‘तुलसि गिरिले क्यामेरा मागेर लगे’ – दुर्गानाथ शर्मा (बरिष्ठ सञ्चारकर्मी)
Posted by Narendra Raule | Posted in literature | Posted on 18-05-2012-05-2008
0
नरेन्द्र रौले
‘तपाई दुर्गानाथ ज्यु हैन ?’ यस्सो चियाएर कतिले मलाई सोध्छन् । नया ठाउ पुग्दा वा अपरिचित ब्यक्तिसँग जम्काभेट हुँदा यसरी थुप्रै पटक मलाई सोधियो । अझै कतिले सोध्छन् पनि । त्यस क्षण बडा आनन्द मिल्छ । मैले चार दशक पत्रकारितामा खर्चिदा अहिले सम्म कमाएकै यहि इज्जत, प्रतिष्ठा र नाम त हो नि ।
एउटै ब्यक्तिलाई छापा, श्रब्य दृश्य र इलोक्ट्रोनिक माध्यमको अनुभब लिने मौका जुर्दैन । यस मामलामा भने म आफुलाई भाग्यमानि सम्भिmन्छु । तीन वटै सञ्चार माध्यममा रहेर मैले अनुभब संगाल्ने मौका पाएँ । गोरखापत्रमा १७ वर्ष, रेडियो नेपालमा १० वर्ष र नेपाल टेलिभिजनमा झण्डै २० वर्ष मेरा सुनौला दिनहरु ब्यतित भए । सबै माध्यमहरु भन्दा टेलिभिजनमै काम गर्न मजा लाग्यो । टेलिभिजनमा ग्ल्यामर छ । र, सबैले चिन्छन् पनि । टिभीमा काम गर्न बढि नै मिहिनेत चाहिन्छ । जुन काममा बढि मिहिनेत गरिन्छ, त्यसबाट सन्तुष्टि पनि ठूलै मिल्छ । मैले निरन्तर झण्डै २० वर्ष नेपाल टेलिभिजनबाट विश्व घटना कार्यक्रम चलाउदा यसले लोकपि्रयता कमायो । यो खुब रुचाईएको कार्यक्रमहरु मध्ये पर्छ । यस्तै मेरो अर्को कार्यक्रम कुराकानी पनि दर्शकहरुको रोजाईमा पथ्र्यो ।
राजा बीरेन्द्र र धेरै जसो प्रधानमन्त्रिहरुको विदेश भ्रमणका क्रममा रिर्पोटिङका लागि मलाई विदेश जाने अबसर मिल्यो । टेलिभिजनमा रहदा यो पनि ठूलो उपलब्धि ठान्छु । किनभने आफ्नै पैसामा यतिका मुलुक घुम्ने क्षमता म मा थिएन । विदेश भ्रमणमा जादा अनुभवि पत्रकारहरुसँग भेटले मलाई थप नया ज्ञान मिल्थ्यो । हामी बिच अनुभबहरु साँटासाँट हुन्थे । अनि त्यहाको प्रबिधिबारे थाह हुन्थ्यो । भ्रमणले मेरो पेशाका बारेमा बुझ्न अझ बढी सघायो । राजा र प्रधानमन्त्रिहरुको समाचार कभरेजमा हामी ब्यस्त हुन्थ्यौं । राती होटेलमा डिनर गर्न जादा डिनर नै सकिसकेको हुन्थ्यो । धेरैपटक फलफूल मात्र खाएर रात गुजारेको सम्झना छ । राजा बीरेन्द्र यो सुनेर हाँस्नुहुन्थ्यो । अरु भन्दा उनी प्रजातान्त्रिक लाग्थे । हरेक चोटीको भ्रमणमा, ‘कसरी समाचार पठाउदैछौ ?’ ‘समाचार पठाउन केहि समस्या छ कि ? बसाइ र खानपान कस्तो छ ?’ भनेर मलाई सोध्थे । सबैको ख्याल राख्थे । भेट्थे, कुराकानी गर्थे । यस्तै पुर्बराजा ज्ञानेन्द्रसँग दुई चोटी अन्र्तवार्ता गर्ने मौका मिल्यो । एकपटक अधिराजकुमार छदा, अर्कोचोटी राजा भएका बेला । महेन्द्र ट्रस्टले चितवनमा कार्यक्रम गरेका बेला पहिलो चोटी अन्र्तवार्ता गर्दा डराइ डराइ प्रश्न सोधेको थिएँ । उनले आधा घण्टाको समयमा बडो नम्र भएर चित्त बुझ्दो जवाफ दिएका थिए । राजा भएका बखत मलाई पहिलो चोटी ज्ञानेन्द्रले एक घण्टा अन्र्तवार्ता दिए । त्यसबेला यो अन्र्तवार्ताले चर्चा पाएको थियो । यस्तै भारतका तत्कालिन प्रधानमन्त्रि आई के गुजरालसँग दिल्लीमै गएर लिएको अन्र्तवार्ता अनि भारतका विदेश मन्त्रि जे एन दिक्षितसँग काठमाडौंमै लिएको अन्र्तवार्ताले पनि लोकपि्रयता कमायो । कति जनाले त्यो टेप मागेरै अन्र्तवार्ता सुनेका थिए ।
मेरो लामो समय टेलिभिजनमा बितेपनि सुरुवात गोरखापत्रबाट भएको थियो । आइएस्सीमा राम्रो नम्बर नआएपछि पत्रकारितातिर मेरो ध्यान मोडिएको थियो । सुरुमा विज्ञापन सुपरभाइजरका रुपमा मैले गोरखापत्र संस्थानमा जागिर सुरु गरें । पछि गोरखापत्रका सम्पादक गोपालप्रसाद भट्टराई (प्रम कृष्णप्रसाद भट्टराईका दाजु) ले तिमी राम्रो लेख्न सक्ने क्षमता भएको मान्छे सम्पादकिय बिभागमै आउ भनेपछि उपसम्पादकका रुपमा मैले काम थालें । प्रबिधिका हिसाबले साहै्र गाह्रो थियो त्यो बेलाको पत्रकारिता । अँध्यारो कोठा, चिसो भुँइ, बत्ति थिएन । एक एक वटा अक्षर टिपेर कम्पोज गर्नुपथ्र्यो । यो त सारै अमानविय कुरा भयो भनेर भारतदत्त कोइरालाले सुधार गर्नुभयो । बत्ति र रंगरोगन पाएपछि कोठा उज्यालो भयो । केही पछि मोनो टाइप र लाइनो टाइप मेसिन भित्रिदा काम गर्न अलिकति सहज भयो । नेपालमा फोटोग्राफि सेक्सनको सुरुवात पनि हामीबाटै भयो । गोपाल चित्रकार र मैले यो कामको थालनि गर्यौं । स्वीडेनबाट त्यसबेला २६ सय डलर पर्ने ह्याजल ब्लेट क्यामेरा मगायौं । बहुत राम्रो क्यामेरा थियो । म रिर्पोटिङ गर्थें, गोपाल फोटो खिच्थे । यसले गोरखापत्रको स्तर निकै चुलियो । तुलसि गिरी क्यामेराका खुब सौखिन थिए । हाम्रो साथमा भएको यो क्यामेरा देखेपछि छक्क पर्दै तत्कालिन प्रधानमन्त्रि गिरीले भने, ‘केही दिनलाई यो क्यामेरा मलाई छाडिदिनुपर्यो ।’ प्रधानमन्त्रि जस्तो ब्यक्तिले भनेपछि नमान्ने कुरा भएन । दियौं । ४ दिन भईसक्यो क्यामेरा नफर्काउदा चिन्ता लाग्यो । त्यही बेला म रेडियो नेपालमा समाचार पढ्थें । एकाबिहानै तुलसि गिरीले राजिनामा गरेको समाचार पढ्नुपर्यो । अब त झन डर लाग्यो । हामी उनको निबासमा पुगेर क्यामेरा फिर्ता लिएपछि बल्ल सन्तोषको स्वास फेरियो ।
