरी लेखिरहने ? त्यसकारण पुस्तकहरु माथी नै सिरियल बनाएँ । तर चुनौति हुदो रहेछ । राम्रो बनाउन सकिएन भने पुस्तक माथी नै प्रश्न उठ्छ । आम मानिसहरु कतै त्यो पुस्तकमा त्रुटि छ कि सोच्छन् ।
तपाई आफ्नो नाम भन्दा बढी छोरी केकी अधिकारीको नामबाट चिनिनुहुन्छ । कस्तो लाग्छ ?
म आफुलाई भाग्यमानि सम्भिmन्छु । गर्व लाग्छ । धेरै जसो सन्तानहरु बुबा, आमाको नामबाट चिनिन्छन् । तर म छोरीका नामले चिनिन्छु । उ पनि आफ्नै क्षमताले अघि बढेकि हो । बदि्र अधिकारीको छोरी भन्ने कुरा पनि धेरैले पछि मात्र थाह पाए ।
यति धेरै चलचित्रहरु प्रदर्शन भईरहेका छन् । तपाईको ज्यान हाजिर छ चलचित्र किन हेर्ने ? अरु भन्दा के कुरामा भिन्नै छ ?
यस चलचित्रका सबै नायक, नायिकाहरु युवाहरु छन् । त्यस्तै गीतकार र संगितकारहरु पनि युवा नै छन् । कथाबस्तु, त्यसको प्रस्तुति भिन्नै छ । दर्शकलाई नयापन दिन, वास्तविकताको नजिक पुग्न, पात्रहरुको भुमिकालाई न्याय दिन अधिकतम प्रयास गरिएको छ । युवा पुस्तालाई मनपर्ने विषयलाई स्वस्थ र शालिन ढंगमा पस्केका छौं । अर्को कुरा, अहिलेका अधिकांस चलचित्रहरु परिवारसंगै बसेर हेर्न सकिदैन । हामी यसमा पृथक छौं ।
आफै निर्माता रहेको रहनुभएको चलचित्रमा आफ्नै छोरीलाई किन स्थान दिनुभएन ?
यो प्रश्न सोध्ने तपाई ५६ औं ब्यक्ति हो । हो, यस चलचित्रमा टिनएजरको कहानि थियो । केकीलाई एकदमै सुहाउथ्यो । उसले खेलिदेओस् भन्ने चाहना त म मा थियो । ठीक त्यति नै बेला उनी अर्को फिल्ममा ब्यस्त थिईन् । समय नै मिलेन ।
अचेलका निर्माताहरु त सेक्स बिना फिल्मै चल्दैन कि जस्तो गर्छन् । तपाईको धारण के छ ?

चलचित्रमा सेक्सलाई बर्जित नै गर्नुपर्छ भन्ने त होईन । तर अहिले जुनप्रकारले विज्ञापन गर्न थालिएको छ, त्यो अस्वस्थ छ । यसले समाजमा विकृति, बिसंगति फैलाउनमा मद्दत पुर्‍याईरहेको छ । परिवारसंगै बसेर हेर्न मिल्ने खालको छैन । परिपक्व ब्यक्तिले सेक्सलाई फरक ढंगले चलचित्रमा प्रस्तुत गर्छ । अर्को कुरा पैसा कमाउन सेक्समा आधारित चलचित्र नै बनाउनुपर्छ भन्ने छैन । अरु नै पेशामा लागे हुन्छ ।