अहिले पत्रकारितामा धेरै सुधार आएको छ । प्रबिधि र संख्यात्मक रुपले फड्को मारेको छ । यद्यपि गुणात्मक र ब्यबसायिकतामा भने सुधार आएको छैन । पत्रकारिताको धर्म बिपरित गईरहेको देखिन्छ । तैपनि पत्रकारिताको भविष्य भने म उज्जवल देख्छु । युवाहरुको जमात मिडियामा आईरहेको देख्दा खुसि लाग्छ । आमसञ्चार तथा पत्रकारिताको अध्ययन गरेर आइदिए अझै स्तर उक्सिन्थ्यो भन्ने लाग्छ । पत्रकारिता भनेको अभिब्यक्ति हो । यसका लागी राम्रो भाषाको खाँचो हुन्छ । आफुमा योग्यता, क्षमता र इमानदारीता हुन हो राम्रो स्थानमा अबश्य पुगिन्छ । आत्तिनु हुन्न, चाँडै फको आशा राख्नुहुन्न । निरन्तर लागिरहने हो भने लक्ष्यमा पुगिन्छ ।मान्छे भविष्यमा के बन्छ भन्ने कुरा स्कुले जीवनमै निर्धारण हुदो रहेछ । पछि त विद्यार्थी जीवनमा खनेको जगमा उभिने हो । इलामको करफोक हाइस्कुलमा पढ्दा स्टेट्सम्यान, भारती, फिल्मी फेयर, धर्मयुग जस्ता पत्रिका र दार्जिलिङका लेखकका पुस्तक पढ्दा मलाई करिअरमा राम्रो सहयोग मिल्यो । अल इन्डिया, रेडियो सिलोन र रेडियो नेपालले सञ्चार जगतमा होमिन ठूलो भुमिका खेले । उपन्यास, कथा, कविता पढ्ने त लतै लागेको थियो । दार्जिलिङ पुगेर मन परेका पुस्तक किनेको सम्झना अझै ताजै छ । २६ वर्षको उमेरमा अम्बिका भण्डारीसँग मेरो विहे भयो । यसअघि युवतिहरुसँग मित्रता मात्र भयो । आफू बाँचेको जीवनप्रति म एकदमै सन्तुष्ट छु । पश्चाताप र गुनासो कत्ति छैन । हरेक राती बलिरहेका बत्तितिर यस्सो फर्किन्छु । बिछ्यौनामा पल्टिएर बत्तितिर नजर लगाउदा छुट्टै आनन्द मिल्छ । सोच्छु, कम्तिमा मैले जीवनमा घुस खाइन, भ्रष्टाचार गरिन । अनि सन्तोषको लामो स्वास फेर्छु र ढुक्कले मस्त सँग निदाउछु ।
सिर्जनशील मनहरु
Posted by Narendra Raule | Posted in Blogging | Posted on 13-05-2012-05-2008
1
गत फागुनको महिना, विदाको दिन सुजता घरमा बसिरहेकि थिईन् । उनको ध्यान रेडियो नेपालबाट बजिरहेको कार्यक्रम ‘रेडियो कथा’ ले तान्यो । त्यसमा १२ देखी १८ वर्ष उमेरका किशोरकिशोरीहरुबीच राष्ट्रब्यापि कथा लेखन प्रतियोगिताबारे दिईएको थियो । त्यो सूचना कानमा परेपछि उनले पनि कथा लेखेर पठाईन् । उनको रेडियोमा प्रशारण भयो । उनी जस्तै ३९ जिल्लाबाट ३७५ जनाले कथा लेखेर पठाएका थिए । ति मध्येबाट २० जनाले लेखेका उत्कृष्ट कथा नबोदित कथाहरु भन्ने किताबमा प्रकाशित भए । होली टेम्पल उमावि, छम्पीमा कक्षा ९ पढ्दै गर्दा सुजताले निष्कर्ष कथा लेख्न एक हप्ता मिहिनेत गरेकि थिईन् । यदि कोही मानिसमा निरासा छाएको छ भने उसलाई हौसला दिदा धेरै प्रगति गर्न सक्छ । मानिसलाई अगाडी बढ्न हौसला र उत्साहको खाँचो हुन्छ भन्ने सन्देश यो कथाले बोकेको छ ।
उनीहरुले साहित्यमा ठूलो रुचि र उत्साह दिएको बताउछन्, लेखक कृष्णदिप सिग्देल । ज्ञानोदय मावि, बाफलमा हाल कक्षा १० मा अध्ययनरत रबीन्द्रको लक्ष्य इन्जिनियर बन्ने भएपनि साहित्यलाई निरन्तरता दिने सोचमा छन् । जिरी, दोलखाकि प्रभा घिसिङले त साहित्यमै जीवन लगाउने सपना बुन्न थालिसकेकि छिन् । ढुंग्रेबास, सिन्धुलीकि अञ्जली स्याङतान र धुलाबारी, झापाकी समिक्षा निरौला पनि साहित्यलाई जीवनकै पाटो ठान्न थालिसकेका छन् । पढ्नमा पनि खुब चासो छ उनीहरुमा । एसओएस हर्मन माइनर, इटहरीबाट एसएलसि दिएकि पुजा पौडेल हरेक दिन कुनै न कुनै नया पुस्तक पढ्ने गरेको सुनाईन् । ‘मलाई अरु भन्दा भिन्नै बन्न मन छ ।’ पुजाले भनिन्, ‘यो देशलाई राम्रो लेखक चाहिएको छ । म लेखक बन्छु ।’बैंसको बेला – अशेष मल्ल (रंगकर्मी)
Posted by Narendra Raule | Posted in literature | Posted on 11-05-2012-05-2008
0
नरेन्द्र रौले
खै, दिनहरु कसरी बिते पत्तै भएन । जीवनका उकाली, ओह्रालीहरु पार गर्दै यहा सम्म पुगियो । रंगकर्ममा लाग्दा जति नै दुख, कष्ट भोगेपनि विस्तारै सामान्य लाग्दैछ । किनकि यो मैले रोजेको बाटो हो । फेरी आफूले रोजेको बाटोमा हिंड्नु जस्तो आनन्द अन्त कहा हुन्छ र ?
रंगकर्मिहरुका लागी पञ्चयातकालिन समय बडो कठिन थियो । ति दिनहरु सम्भिmदा अहिले पनि जीउमा काँडा फुल्छ । सधैं पुलिसको घेरामा नाटक देखाउनुपर्ने स्थिती थियो । नाटकहरुमा सेन्सर गरिन्थ्यो । उपत्यका बाहिर नाटक देखाउन जादा स्थानिय प्रशासनलाई खबर गर्नैपर्ने नियम थियो । तत्कालिन सरकार र प्रशासनका बिरुद्ध कुनै शब्द उच्चारण गर्न मिल्दैनथ्यो । यदि कतै त्यसको गुञ्जायस भेटिएमा तत्काल गिरफ्तार गरिन्थ्यो । एकपटक त्रिभुबन विश्वविद्यालयमा झण्डै हामीलाई मार्ने प्रयास भयो । त्रिभुबन विश्विद्यालयमा हामीले ‘मुर्दाबादमा उठेका हातहरु’ नाटक देखाएको तेस्रो दिन एक्काशि बन्द गराईयो । मण्डलेहरुले हामीलाई बेस्सरी कुटे । बोल्नै नपाउने, वाक स्वतन्त्रतामाथी अंकुश लगाइएको क्षण थियो त्यो । तैपनि आफ्नो कर्म छोडिएन ।
न्ााटकसँग मेरो गहिरो प्रेम त स्कुल पढ्दै खेरी बस्यो । धनकुटाको गोकुन्डेश्वर हाइस्कुल पढ्दा पहिलो पटक विजय मल्लको ‘भोली के हुन्छ ?’ भन्ने नाटक खेलेको सम्झना छ । त्यसबेला धनकुटाका टोलटोलमा कवि गोष्ठी, नाटक र संगितका कार्यक्रम भईरहन्थे । अग्रजहरुले मलाई नाँच्न, मादल बजाउन र अभिनय गर्न लैजानुहुन्थ्यो । नाटक संगै लेखनमा बिस्तारै मेरो अभिरुचि बढ्दै गयो । अहिले म जे छु, जस्तो छु त्यही बेलाको जगमा बनेको हुँ । स्नातक तहमा अध्ययन गर्दा ’नव कलाकार सांस्कृतिक समुदाय’ खोलेर नियमित नाटक गर्न थाल्यौं । र धनकुटामा पहिलो पटक टिकट काटेर नाटक हेर्ने परम्पराको सुरुवात गर्ने पनि हामी नै हो । २५ पैसा, १ रुपैंया भन्दा बढी तिर्नुपर्दैनथ्यो । पहिलो पटक मैले लेखेको नाटक ‘तुवालोले ढाकेको बस्ति’ ०३२ सालमा प्रदर्शन गरियो । २ दिनको बाटो हिंड्दै बिराटनगर आएर पनि देखायौं । बिस्तारै विरगञ्ज हुदै काठमाडौं पनि लम्कियौं । एकेडिमीमा एक महिना सम्म यो नाटक चल्यो । यसपछि म सँग आएका साथीहरु गाउ फर्के । मैले भने यतै बसेर आफ्नो अध्ययन अघि बढाउने निधो गरें ।
यहिबाट मेरो जीवनले नया मोड लियो । अध्ययनसँगै लेखन, रंगकर्मले तिब्रता पायो । रेडियो नेपाल र गोरखापत्रलाई म कहिल्यै भुल्दिन । रेडियोमा मेरो नाटक र कविता बज्दा एकपटकमा यस्तै २५ रुपैया पाउथे । त्यस्तै गोरखापत्रमा कविता छापिदा पनि २०, २५ रुपैंया पारिश्रमिक मिल्थ्यो । यो पैसाले काठमाडौंमा एक हप्ता खानलाई पुग्थ्यो । विद्यार्थी जीवनमा यसैगरी संघर्ष गरियो । त्यसबेला नाटक नै मनोरञ्जनको साधन थियो । यो निकै लोकपि्रय पनि बनिसकेको थियो । टेलिभिजनको जमाना आईसकेको थिएन । ०३८ मा सर्वनाम नाट्य समुहको स्थापना भयो । यसको स्थापना पछि पहिलो पटक ‘इत्यादि प्रश्नहरु’ न्ााटक देखाइयो । म रंगकर्ममा यसरी लागें । विहे नगर्ने विचार गरें । बिहे गरेपछि मेरो रंगयात्रामा बाधा पुग्छ जस्तो लाग्यो । स्वयं केटीहरु मलाई प्रेम प्रस्ताब राख्थे । कतिले सिधै विहेको प्रस्ताब पनि राखे । एकपटक नाटक खेलिरहेकै बेला एक युवतिले २०, २५ पेजको चिठी दिईन् । पछि हेरें, त्यो प्रेम पत्र रहेछ । झस्किएँ । दुइ दिनपछि त्यो चिठी च्यातें । पत्र दिनेलाई सम्झाउदै भनें, ‘म तिमीलाई बहिनी बनाउछु ।’ सभागृहमा पनि एक युवतिले विहेको प्रस्ताब राख्दा मैले अस्विकार गरें । मलाई लाग्यो, म ठूलो साहित्यकार, नाटककार बन्छु । यद्यपि मैले भने जस्तो मान्छे पाएपछि साबित्रालाई जीवनसाथीका रुपमा स्वीकारें ।
मन भनेको बौलाहा घोडा जस्तै हो । लगाम लगाउन सकिएन भने यसले क्षतबिक्षत पारिदिन्छ । चेतनाले मनलाई नियन्त्रण गर्नुपर्छ । जीवनमा केही गर्न चाहनेले यस्ता सानासाना कुरा त्याग्नुपर्छ । क्षणिक यौन बासनामा लिप्त हुने हो भने जीवनमा केही गर्न सकिदैन । भगवानले हरेक घडी परिक्षा लिइरहन्छ । हामीले त्यो परिक्षा पास गर्नुपर्छ । यतिबेला सिर्जना र नाटक कर्ममै ब्यस्त छु । पद्यमकन्या क्याम्पसमा नेपाली साहित्य र रंगमञ्च विषय अध्यापन गराउछु । जहा छु, जस्तो छु एकदम सन्तुष्ट छु । आखिर मैले रोजेको बाटोमा छु । यो बाटोमा लम्किन पाउदा साह्रै आनन्द मिलिरहेको छ ।
‘मृत्युसँग पनि सामाना गरेको छु’ – (किरण कटुवाल / (यातायात व्यवसायि)
Posted by Narendra Raule | Posted in literature | Posted on 04-05-2012-05-2008
0
नरेन्द्र रौले
हेटौंडाको आधुनिक राष्ट्रिय उच्च माविबाट एसएलसि उत्तिर्ण गरेपछि म राजधानी छिरें । मलाई कुनै प्राबिधिक विषय पढ्न मन थियो । त्यही रहर पूरा गर्न म थापाथली इन्जिनियरिङ क्याम्पसतिर लम्किएँ । हाम्रो इन्ट्रान्स लिईयो ।इन्ट्रान्समा मेरो २ नम्बरमा नाम निस्कियो ।
मैले पढिरहेको टेक्निकल ओभरसियर विषय एकदम चाख लाग्दो थियो । यो निकै सजिलो र मेरै रुचिको विषय थियो । हरेक महिना २ सय रुपैंया छात्रबृत्ति स्वरुप पाउथें । थापाथली इन्जिनियरिङ क्याम्पसकै छात्रबासमा अन्य साथीहरुसंग म बस्न थालें । महिनाको जम्मा ७ रुपैंया तिरे पुग्थ्यो । धेरैले मलाई मन पराउथे । म एकदम मिलनसार स्वभाबको थिएँ । क्यारिमबोर्ड र ब्याडमिन्टन खेल्न हौसिन्थें । साथीभाईबिच झगडा हुदा मिलाउन अघि सर्थें । त्यो बेला मधेशी समुदायका साथीहरु प्रशस्त थिए । पार्टीपार्टीका विद्यार्थी संगठनहरुबिच लडाई पनि निकै भईरहन्थ्यो । म त्यसमा अघि सर्थें र नेतृत्व लिन्थें ।
अहिलेको रन्जना हल छेउछाउ गुच्चाटोलमा फिल्म देखाईन्थ्यो । ५ रुपैँया तिरेर धेरै पटक त्यहा फिल्म हेरियो । बाहिर पोस्टर टाँसिएको हुन्थ्यो । कुन फिल्म, कति बजे सुरु हुन्छ भन्ने कुराको जानकारी हुन्थ्यो । नया कुन फिल्म चल्दैछ भन्ने चासो हुन्थ्यो । यस्तै घुम्नमा निकै रुची थियो । थापाथलीमा पढिरहदा कलेजबाट हामी एकपटक दार्जिलिङ घुम्न निस्किएका थियौं । कहिलेकाही बिदामा हेटौंडा आउदा साइकल लिएर साथीहरुसँग टाढाटाढा कुदिन्थ्यो । साँझपखको हावामा साइकल चलाउदा खुब आनन्द आउथ्यो । हाम्रो पालामा केटीहरुसँग खासै बोलचाल हुँदैनथ्यो । भएपनि सामान्य रुपमा मात्रै हुन्थ्यो । त्यसबेला केटीहरु बोल्न गाह्रो मान्थे । केटासंग लजाउँथे । अलिकति अफ्ठ्यारो महशुष गर्थे । त्यस्तो बेलामा कसैसँग लभ गर्ने कुरा आएन । अलिकति असहज वातावरण थियो । युवतिहरुलाई जिस्क्याउदा पनि जिस्क्याएन । २४ वर्षको उमेरमा त मेरो विहे भईसकेको थियो ।
मेरो बुबा ओमबहादुर मकवानपुर, नामटार गाविसको प्रधानपञ्च हुनुहुन्थ्यो । उहा राजनीतिमा सक्रिय हुनुभएकाले मैले धेरै कुरा सिक्ने मौका पाएँ । आमा भने पढाईमै मलाई ध्यान दिनु भन्नुहुन्थ्यो । मेरो जन्म हुनु अघि नै मेरो घरमा मोटर भित्रिसककेको थियो । जब मैले टेक्निकल ओभरसियर पढेर सिध्याएँ, विस्तारै मलाई यातायात क्षेत्रमा केही गर्ने रहर पलायो । हेटौंडाको नारायणि सँघमा कोषाध्यक्ष रहेकै बखत मनमा यस्तो इच्छा पलाएको थियो । अनि हेटौंडा देखी भिमफेदी, कुलेखानी, सिस्नेरी, हुदै काठमाडौंको यो रुटमा पहिलो पटक सुमो गाडी चलाएर सुरुवात गरें । आममानिसको हितका लागी मैले बैँकबाट ऋण लिएरै भएपनि यसो गर्नु जरुरी ठानें । त्यसबेला मैले ठूलो जोखिम मोलेको थिएँ । ८ वर्ष अघि (०६१ बैशाख १ गते) पहिलो दिन २२ वटा सुमो यो बाटोमा हुँईकिए । यो छोटो अबधिमा यस क्षेत्रमा सुमो निकै चर्चित भयो । कसैले नारायणघाटको बाटो हुदै काठमाडौं आईपुग्न लामो बाटोको यात्रा गर्न परेन । सस्तो र ३ घण्टाको छोटो बाटो भएकाले पुर्वी क्षेत्रका नागरिकहरु राजधानी प्रबेश गर्न अहिले सुमो नै रोज्छन् । मैले पैसामुखि भन्दा सेवामुखि काममा जोड दिएकाले होला धेरै ठाउबाट मलाई सम्मान गर्न बोलाउने गरेको पाएको छु ।
आफ्ना लागी आफैले दुख गर्नुपर्दोरहेछ । आफूलाई चिनाउन कठोर संघर्षको अर्को विकल्प छैन । यहि दौरानमा कुनैबेला मैले मृत्युसँग पनि सामाना गरेको छु । वर्दिवासबाट ६ किलोमिटर पश्चिममा पुलबाट गाडी खस्दा मेरो कुम नै फुस्कियो । अनुहार सुन्नियो । टाँका लगाएपछि मलाई अलिक बिसेक भयो । तैपनि मैले आफ्नो बाटो त्यागिन । सानोतिनो कुरामा चिन्ता लिने मेरो बानी छैन । आफ्नो काममा प्रतिबद्ध र समर्पित हुन मन लाग्छ । भन्छन् नि – ‘नबिराउनु, नडराउनु ।’ आफ्नो काममा इमानदार भएर लाग्ने हो भने सफलता धेरै टाढा नै हुदैन ।
वैज्ञानिक बन्ने बाटोमा
Posted by Narendra Raule | Posted in Blogging | Posted on 29-04-2012-05-2008
0
नरेन्द्र रौले
उनलाई सबैले ‘हेलो साइन्टिस्ट’ भनेर बोलाउछन् । स्कुल जादा वा बजार घुम्दा उनको परिचय नै यहि बनिसकेको छ । तर उनी आफूलाई नामैले बोलाउन आग्रह गर्छन् । ‘अहिले म पढ्दैछु । व्यबसायिक भईसकेको छैन ।’ उनले भने ।
हेटौंडा ४ कान्तिराजपथ निवासि शारु खान, १५ ले आधुनिक राष्ट्रिय उमाबिबाट भर्खर कक्षा ८ पास गरे । तर उनको लगाबले गर्दा यति चाँडै आफ्नो परिचय बेग्लै बनाईसकेका छन् । खासगरी उनी विज्ञानमा गहिरो रुचि राख्छन् । अझ त्यसमा पनि एस्ट्रनमि उनको मनपर्ने क्षेत्र हो । ८ कक्षा पढ्दै उनले लेखकको परिचय समेत बनाईसकेका छन् । शारुले लेखेको ‘व्रहमाण्डको रहस्य उत्पत्ति देखी अन्त्य सम्म’ पुस्तकले उनलाई चर्चामा ल्यायो । आफू सानै कक्षामा भएपनि उनले कक्षा १२ र बि एससि तहमा पढाइ हुने किताबहरुको अध्ययन गरेर यो पुस्तक लेखेका हुन् । ६५ रुपैंया पर्ने यो पुस्तक एकैदिन ५ सय प्रति बिक्रि भएको शारुले सुनाए । अब उनी दोस्रो संस्करणको तयारीमा जुटेका छन् ।
‘दिनमा कति घण्टा पढ्नुहुन्छ ?’ प्रश्न सुन्ने बित्तिकै शारुले हाँस्दै भने, ‘कति घण्टा पढिदैन भनेर सोध्नुभए राम्रो हुन्थ्यो ।’ उनको अधिकांस समय पुस्तक पढेर, इन्टरनेटमा जिज्ञासा लागेका विषयमा खोजी गरेर, विज्ञानका रोचक तथ्यहरुलाई प्रयोग गरेर बित्छ । डिस्कभरी च्यानल हेर्न बाहेक अरुबेला उनी टिभी हेर्दैन । गफ गरेर, घुमेर, खेलेर समय फाल्दैनन् । उनी यसरी अध्ययनमा डुब्छन् कि, विहान, बेलुकि खाना खाने बेला बुबा, आमाले ५, ६ पटक बोलाउनुपर्छ । ‘किताब भनेको मेरा लागी रक्सी जस्तै हो ।’ चष्मा मिलाउदै उनले भने, ‘जति पढ्यो उति पढौपढौं लाग्छ ।’ स्कुलमा अहिले सम्म उनले सबैलाई उछिन्दै प्रथम स्थान हात पार्न सफल भएका छन् । नियमित अभ्यास र गहिरो अध्ययनले उनलाई यो सफलता हात लागेको हो । एसएलसिमा नेपालमा टप गर्ने सोचले अझै कडा मिहिनेत गरिरहेका छन् । उनको क्षमता र प्रतिभाबाट प्रभाबित भएर एडु भिजनका सुरेन्द्र शाक्यले पढाईमा सहयोग गर्ने बताए ।
फिजिक्स र एस्ट्रनमिलाई विशेष महत्वका साथ अध्ययन गरिरहेका शारुले भविष्यमा वैज्ञानिक बन्ने अठोट गरेका छन् । उनले सोधेका कति प्रश्नहरुको जवाफ शिक्षकले समेत दिन सक्दैन । भन्छन्, ‘मैले गुरुत्वआकषर्णबारे पढ्न २ वर्ष मिहिनेत गरें । तर त्यही कुरा कक्षामा २० मिनेटमा सकिन्छ ।’ उनले खोजि गर्न चाहेका विषय निकै गहन छन्, गुरुत्वआकषर्णको शक्तिले किन तान्छ, ब्रहमाण्डको उत्पत्ति र यसको इतिहास, मानिसहरुको कहाबाट आए आदि थुप्रै । यसअघि आफ्नै घरमा आलुबाट बिजुली निकालेर उनले देखाएका थिए । भविष्यमा गाउका विद्यार्थीहरुलाई विज्ञान पढाउने उनको रहर छ । शारु हरेक विद्यार्थीहरुलाई आफूलाई मन लागेको विषयमा राम्रो संग अध्ययन गर्न सल्लाह दिन्छन् । ‘जीन्दगीको समय निकै थोरै छ, सुतेर, गफ गरेर बिताउनु भन्दा उपयोगी काममा खर्च गरौं ।’ उनले फेरी मुस्कुराउदै भने ।
‘सेक्स त लुकाउनु पर्ने कुरा नै होइन’ – (पुष्कर लोहनि, साहित्यकार)
Posted by Narendra Raule | Posted in Blogging | Posted on 27-04-2012-05-2008
0
नरेन्द्र रौले
जुन दिन मैले डि एच लरेन्सको स्नेक कविता पढें । मेरो मनमा निकै उथलपुथल भयो । यसरी मेरो मनमा हलचल ल्याउने यो कविता सेक्ससंग सम्बन्धित छ । एउटा सर्प पोखरीमा डुबेको, पहाड चढेको, फन्फनि घुमेको जस्ता बिम्बहरु यसमा प्रयोग गरिएका छन् । यो कविताले मेरा अंगअंगहरुलाइ काउकुति लगायो । मलाइ लाग्यो, म पनि डिएच लरेन्स जस्तै लेखक बन्छु ।
अनि मैले लेख्न थालें । मेरो लेखनमा लरेन्सकै जस्तै सेक्स संग सम्बिन्धत बिम्बहरु प्रयोग हुन थाले । मेरा कविता, कथा, ताङ्का र मैले अनुबाद गरेका सबै सामगि्रहरुमा सेक्सकै
विषयबस्तु हुन्छ । मेरो पहिलो कथा, ‘चिसो चुल्हो, तातो खरानि’ ज्योति भन्ने पत्रिकामा प्रकाशित भयो । ०१६ सालमा त्रिचन्द्र कलेजबाट प्रकाशित हुने यो पत्रिकाबाटै मेरो साहित्य लेखनको प्रारम्भ भयो । यसको केही वर्षपछि मेरो कविता संग्रह कौडी प्रकाशित भयो । र त्यो रुपरेखामा छापियो । यसलाइ अश्लिल भएको आरोमा जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जि काट्यो । यो ०१८ सालको कुरा हो । यसै बेला मैले वगैंचा भन्ने पत्रिका निकाल्ने गर्थें । यस पत्रिकामा दौलत बिक्रम बिष्टको एक साँझ भन्ने कथा छापिदिएँ । एक युवकले सेक्सको आनन्द कसरी लिन्छ ? उसले के सोच्छ, के गर्छ ? उसमा कस्ता खुल्दुली, उत्सुकता उत्पन्न हुन्छन् ? एक साँझ यहि विषयमा आधारित कथा थियो । यो प्रकाशित गरेबापत मलाइ ७ दिन सम्म प्रशासनले थुनामा राख्यो । पछि थाह भयो, भित्रि कथा अर्कै रहेछ । राजा महेन्द्रको उसैका लागी कवितामाथी स्नेहलता पन्तले लेखेको समालोचना बगैचाको त्यही अंकमा प्रकाशित भएको थियो । यस कारणले मलाई पक्राउ गरेको रहेछ ।
मान्छेहरु सेक्स प्रति यति किन संकुचित छन् ? अचम्म लाग्छ । सेक्स त लुकाउनु पर्ने कुरा नै होइन । सेक्सलाइ दवाउदा बिद्रोह हुन्छ । यसो भन्दैमा खुलेरै ब्यक्त गर्ने पनि हैन । यसलाइ त जसले ब्यालेन्स गरेर लिन सक्छ उसको जीवन खुसि र सुखी हुन्छ । सेक्स शारीरिक भोक हो । बलिरहेको आगो हो । शारीरिक इच्छालाइ कसैले मार्न सक्दैन । तर सन्तुष्टि लिने तरिका सहि हुनुपर्यो । कुन मानिस कति सेक्सी छ त्यो मज्जाले अनुमान गर्न सकिन्छ । म त हेरेरै भन्न सक्छु । को कति तातो छ, उसभित्र कति आगोको मुस्लो अनि मात्र पानी तात्छ । कुनैपनि नारी जब पुरुषको छेउ पर्छे, या कुनै पुरुष नारीको छेउ पर्छ अलिकति स्पर्श हुने बित्तिकै उनीहरु भित्रको तातोपन थाह हुन्छ । पहिलो स्पर्शमै उनीहरुको यौन क्षमता कति छ भन्ने कुरा राम्रोसंग थाह हुन्छ ।
मैले जीवनमा चोखो प्रेम गरें । धेरै जनासंग । तरुनी देखी परिपक्व महिलाहरुको संगत गरें । सेक्स गरेर मात्र आनन्द मिल्ने होइन । यो आनन्द त धेरै माध्यमबाट लिन सकिन्छ । आँखामा आँखा जुझाउनुको मजा बेग्लै छ । विस्तार विस्तारै सुम्सुम्याउदै स्पर्श गर्नुको मजा झन् बेग्लै छ । दुइ जनाको मन मिले त जे पनि हुन्छ । अनिच्छापुर्बक, दवाबमा गरेपछि त त्यो बलात्कार हुन्छ । मैले आज सम्म कसैलाइ पनि कसैको चाहना बिपरित अघि बढिन । तर प्रेम अबश्य गरें, किनकि मलाइ कथा लेख्नु थियो । मलाइ अनुभुति बटुल्नु थियो । र त्यो अनुभब, अनुभुति मेरा सिर्जनाहरुमा पोख्नु थियो ।
एसएलसि परिपरि नै मलाइ राम्रो साहित्यकार बन्छु भन्ने लागेको थियो । नभन्दै म त्यही बाटोमा हिंडे । अझैपनि हिडिरहेको छु । यसको श्रेय मेरा पिता होमप्रसाद लोहनि र गोबिन्द प्रसाद लोहनि (पुर्ब राजदुत) लाइ दिन्छु । १३ वर्षकै उमेरमा लोहनि ज्युसंग मेरो संगत भयो । हामी एउटै घरमा बस्थ्यौं । उहा एकदमै अध्ययनसिल हुनुहुन्थ्यो । उहामा अर्थशास्त्र, दर्शन, विज्ञान, इतिहास लगायत धेरै विषयको गहिरो ज्ञान थियो । हरेक विषयको ज्ञान बटुल्नुपर्छ र थाह पाएको ज्ञान साथीभाइलाइ बाँड्नुपर्छ भन्ने छाप लोहनिज्युबाटै पर्यो । धेरै जसो पुस्तकहरु त उहाकै सहयोगमा पढें । अमेरिकन पुस्तकालय र बि्रटिस काउन्सिलबाट पनि ठेलीका ठेली पुस्तक छिचोलें । बौद्धिकता र तार्किक क्षमता हुनेलाइ सबैले सम्मान गर्छन् । संसार पुज्छ ।
बौद्धिकता र तार्किक क्षमता हुनेलाइ सबैले सम्मान गर्छन् । संसार पुज्छ । प्रेम दुइ आत्माबिच सौहार्दतापुर्बक जीवन जीउने साधन हो । चोखो प्रेममा स्नेह र आत्मियता हुन्छ । अहिले त व्यक्तिगत स्वार्थ, पैसा, शारिरीक तृप्तिका लागी प्रेम गर्ने चलन छ । प्रेम त यस्तो चिज हो जो एक अर्काको विश्वासमा अडेको हुन्छ । युवा अबस्थामा आत्तिनु, निरास हुनु स्वभाविक हो । आफुमा बौद्धिकता र आफ्नो काममा प्रतिबद्ध हुने हो भने कसैले अंगालिहाल्छ । जीवन आफ्नै गतीमा चलिरहन्छ । यो त बगिरहने खोला जस्तै त हो ।
Nepalese mark day of “people’s triumph”
Posted by Narendra Raule | Posted in Blogging | Posted on 24-04-2012-05-2008
0
By Sweta Baniya
KATHMANDU, April 23 (Xinhua) — Five years ago on this very day, Nepal witnessed a great change in its history. The ultimate power was handed over to the Nepalese people by the then King.
Nepalese remember this day as “Loktantra Diwas,” meaning democracy as the day of “people’s triumph.”
In April 2006 a massive people’s movement led by the then seven party alliance had paved the way for the peace process, election of the Constituent Assembly and most importantly the establishment of a republic in Nepal.
The Loktantra Day is commemorated as the day when former King Gyanendra Shah, ceded power to the people under mounting pressure the April uprising had piled up on his authoritarian regime.
The 240-year-old monarchy was abolished in the nation after the Constituent Assembly elections declared Nepal “a federal democratic republic.”
Various events were organized throughout the nation to mark the occasion.
Issuing a message, Prime Minister Baburam Bhattarai paid tributes to all those who gave their lives for the country and promised to make their dreams come true.
“The country is in need of a constitution ensuring sustainable peace, federalism, secularism and inclusiveness, and proportional and participatory democratic values,” he said.
He added that the army integration, the integral part of peace process, was accomplished successfully on the eve of New Year and the entire nation is now confident that the constitution would be drafted on time.
Likewise, Nepali Congress President Sushil Koirala has urged one and all to help within their respective capacities to establish durable peace and thereby draft the democratic constitution.
He recalled the Loktantra Day as an occasion that has reflected the history of Nepali people’s struggle for their own rights.
More than 20 people died during the 19-day revolution and thousands were injured as huge numbers of people took to the street for demonstration and protest.
Narendra Raule, an activist in the movement, still feels the pains at times from the gunshot wound in his arm, but he said he feel proud of his sacrifice for the nation.
He told Xinhua that he went to street five years ago as he was frustrated by the King’s rule and the incessant conflicts with the Maoists.
He was 18 then.
“The revolution was for changing the face of Nepal, bringing peace and stability in the nation, however without the new constitution our achievements would be in vain,” Raule said.
The government has given him an identity card of “injured in revolution,” which provides him with a free education.
Like Raule, those who were wounded in the revolution or even dedicated their lives, lives, all long for the birth of a “New Nepal.”
Since the establishment of the constituent assembly, government has seen four cabinet reshuffles. Now it has only 35 days to go before the deadline for the draft of the much awaited constitution.
Editor: Yamei Wang
मन बहलाउन मकवानपुरगढी
Posted by Narendra Raule | Posted in Blogging | Posted on 15-04-2012-05-2008
0
नरेन्द्र रौले, मकवानपुरगढी
लस्करै मिलेका धुपी सल्लाका रुखहरु, पारीजात र अन्य रंगिबिरंगी फूलहरुले मोहनि लगाउछन् । पहाडको अग्लो थुम्कोमा अबस्थित मकवानपुरगढी सुन्दर , शान्त र मनोरम लाग्छ । दिनप्रतिदिन चढ्दो गर्मी छल्न टाढाटाढाबाट मानिसहरु यहा ओइरिने क्रम बढिरहेको छ ।
वरिपरी तामाङ र मगर बस्तिले घेरिएको मकवानपुरगढी प्रसिद्ध ऐतिहासिक र पर्यटयिक स्थल हो । सेन बंशिय राजाहरुको दरबार रहेको यो ठाउ पृथ्वीनारायण शाहको ससुराली गाउ पनि हो । बि सं १७९४ मा मकवानपुरका राजा हेममकर्ण सेनकी छोरी इन्द्रकुमारीसंग पृथ्वीनारायण शाहले लगनगाठो कसेका थिए । नेपाल एकिकरण अभियानमा पृथ्वीनारायण शाहले वि स १८१९ मा मकवानपुरमाथी विजय हासिल गरेपछि थुप्रै ऐतिहासिक पक्षसंग जोडिएर यस दरबारलाइ हेरिन्छ । यो शक्तिशाली राज्यका रुपमा परिचित थियो । पृथ्वीनारायण शाहलाइ हराउन मकवानपुरका राजा दिग्बन्धन सेनले बङ्गालका नबाब पिर कासिमको सहयोग लिएका थिए । ११ जनवरी, सन १७६३ मा भारतका नबाब पिर कासिमकोे त्यो फौजसंग निरन्तर १० घण्टाको युद्धपछि नेपाली फौजसंग हारेर फर्किएका थिए । युद्धमा बंगाली फौजसंग १ हजार ७ सय र नेपाली तर्फ ३० जना सेनाले बीरगति प्राप्त गरेका थिए । १६२२ मा लोहाङ सेनले प्रारम्भ गरेको शासन बि स १८१९ भदौ ९ मा दिग्बन्धन सेनमा आएर टुंगिएको थियो । यहाका तोप र भरुवा बन्दुकहरु हेटौंडा ब्यारके लगिसकेको छ ।
यतिबेला मकवानपुरगढी पिकनिक स्पटको केन्द्र बन्दैछ । शैक्षिक भ्रमणमा विद्यार्थीहरु आउने क्रम पनि निकै बढिरहेको छ । संगितको चर्को आवाज बजेपछि यहाको माहोलै अर्कै बन्छ । सबैलाइ नाचौनाचौ लाग्न थाल्छ । ‘मलाइ यो ठाउ अति नै मनपर्छ ।’ मकवानपुर बहुमुखि क्याम्पसमा अध्ययनरत हेटौंडाकि रश्मि श्रेष्ठले सुनाइन, ‘यहा आएपछि कति नया कुराको ज्ञान मिल्यो ।’ अस्मिता अधिकारी र सविता घिमिरे यहाको दरबार देखेपछि छक्क परे । भने, ‘कल्पना गरेभन्दा फरक पायौं ।’ त्यसो त शान्त र एकान्त वातावरण गर्दा होला डेटिङमा रमाउन आउने युवायुवतिहरुको जोडी प्रशस्तै देख्न सकिन्छ ।
गढीमा प्रसिद्ध बंशीगोपाल तथा सिद्धेश्वर महादेब मन्दिर प्रख्यात छन् । राजदरबार रहेको ठूलो गढ मूल गढका रुपमा परिचित छ, त्यस्तै नजिकैको सैनिक परेड खेल्ने र प्रशासनिक भवन रहेको गढ सानो गढीका नामले परिचित छ । वर्षमा तीन पटक तीज, साउनको कृष्ण अष्टमि र कार्तिक एकादशीमा यहा ठूलो मेला लाग्छ । दरबारको रेखदेख गर्न गढि ३ का पाल्देन दोर्जे लो खटेका छन् । पृथ्वीनारायण शाहको अभद्र ब्यबहारले उनका साली गंगा जमुनाले भीरबाट हाम फालेका, राजालाइ जुत्ता नखोली सलाम गरेको झोकमा २ जना सिपाहीलाइ ढोकैमा काटेको र सेत्तँे हात्तीलाइ जमिनमा गाडिएको ऐतिहासिक किस्साहरु अझै हराएका छैनन् ।
हेटौंडाबाट १८ किलोमिटर पुर्बमा अबस्थित मकवानपुरगढी खासै टाढा छैन । सिरुबारी र शिखाकटेरी जस्ता सुन्दर दृश्यहरु हेर्दै यहा पुग्दा सारा थकान मेटिन्छ ।” डेढ वर्षदेखी यहा होमस्टे सञ्चालनमा आएकाले बस्न, खानको समस्या छैन ।” स्थानिय शुसिला थापाले बताइन् । ” ११ घरहरुमा होमस्टेको ब्यस्था छ ।” पुरातत्व बिभाग, जिविस मकवानपुर, गढी गाबिस दरबारको संरक्षणका लागी चासो देखाएका छन् ।
सिक्ने नौलो तरिका
Posted by Narendra Raule | Posted in Blogging | Posted on 15-04-2012-05-2008
0
नरेन्द्र रौले / हेटौंडा
स्कुल विदा भएपछि उनीहरु हतारिदै आइपुग्छन् । घरमा चिया, नास्ता गर्ने बित्तिकै कतिखेर बाइपास रोड पुगौं जस्तो भईरहेको हुन्छ । हरेक दिन उनीहरुमा यस्तै हतारो हुन्छ । त्यसो गर्नुका पछाडी केही नया कुरा सिक्ने गहिरो चाहना छ उनीहरुस“ग ।
साझको ५ बज्यो । हेटौंडाको एडु भिजन फाण्डेसनमा झण्डै २५ जना विद्यार्थीहरु जम्मा भएका छन् । एउटा घरभित्र नाच सिक्ने अभ्यास गर्दैछन् । कम्प्युटरमा सिडि मार्फत् थरीथरीका नाच हेर्दै, संगितको धुनमा आफु पनि त्यसको सिको गर्दैछन् । बिगत २ वर्ष देखि उनीहरुको नियमित दिनचर्या यस्तै बनेको छ । यसबिच उनीहरुले नेपाली नाच मात्र सिकेनन्, कोरियन, जर्मनि, स्पेनिश, सिंगापोरियन, फ्रेञ्च, अमेरिकन र भारतीय ना“च पनि सिकिसकेका छन् । साथै बिभिन्न मुलुकका चर्चित म्युजिक ब्याण्डहरुको प्रस्तुति, अंग्रेजी नाटक जस्ताको तस्तै देखाउने क्षमताको विकास गरिसकेका छन् । संसारका ५ वटा ठूला नदीहरु अमेरिकाको मिसिसिपी, इजिप्टको नायल, चीनको याङ्सि, युरोपको रायन, ब्राजिलको अमेजन नदीका किनारमा बस्नेहरुको रहनसहन समेटिएको नाटक ‘रिभर चाइल्ड’ देखाउन खप्पिस छन् । यो नाटक एकदम चाखपुर्बक हेर्न मन लाग्ने बताउछन्, मकवानपुर, हेटौंडाका उमेश सिग्देल ।
विदेसी ना“चहरु ना“च्न उनीहरु जति सिपालु छन्, त्यत्तिकै राम्रोसंग गाउन पनि जानेका छन् । त्यही क्षमताले गर्दा यति चा“डै आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेका छन् । हेटौंडा क्षेत्रमा कुनै महोत्सब र मेलाको आयोजना हु“दा उनीहरुलाई सधैं निम्ता गरिन्छ । हेटौंडाका बिभिन्न चार वटा विद्यालयहरु, अरनिको एकेडिमी, सिद्धार्थ शिशु सदन, श्री आधुनिक राष्ट्रिय उमाबिमा र रिलायन्स इंगलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्यनरत यि विद्यार्थीहरु स्कुल, कलेज र अरु कार्यक्रमहरु आफ्नो कला प्रस्तुत गर्न अघि सर्छन् । मनोरन्जनले पढाइमा पनि सहयोग पुग्दो रहेछ । आस्था खनालका कुरा सुनौं न । सुरुमा अंग्रेजी विषय भनेपछि डराउने आस्था अहिले त्यही विषय एकदमै मन पराउछिन् । रिलायन्स एकेडिमी, कक्षा ६ मा अध्यनरत आस्था अंग्रेजीमा नाटक खेल्छिन् । ‘पहिलाको मेरो डर र लाज हराइसक्यो ।’ उनी भन्छिन्, ‘नाटक र गीतका माध्यमबाट मैले आफ्नो पढाइमा राम्रो गर्न सकें ।’ आस्था जस्तै अन्य थुपै्रैले मनोरन्जनका माध्यमबाट पढाइमा प्रगति गर्दै गएका छन् । उनकै साथी सिन्धु घिमिरेलाइ गणित विषयमा रुचि बढ्दै गएको छ । ‘जति गाह्रो भएपनि सकिदो रहेछ । ’ अरनिको एकेडिमीबाट ८ कक्षाको परिक्षा दिएर बसेकि सिन्धुले भनिन् , ‘म मा आत्मविश्वास बढ्दै गइरहेको छ ।’ कतिपयले ना“चगानमै आफ्नो भविष्य देख्न थालिसकेका छन् । अरनिको एकेडिमीबाटै कक्षा ८ को परिक्षा दिएर बसेकि कञ्चन श्रेष्ठले कोरियोग्राफर बन्ने लक्ष्य लिएकि छिन् । ‘म अझैं राम्रो गर्छु र अरुलाइ डान्स सिकाउछु ।’ उनले भनिन् । त्यस्तै रहर छ कक्षा ५ मा अध्यनरत, रिता केसीलाइ । यि गतिबिधी नियाल्ने मौका पाउदा रश्मि श्रेष्ठलाइ निकै रमाइलो लाग्छ । ‘पढाइसंगै उनीहरु ब्यबहारिक कुरा निकै अगाडी छन् ।’ रश्मिले सुनाइन् ।
कुरा यत्तिमा मात्र सिमित छैन । यि मनकारी विद्यार्थीहरु आफ्नो ना“च्न जान्ने कला प्रदर्शन गरेर समाजसेवामा पनि टेवा दिदै आएका छन् । देउसी, भैलो, दसैं, तिहार जस्ता चाडबाडहरु कहिले आउलान् भन्दै पर्खिरहेका हुन्छन् । यस्ता अबसरहरुमा आफ्नो प्रस्तुति देखाएर रकम बटुल्नु र त्यो रकम अशक्त बृद्धबृद्धा लागी खर्च गर्नुमा अपार आनन्द मिल्छ उनीहरुलाई । होटेल, पसलमा गएर खानेकुरा माग्ने र हेटौंडाका असहायहरुलाइ बा“ड्नु त उनीहरुको दिनचर्या नै बनेको छ । हेटौंडाका पत्रपत्रिकामा जब कोही दुखी, बिरामी र अशक्तको खबर आउछ, आफुले सक्ने सहयोग गर्न उनीहरु कुदिहाल्छन् । अरु संग पनि सहयोग माग्छन् । कतिले नगद पैसा, खाने, लगाउने कुरा दिन्छन् कतिले खाली आश्वासन मात्रै । ‘बरु धनी भन्दा गरिब दयालु हुदा रहेछन् ।’ कक्षा ८ कि रविना केसीले आफ्नो तीतो अनुभब सुनाउदै भनिन् , ‘गरिबले थोरैभएपनि दिन्छन्, धनीले कञ्जुस्याइ गर्छन् ।’ फरक बाटोमा हिंडेका यि कलिला हातहरुलाइ इडु भिजन फाण्डेसन, हेटौंडाले उनीहरुको रुचि र क्षमता देखेर सहयोग पु¥याउदै आएको छ । ‘स्वतन्त्रपुर्बक बा“च्न र पढ्न पाउने कुरामा सहयोग गर्छौं ।’ फाण्डेसनका सुरेन्द्र शाक्यले भने ।

